• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन २५, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

२

नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

३

नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

४

पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

५

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

६

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

७

घट्यो सुनचाँदीको मूल्य

८

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

९

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

१०

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

११

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

१२

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    बाढी पसेर खेतमै धान सुक्दा चिन्तामा किसान

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० भाद्र २५, सोमबार (२ साल अघि)
    dhan1-scaled

    Advertisement

    बेदकोट।कञ्चनपुरको पुनर्वास नगरपालिका–५ उद्रीका देव बोगटीले १० कट्ठा जमिनमा धानखेती गर्नुभएको थियो । अहिले खेती पूरै सखाप भएको छ । धानका बाटो सुकेका छन् । केही बोट रातो–पहेँलो भएका छन् ।साउनमा दोदा नदीको बाढी खेतमा पसेपछि धानबाली सुक्दै गएको बोगटी बताउनुहुन्छ । “बाढीपछि एकाएक धान सुक्न थाल्यो, विषादी छर्कियौँ तर सुधार भएन”, उहाँले भन्नुभयो, “आधा बिघा अधिया पनि बनाएका थियौँ, त्यहाँ पनि सबै बाली सखाप छ ।”पुनर्वास –५ उद्रीकै मोहन रानाको तीन बिघा जमिनको धानबाली खेतमै नष्ट भएको छ । उहाँले पाँच बिघा जमिनमा धानखेती गर्नुभएको थियो । साउन तेस्रो साता दोदा नदीमा आएको बाढी बस्तीसम्मै पुगेर डुबान भएको थियो । डुबान भएको पानी घटेपछि एकाएक धानबाली सुक्न थालेको हो ।
    “बाढी पसेको दुई/तीन दिनपछि पानी घट्यो, त्यसपछि धान सुक्न थाल्यो”, उहाँले भन्नुभयो, “तीन बिघाको पूरै सुकिसक्यो ।” उहाँका अनुसार पानी जमेको ठाउँमा दुई÷तीन दिनसम्म गन्ध आइरहेको थियो भने पानी पनि कालो थियो । कृषि गरेर वर्षभरि खानलाई जोहो गर्ने किसान धानबाली खेतमै सुकेपछि चिन्तित छन् ।“धान सुकेर खेतमै पूरै नष्ट भएको छ, त्यहीको उब्जाउ खाने र बाँकी बेचेर घरखर्च चलेको थियो”, किसान रामकिसन चौधरीले भन्नुभयो, “अब के खाने रु कसरी बालबच्चा पाल्ने रु समस्या छ ।” डेढ बिघामा ५० बोरा धान फलाउने गरेको र त्यसैबाट वर्षभरि खान अनि परिवारको खर्चको जोहो गर्ने गरेको उहाँले बताउनुभयो ।“रोपाइँमा लागेको खर्चसमेत उठाउन गाह्रो छ”, उहाँले भन्नुभयो, “अरुबेला पनि बाढी आउथ्यो, तर यस्तो क्षति गरेको थिएन्, यसपटक एक्कासी धान कसरी सुक्यो थाहा भएन ।” पुनर्वास नगरपालिकाको सिमरी, उद्री, परासन र दोदा नदी किनारकै तीन सय बिघाभन्दा बढीको धानबाली सुकेर र कुहिएर सखाप भएको छ ।
    खेत नजिकै रहेको भागेश्वर सुगर मिलले छाडेको केमिकल नालामा मिसिएर त्यही पानीले धान सुकेको किसानको भनाइ छ । सुगर मिलले सिमरी नाला छेउमै डस्ट राखेको र त्यसबाटै केमिकल नालामा मिसिएर खेतमा पुगेको रमेश रानाले बताउनुभयो ।“सुगर मिलबाट केमिकल बगेर खेतमा पुग्यो, त्यसपछि धान र उखु सुकेको हो”, उहाँले भन्नुभयो, “यो ठाउँ जहिल्यै बाढी लाग्ने र डुबान हुने हो, अहिलेसम्म यसरी धान र उखु कहिल्यै सुकेको थिएन ।”कृषि ज्ञानकेन्द्र कञ्चनपुरले क्षति भएको धान र उक्त क्षेत्रमा जमेको पानीको नमुना सङ्कलन गरी परीक्षणका लागि काठमाडौँ पठाएको छ । “परीक्षण रिपोर्ट आएको छैन, धान क्षतिको विवरण सङ्कलन भइरहेको छ”, कृषि ज्ञान केन्द्रका सूचना अधिकारी हरिदत्त जोशीले भन्नुभयो, “दुई सय हेक्टरभन्दा बढी जमिनमा क्षति पुगेको अनुमान छ ।” रासस

     

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

  • नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

  • नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

  • पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा


  • Advertisement

    समाचार
  • १

    महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

  • २

    नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

  • ३

    नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

  • ४

    पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • ५

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • ६

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ७

    घट्यो सुनचाँदीको मूल्य

  • ८

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • ९

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • १०

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution