
चितवन, भदौ २६-
सुख्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका ६ स्थित टोपे खोलामा आज बिहान ६ः४५ बजेको समयमा सुख्खा पहिरोको खस्दा मुग्लिन नारायणगढ सडक बन्द भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख बिशाल तामाङले जानकारी दिनुभयो । अहिले पहिरो पन्छाउने तयारी गरिएको छ ।
सडक दुईतर्फी अबरुद्ध हुँदा गन्तव्यमा हिडेका सवारीसाधन बाटोमा नै रोकिएका छन् । पहिरो पन्छाउन लोडर र एक्साभेटर तयारी अवस्थामा रहेको तामाङले बताउनुभयो । नारायणगढ–मुग्लिन सडकखण्ड पटक पटक अबरुद्ध हुँदा यात्रुले सास्ती खेप्दै आएका छन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१