कावासोती । कावासोती नगरपालिकाले गत आर्थिक वर्षमा पूर्वाधार क्षेत्रमा विभिन्न काम गरेको छ । मंगलबार नगर परिसरमा पत्रकार सम्मेलन गरी नगरको
विकास क्षेत्रमा भएका प्रगति विवरण बारे नगर प्रक्ता डोरमान गिरीले जानकारी दिएका हुन् ।कावासोती नगरपालिकामा गत वर्ष भएको पूर्वाधारको विकास यसप्रकार छन् । पूर्वाधार विकास १.आ.व. ०७९/८० मा करिब ३.६ किलो मिटर सडक कालोपत्रे गर्ने कार्य सम्पन्न भएको छ । कच्ची सडक तथा सञ्चालनमा रहेका सडकहरुको करिव १२.७ किलोमिटर सडक ग्राभेल तथा स्तरोन्नति गरिएको छ । साथै नगरको बिभिन्न स्थानमा गरी ८.७ किलोमिटर सडक मर्मतको कार्य सम्पन्न गरिएको छ ।२.आर्थिक वर्ष ०७९/८० मा नगरपालिकामा करिव १५ किलोमिटर पक्की नाला र नेपाल शहरी शासकीय तथा पूर्वाधार विकास आयोजनासँगको समन्वयमा १७ किलोमिटर गरी कुल ३२ किलोमिटर पक्की नाला निर्माण, २२ वटा कल्भर्ट निर्माण, १५० स्थानमा ह्युमपाइप, २.८ किलोमिटर मोजाइक टायल लगाउने कार्य सम्पन्न गरिएको छ । ३.गत आ.व. मा वडा नं १२ मा ओभरहेड टंकी निर्माण, १२ कि मी पाइपलाइन विस्तार र ४३ वटा चापकल र अति विपन्न २५ परिवारमा नि: शुल्क खानेपानी धारा जडान गरिएको छ ।४. उज्यालो कावासोती अभियान अन्तर्गत सार्वजनिक स्थान र धार्मिक स्थलहरुमा १५ थान सोलार वत्ती, ५२७ वटा सडक बत्ति जडान गरिएको र १२८ विद्युत पोल सहित विधुतिकरणको कार्य सम्पन्न भएको छ ।५.आर्थिक वर्ष ०७९-८० नयाँ भवन निर्माण तर्फ नक्सा पासका लागि १४८ निवेदन दर्ता भएका छन् । जसमध्ये प्रथम चरणको इजाजत लिएका १२८, सुपर स्ट्रक्चर इजाजत लिएका ८७ छन् भने २०१जनाले निर्माण सम्पन्न लिएका छन र अभिलेखिकरण तर्फ ७४५ घर दर्ता भएका छन । वडा नं १, २ र १६ को वडा कार्यालय भवन निर्माण सम्पन्न भै प्रशासनिक कामकाज सुरु भएको छ ।६.आ.व. ०७९/८० मा नगरपालिकामा ३.८ किलोमिटर खोला तटबन्धन र ४.४ किलोमिटर कम्पाउण्ड वाल निर्माण सम्पन्न भएको छ ।७.सामुदायिक विद्यालय भवन निर्माण तथा मर्मत ३८ वटा, सामुदायिक भवन, मन्दिर,चर्च,मस्जिद,गुम्बा निर्माण तथा मर्मत ५० वटा, पार्क निर्माण तथा खुला क्षेत्र संरक्षण १० वटा, पर्यटकीय पूर्वाधार निर्माण ६ वटा, खेलमैदान ९ वटा निर्माण सम्पन्न भएको छ ।८.नगरपालिकाको १७ वटै वडाको भू-उपयोग वर्गीकरणको कार्य सम्पन्न भै जग्गा कित्ताकाट सुरु भएको९.भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित वसोवासीको जग्गा नापजाँजको क्रममा वडा नं. १ र ४ क्रमश क्षेत्रफल १५८-३-८ र ९३-४-९ जग्गा नापजाँज गरिएको साथै वडा ३ र ५ कार्य अन्तिम चरणमा रहेको छ ।१०.वडा नं ३ मा लामो सययदेखि बन्द रहेको १३०० मिटर सरकारी कुलो खोल्ने कार्य सम्पन्न
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१