

‘वेबसाइट नचल्दा जनतालाई जानुपर्ने सूचनाहरु ठप्प भएका छन् । अनुदान वितरणसम्बन्धी सूचना, विज्ञापनसम्बन्धी सूचना सहित अन्य महत्वपूर्ण सूचनाहरु अपलोड गर्न सकिएको छैन,’ मकवानपुरको थाहा नगरपालिकाका सूचना अधिकारी सुरजकुमार भुजेलले भने ।‘हाम्रो जस्तो नगरपालिकामा देनिक पत्रिका भन्दा नगरपालिकाकै वेबसाइटमा धेरै सूचनाहरु आउँछन् । तर, जनता त्यसबाट बञ्चित भइरहेका छन्, फोन गरेर वेबसाइट किन नचलेको भन्दै सोध्नेहरु पनि छन्,’ भुजेलले भने ।पालिकाहरुमा पनि समस्या भइरहेको वेबसाइटहरुको मुख्य सर्भर रहेको मन्त्रालयले जनाएको छ ।

‘स्थानीय तहका साइटहरुमा प्राविधिक समस्या आएर वेबसाइट नचलेको हो, हाम्रो प्राविधिक टोलीले काम गरिरहेको छ । केही स्थानीय तहमा चल्न थालिसकेको छ,’ मन्त्रालयका सूचना प्रविधि शाखाका उपसचिव अश्विन कुमार पोखरेलले अनलाइनखबरसँग भने ।उनले अधिकांश स्थानीय तहको साइट बुधबार बेलुकासम्म चल्ने बताउँदै आइतबारसम्म देशभरमै समस्या नहुनेगरी प्राविधिक टोलीले काम गरिरहेको बताए ।