
काठमाडौं।जुवाको खालबाट पक्राउ परेका चक्र बमसहित नौ जना धरौटीमा छुटेका छन् । जुवा ऐन अन्तर्गत अनुसन्धान भइरहेका उनीहरूलाई जिल्ला प्रशासन कार्यालयले बुधवार १५ हजार धरौटीमा छाडेको हो ।महानगरीय प्रहरी वृत्त सिंहदरबारले गत शनिवार मैतीदेवीस्थित एक डान्स सेन्टरबाट उनीहरूलाई पक्राउ गरेको थियो ।
पक्राउ परेकाहरूमा बम, शङ्कर आचार्य, सुर्पमान स्याङतान, नरेन्द्र विष्ट (गम्भीर), गणेश विष्ट (गजित) रोशन सिंह, टाइम मगर, घनश्याम अधिकारी थिए ।तत्कालीन समयमा प्रहरीले जुवाको खालबाट एक लाख ९० हजार रुपैयाँ समेत बरामद गरेको थियो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१