
काठमाडौं । जाजरकोट भूकम्पमा मृत्यु हुनेको संख्या १३८ पुगेको छ । नेपाल प्रहरीका अनुसार जाजरकोटमा १०० जना र रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको छ ।
यद्यपि स्थानीय तहहरुले संकलन गरेको विवरण केही बढी पनि देखिएको छ । नेपाल प्रहरीले दिउँसो २ बजेसम्म संकलन गरेको विवरण अनुसार घाइतेको संख्या १६६ छ । जसमध्ये जाजरकोटमा ८१ र रुकुमपश्चिममा ८५ रहेका छन् । शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१