काठमाडौं ।बलात्कारको झुटा जाहेरी दिएको आरोपमा एक महिला पक्राउ परेकी छन् । झुटा जाहेरी दिएर फसाउन खोजेको आरोपमा प्रहरीले ३१ वर्षीया महिलालाई प्रकाउ गरेको हो ।नेपाली सेनाका अवकाशप्राप्त कर्मचारीविरुद्ध बलात्कारको आरोप लगाउँदै जाहेरी दिएकी उक्त महिला र नाम परिवर्तन रमेश विरुद्ध घटना झुटो भन्दै भन्दै विशाल (नाम परिवर्तन) ले जाहेरी दिएका थिए ।
महिलाले साउन २ गते विशालले कोटेश्वरमा रहेको मितेरी गेस्ट हाउसमा आफूलाई बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरी दिएका हुन् । ती महिलासँग आफ्नो भेट नभएको र होटल पनि नगएको भन्दै दाबी गरेपछि प्रहरीले फरक ढंगले अनुसन्धान अगाडि बढाएको थियो ।सरकारी वकिलसँगको बयानमा महिलाले आफूले रमेशको योजनामा विशालविरुद्ध झुटा जाहेरी दिएको स्वीकार गरेकी छिन् । २/३ महिनाअघि रमेशले आफूलाई फोन गरेर विशालविरुद्ध जाहेरी दिने योजना सुनाएको र त्यसैअनुसार आफूले जाहेरी दिएको पनि उनले महिलाले बताएकी छिन् ।
रमेशले मितेरी होटलमा साउन २ गते बलात्कार गरेको भनेर जाहेरी दिन भनेको र बाँकी सबै कुरा आफूले मिलाउने उल्लेख गरेको उनले दाबीगरेकी हुन् ।उनीविरुद्ध बलात्कारको झुटा उजुरी दिन लगाउने रमेश उनकै साडु दाइ हुन् । प्रहरीले फरार रहेका रमेशको खोजी गरिरहेको छ । सूचना स्रोतः नेपाल प्रेस
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१