• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ अषाढ १८, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

२

पूर्वपश्चिम राजमार्ग अवरुद्ध

३

सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

४

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

५

विनयी खोलामा डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

६

नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

७

नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

८

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

९

कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

१०

प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

११

भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग

१२

थाकल बेचेरै पालिएका छन् परिवार

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    मौरीपालनबाट आम्दानी गर्दै तोगीका युवा

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० मंसिर २०, बुधबार (१ साल अघि)
    202312061515-3b54ede4-20ec-45e3-95a3-c23a760b2d17_medium

    Advertisement

    गण्डकी।कास्की जिल्लाको मादी गाउँपालिका–११ तोगी लम्तरीका विनोद ढकालले गाउँमै मौरीपालनबाट मनग्य आम्दानी गरेर सबैका लागि अनुकरणीय बन्नुभएको छ । उहाँले सहर झर्ने र विदेश जाने युवालाई आफ्नो जन्मभूमिमा बसेर पनि आम्दानी गर्न सकिन्छ भन्ने सन्देश दिइरहनुभएको हो ।समुद्री सतहबाट एक हजार दुई सय मिटरको उचाइमा रहेको विकट बस्तीमा मह र महुरीसहितको घार बिक्रीबाट एक वर्षको अवधिमा रू सात लाख आम्दानी गरेको २७ वर्षीय ढकालले जानकारी दिनुभयो । “परम्परागत खरले छाएको घुमाउने घरैभरि र वरिपरि करेसाबारीमा राखिएका ३२ वटा मौरीका घारबाट उत्पादिन महको मुख्य बजार पोखरा हो”, उहाँले भन्नुभयो, “घरबाट मह प्रतिकिलो रू एक हजार चारसय र माग अनुसार सम्बन्धित स्थानमा पु¥याउँदा थप रू एक सय लिने गरेको छु ।”तोगीगाउँ भन्दामाथि बस्ती नभएको चिसो भए पनि झुल्के घाम लाग्ने उक्त पाखोमा महत्त्वपूर्ण जडीबुटीको खानी तथा घना जङ्गल भएकाले मौरीका लागि प्रशस्त चरण क्षेत्र रहेको ढकालले बताउनुभयो । यहाँ उत्पादित अर्गानिक मह र घारको माग तीव्र रहेको उहाँले राससलाई जानकारी दिनुभयो ।कात्तिकरमङ्सिरमा मात्र तीन सय केजी मह उत्पादन भई बिक्री गरेको ढकालले बताउनुभयो । उहाँका अनुसार एक वर्षको अवधिमा ३८ थान मौरीसहितको घार समेत बिक्री भएको छ । मौरी सहितकोप्रति घारलाई रू दश हजारमा बिक्री वितरण गर्दै आएको उहाँको भनाइ थियो ।

    गाउँका अघिकांश घारमा सेरेना जातका मौरी रहेका छन् । बुबाले विसं २०६७ देखि सुरु गर्नुभएको मौरीपालन यतिखेर व्यावसायिक रुपमा परिणत भएको बताउँदै ढकालले भन्नुभयो, “गाउँमा बसेर २० घार मौरी पाल्ने हो भने कोही पनि भोकले मर्नुपर्दैन ।” उमेरले समूहले नछेक्ने, खासै समय पनि दिनु नपर्ने, बिक्री हुँदैन कि भन्नु नपर्ने, मौरिपालनबाट राम्रो आम्दानी लिन सकिने हुँदा पैसा कमाउन जन्मथलो र परिवार छोडेर विदेश र सहरतर्फ भौँतारिनु नपर्ने उहाँको भनाइ थियो ।मौरीपालक किसान सोमनाथ खनालका अनुसार घर र आसपासमा मौरीका २२ घार छन् । यस सिजनमा उत्पादन भएको ६५ लिटर मह बिक्रीबाट रू एक लाख तीस हजार आम्दानी भएको उहाँले जानकारी दिनुभयो । महको मागअनुसार पोखराको लेकसाइडमा प्रतिलिटर रू दुई हजारका दरले बिक्री गरेको बताउँदै उहाँले भन्नुभयो, “मौरीलाई खासै ध्यान दिनुपर्दैन । असिनापानीको बढी डर हुन्छ । मलछाप्रो, अरिङ्गाल, चिभेचरो, कमिला, खपटेकीरालगायत जङ्गली जनावर, चराचुरुङ्गीबाट जोगाउनु भने पर्छ ।”कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन बी र सी, आइरन, म्याग्नेसियम, क्याल्सियम, पोटासियम, फस्फोरस, सोडियमजको भण्डारकारुपमा लिइने बहुउपयोगी खाद्य वस्तु प्राप्त हुने महको सेवनकर्ता बढेपछि पछिल्लो समय मागसमेत बढेको किसान बताउँछन् ।स्थानीय मौरिपालन गर्दै आउनुभएका अगुवा किसान पित्रृराज लामिछानेले मह भन्दा मौरीसहितका घार बिक्रीमा विशेष ध्यान दिँदै आउनुभएको छ । मह उत्पादन गरी बिक्री गर्नुभन्दा मौरीसहितका घार बिक्री वितरण गर्दा व्यावसायिक मौरीपालन विस्तार हुने, मह उत्पादन वृद्धि हुनुका साथै रोजगारीसमेत सिर्जना हुने उहाँको विश्वास छ ।

    एक वर्षको अवधिमा आफ्नो र छिमेकीको गरी रू ३५ लाख मूल्य बराबरका तीन सय पचास गोलासहितका घार बिक्री गरेको बताउँदै लामिछानेले भन्नुभयो, “यस क्षेत्रमा रहेका सबै घरमा धेरै, थोरै घार छन् । गाउँमा वार्षिक रू एक करोड भन्दा बढी सहरको पैसा आउने गरेको छ ।” कात्तिकरमङ्सिर र फागुन महिनामा मौरीले गोला वृद्धि गर्ने भएकाले सोही समयमा नयाँ घारमा राख्न उचित हुने उहाँको भनाइ थियो ।कास्की जिल्लाका पाँचवटै स्थानीय तह तथा छिमेकी जिल्ला गोरखा र स्याङजामा मौरीका घार बिक्री गर्दै आएको बताउँदै लामिछानेले उहाँले थप्नुभयो, “अन्य काठको तुलनामा टुनी जातको काठमा बनाइएको घारको मूल्य बढी हुन्छ ।” एउटा घारबाट फुटाएर एक वर्षमा १० घारसम्म मौरी बनाउने गरेको उहाँले बताउनुभयो ।स्थानीय सरकार एवम् विभिन्न सङ्घसंस्थाले किसानलाई मौरी घार वितरण गरेपनि प्रविधि र ज्ञानको अभावमा उनीहरुले उचित फाइदा लिन नसकेका लामिछानेको भनाइ थियो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना९एक्याप० इलाका संरक्षण कार्यालय सिक्लेसद्वारा ५० प्रतिशत अनुदानमा प्रत्येक घरलाई मौरी सहितको एक। एक घार वितरण गरेसँगै यस क्षेत्रमा मौरीपालन सुरु भएको लामिछानेले जानकारी दिनुभयो ।

    गण्डकी प्रदेश सरकारले स्थापनाकालदेखिनै यस गाउँलाई मह पकेट क्षेत्र घोषणा गरेर मौरीघार विस्तारमा जोड दिँदै आएको गाउँपालिकाका अध्यक्ष देवीजङ गुरुङले बताउनुभयो । किसानलाई घारसहित आवश्यक तालिम, अत्याधुनिक प्रविधि, सुरक्षाका सामग्री वितरण गर्दै आएको उहाँले जानकारी दिनुभयो ।मह उत्पादनका लागि आवश्यक सीप, ज्ञान र प्रविधिमा सहयोग गर्दै आइएको गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार मादी गाउँपालिकाका अधिकांश वडामा मह उत्पादनको प्रचुर सम्भावना रहेको छ ।पालिकाले पकेट क्षेत्रकारुपमा विकास गर्न चालु आर्थिक वर्षमा १५ देखि २० लाख मूल्य बराबरका मौरीसहितका घार खरिद गरी किसनालाई वितरण गर्ने योजना बनाएको गुरुङले जानकारी दिनुभयो । यसमा पालिकाकोतर्पmबाट ५० प्रतिशत अनुदानको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।गाउँपालिकाका विशेष गरी तोगी, याङजाकोट, घ्यामरुङलगायत स्थानमा राम्रो मह उत्पादन हुने जनाउँदै अध्यक्ष गुरुङले भन्नुभयो, “मौरीसहितको घार पाउन त्यति सहज छैन । लम्तरी तोगीका किसना पित्रृराज लामिछानसँग घार लिनको लागि छ महिलाको समय लाग्ने र झण्झटिलो खरिद प्रक्रियाले थप असहज हुने गरेको छ ।”गण्डकी प्रदेशको राजधानी पोखराबाट विजयपुर, कालिका, माझठानाको सौरे, भगवतीटार, बरालडाँडा हुँदै सो स्थानमा पुग्न सकिन्छ । सौरेसम्म पक्की सडक भए पनि बाँकी गाउँसम्म पुग्न कच्ची मोटर बाटो पुगेको छ । रासस

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • पूर्वपश्चिम राजमार्ग अवरुद्ध

  • सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

  • नारायणगढ-मुग्लिन सडक सञ्चालनमा


  • Advertisement

    समाचार
  • १

    मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • २

    पूर्वपश्चिम राजमार्ग अवरुद्ध

  • ३

    सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

  • ४

    नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

  • ५

    विनयी खोलामा डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

  • ६

    नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

  • ७

    नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

  • ८

    संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

  • ९

    कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

  • १०

    प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution