• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन १९, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

२

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

३

घट्यो सुनचाँदीको मूल्य

४

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

५

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

६

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

७

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

८

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

९

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

१०

रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

११

शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

१२

एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    राससमा प्रकाशित समाचारपछि देवघाटका सुन्तला किसानलाई काठमाडौँ महानगरको सहयोग

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० मंसिर २५, सोमबार (२ साल अघि)
    17021830773061-scaled

    Advertisement

    तनहुँ ।तनहुँको देवघाट गाउँपालिका–१, २, ३ र ४ मा उत्पादित सुन्तलाको प्रभाव काठमाडौँ महानगरपालिकासम्म परेको छ । आइतबार ‘गाउँमा करोडौँको सुन्तला, बजार पुर्‍याउन गाह्रो’ शीर्षकमा राष्ट्रिय समाचार समिति (रासस) मा प्रकाशित समाचारको प्रभावले देवघाटका किसानलाई बजार र अनुदानको व्यवस्था गर्ने विषय महानगरको छलफलमा पुग्ने भएको हो ।काठमाडौँलाई मुख्य बजार बनाएर देवघाटमा उत्पादित सुन्तला बिक्री वितरणका लागि बजार व्यवस्थापन, किसानले सिधै अनुदान पाउने व्यवस्थालगायत विषय महानगरको बैठकमा छलफल गरिने कामपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “देवघाटबाट सुन्तला आयात गर्दा विचौलियाले खाने कमिसन रोक्नुपर्छ । यसका लागि नगरप्रमुखसँग छलफलमा छौँ । बोर्ड बैठकबाट निर्णय गराएर प्रक्रियामा जाने गरी अगाडि बढेका छौँ ।”अधिकारीले भृकुटीमण्डपमा बजारको व्यवस्था गर्ने विषयमा छलफल गरिने जानकारी दिनुभयो । विचौलियाबिना किसानका सुन्तला काठमाडौँ आउनुपर्ने उहाँको भनाइ थियो । “देवघाटमा उत्पादित सुन्तलामा प्रतिकेजी रु पाँच गाउँपालिकामार्फत किसानलाई अनुदान उपलब्ध गराउने गरी प्रक्रिया अगाडि बढाउन छलफलमा जुट्ने तयारी गरिरहेका छौँ”, अधिकारीले भन्नुभयो । प्राङ्गारिक सुन्तला काठमाडौँवासीले उपभोग गर्न पाउने वातावरण बन्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।

    देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले राससमा प्रकाशित समाचार पढेपछि फोनमार्फत कामपाका प्रमुख प्रशासकीय अधिकृत अधिकारीले यहाँ उत्पादित सुन्तलालाई बजार र अनुदानको व्यवस्था गर्ने विषय बोर्ड बैठकमा छलफल गरिने जानकारी दिनुभएको बताउनुभयो । उहाँले भन्नुभयो, “समाचारले गाउँपालिकाको मुख्य उत्पादनलाई प्रोत्साहन मिलेको छ । महानगरले छलफलमा लगेकाले यहाँका किसानसँगै सबै खुसी भएका छौँ । हामीले यस क्षेत्रको बाटो सहज बनाउने पहलमा लागिरहेका छौँ ।”तनहुँको कर्णालीका रुपमा देवघाटका ग्रामीण भेगलाई चिनिन्छ । यस स्थान सुन्तला उत्पादनको पकेट क्षेत्र हो । यहाँ उत्पादित करोडौँको सुन्तला बजारसम्म पुर्‍याउन बाटोका कारण सकस हुने गरेको छ । यहाँको मुख्य उत्पादन नै सुन्तला रहेको स्थानीय बताउँछन् ।पालिकाका विभिन्न वडामा यस वर्ष करोडौँको सुन्तला उत्पादन भएको अध्यक्ष थापाले जानकारी दिनुभयो । सुन्तला उत्पादनका लागि यहाँको हावापानी र माटो राम्रो भएकाले देवघाट नेपालमै प्रख्यात मानिएको उहाँको भनाइ थियो ।यहाँका ग्रामीण क्षेत्र, सडक तथा पुलको अभाव, भरियामार्फत ढुवानी गर्नुपर्नेलगायत कारणले बजारसम्म पुर्‍याउन समस्या हुने गरेको थापाले जानकारी दिनुभयो । यहाँ उत्पादित सुन्तला सिधै काठमाडौँको कालीमाटीस्थित तरकारी तथा फलफूल बजारमा लगिन्छ । त्यहाँ देवघाटको सुन्तला नेपालकै उत्कृष्ट मान्दै कारोबार हुने कृषकको भनाइ छ ।

    देवघाट–३ छापश्वरा लुम्रिङका किसान कर्णसिंह राना लामो समयदेखि सुन्तला खेती गर्दै आउनुभएको छ । उहाँले यहाँ उत्पादन राम्रो भए पनि बजारसम्म पुर्‍याउन बाटो र पुलको अभाव, भरियामार्फत ढुवानी गर्दा बढी खर्च लाग्नेलगायत कारणले बजारीकरणमा समस्या हुने गरेको बताउनुभयो ।देवघाट क्षेत्र विकास समितिका अध्यक्ष एवं सुन्तला कृषक भीमबहादुर रानाले किसानलाई सहयोग पुग्ने गरी महानगरले गरेको सूचना पाउँदा खुसी लागेको बताउनुभयो । उहाँका अनुसार समाचारले यहाँका किसानलाई हौसला दिनुका साथै बजारीकरणमा सहयोग पुग्ने विषयले हर्षित बनाएको छ ।अहिले सुन्तला पुर्‍याउन नाल्दी र गाईघाटमा पुल नहुँदा यहाँका किसानले कोटा, बैदी हुँदै साराङघाटको मोटरेवल पुलको बाटो प्रयोग गरी दमौली हुँदै काठमाडौँ पठाउने गरेका किसान बताउँछन् ।सिधा सडक सञ्जाल विस्तार नभएकाले यसरी घुमाउरो बाटो प्रयोग गर्दा किसानले दोब्बर भाडा तिर्नु परेको किसान नवराजले बताउनुभयो । “केही किसानले मुग्लिङ–नारयणगढ सडकको गाईघाटसम्म जिपमा ल्याएर त्यहाँबाट बोकाएर झोलुङ्गे पुल तारेर राजमार्गसम्म ल्याउने गर्दछन्”, उहाँले भन्नुभयो, “छापस्वारा दगराका कृषकले ग्राभिटी रोपवेमार्फत बुद्धसिंह मार्गमा लगेर त्यहाँबाट दमौली हुँदै काठमाडौँ लैजाने गरेका छन् ।”यहाँ उत्पादित सुन्तलाका साथै अदुवा, केरा तथा अन्य फलफूल तुइनबाट नै राजमार्गसम्म लगेर बजारसम्म पुर्‍याउने गरिएको नवराजले सुनाउनुभयो । साथै बाख्रा, कुखुरा तथा अन्य पशुपक्षीको लागि दाना चोकर पनि तुइनबाटै ल्याउने गरिएको उहाँले जानकारी दिनुभयो ।उत्पादित सुन्तलालगायत खाद्यान्न ल्याउन तथा लैजान मुख्य ढुवानीको माध्यम भनेको घुमाउरो बाटो र तुइन मात्रै भएको किसान बताउँछन् । ढुवानी समस्याकै कारण करोडौँको सुन्तला बजारसम्म पुर्‍याउन सास्ती हुने गरेको सुन्तला कृषक रानाले बताउनुभयो ।

    देवघाटका वडा नं १, २, ३ र ४ का विभिन्न भाग सुन्तला उत्पादनको पकेट क्षेत्र हुन् । विगतमा यहाँका किसानले बारीबाटै डोकोमा बोकेर नारायणगढलाई बजार क्षेत्र बनाएका थिए । नदीमाथि पुल नहुँदा राजमार्गसम्म किसानको सिधै पहुँच पुगेको छैन । पहुँच अभावका कारण यहाँका किसानले विचौलियाका माध्यमबाट दमौली, मुग्लिन, नारायणगढ र काठमाडौँसम्म बजार विस्तार गर्न बाध्य छन् । सडक सञ्चाल विस्तारसँगै पुल र बाटो नहुँदा यहाँका स्थानीयले उचित फल भने पाउन सकेका छैनन् । रासस

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • घट्यो सुनचाँदीको मूल्य

  • निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने


  • Advertisement

    समाचार
  • १

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • २

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ३

    घट्यो सुनचाँदीको मूल्य

  • ४

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • ५

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • ६

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • ७

    बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

  • ८

    भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • ९

    निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

  • १०

    रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution