• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ५, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

२

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

३

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

४

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

५

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

६

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

७

वन उद्यममा जोडिँदै नवलपुरका महिला

८

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

९

विविधिकृत खेतीतर्फ किसानको आकर्षण

१०

नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

११

९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप

१२

गृहद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    बागमती सरकारले सवारी लाइसेन्स छपाइ गर्ने, ५ स्थानमा मेसिन जडान गरिँदै

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८२ भाद्र १७, मंगलबार (१० महिना अघि)
    smart-card

    Advertisement

    मकवानपुर । बागमती प्रदेश सरकारले आगामी दसैँ लगत्तै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छापेर वितरण गर्ने तयारी गरेको छ । प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले ५ स्थानबाट लाइसेन्स छपाइ तथा वितरणको तयारी गरेको हो ।प्रदेशबाटै ‘क्यूआर कोड’ सहितको लाइसेन्स छपाइ तथा वितरणको तयारी गरेको मन्त्रालयले जनाएको छ । लाइसेन्सका लागि वर्षौँ कुर्नुपर्ने बाध्यात्मक परिस्थिति अन्त्य गर्ने उद्देश्यले प्रदेशका ५ स्थानबाट सेवा दिने तयारी भइरहेको मन्त्रालयकी प्रवक्ता सुनिता गजुरेलले बताइन् ।यसअघि चालक अनुमतिपत्र यातायात व्यवस्था विभागमार्फत मात्र छापिँदै आएको थियो । उक्त सिस्टम प्रदेशमै ल्याएर लाइसेन्स छपाइ गरिने प्रवक्ता गजुरेलको भनाइ छ । उनका अनुसार लाइसेन्स छपाइ सेवा विभागमा मात्र सीमित हुँदा चाप बढेसँगै सेवाग्राहीले समयमै लाइसेन्स पाउन कठिन भएको थियो ।

    यातायात व्यवस्था विभागको तथ्याङ्कअनुसार करिब ३० लाखभन्दा बढी लाइसेन्स छाप्न बाँकी छ । त्यसमध्ये बागमती प्रदेश अन्तर्गतमात्र १८ लाख लाइसेन्स छाप्न बाँकी रहेको मन्त्रालयको अनुमान छ ।

    विगत तीन वर्षअघि ट्रायल पास गरेका र नवीकरणका लागि निवेदन दिएका सेवाग्राहीले पनि लाइसेन्स पाउन सकेका छैनन् । केन्द्र सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले २०८० माघ ७ गते प्रदेशहरूले पनि लाइसेन्स छाप्न सक्ने निर्णय गरेअनुसार बागमती प्रदेशले सेवा सञ्चालन गर्न लागेको हो ।

    मन्त्रालयले इटालियन कम्पनीको मेसिन खरिद गरेको सूचना अधिकारी विनोद कुमार भट्टराईले जानकारी दिए । उनका अनुसार ५ करोड ४० लाख रुपैयाँमा ५ वटा मेसिन खरिद गरेर जडानको क्रममा छन् । गत चैतमा मन्त्रालयले टेण्डर आह्वान गरेपछि मालिका कर्पोरेसन काठमाडौँले सम्झौता गरेर मेसिन सप्लाइ गरेको उनको भनाइ छ ।

    प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाका अनुसार प्रदेशबाट लाइसेन्स छपाइ र वितरण कार्य सुरु भएपछि सेवाग्राहीले सहज सुविधा पाउने छन् ।

    ५ वटा मेसिनबाट प्रतिघण्टा ७५० लाइसेन्स छाप्नसक्ने मन्त्री थापाले जनाए । प्रत्येक प्रिन्टरबाट प्रतिघण्टा १५० वटा लाइसेन्स छापिने जानकारी उनले दिए । लाइसेन्स छपाइ र वितरणका लागि मन्त्रालयले पूर्वाधारको व्यवस्थापन गरिरहेको उनको भनाइ छ । मेसिन सञ्चालनका लागि आवश्यक प्राविधिक जनशक्ति मन्त्रालयसँगै तयारी अवस्थामा राखेको उनले बताए ।

    ‘दसैँ–तिहारलगत्तै नागरिकले सहज रूपमा लाइसेन्स सेवा पाउनेछन् । हाम्रो एकमात्र लक्ष्य जनतालाई यो झन्झटबाट मुक्त गर्नु हो,’ मन्त्री थापाले भने ।

    हालसम्म छपाइ गर्न बाँकी १८ लाख लाइसेन्स यातायात विभागले व्यस्थापन गर्ने र चालु आर्थिक वर्षदेखिका विवरणमा प्रदेशले काम गर्ने मन्त्री थापाले बताए । खरिद गरिएका ५ मेसिन लाइसेन्स सेवा सञ्चालन भइरहेका यातायात कार्यालयहरू काठमाडौँ, भक्तपुर, ललितपुर, हेटौंडामा जडान गरिने उनको भनाइ छ ।

    • स्मार्ट कार्ड खरिद गर्न ६ करोड बजेट

    मन्त्रालयले ‘क्यूआर कोड’सहितको स्मार्ट कार्ड खरिदका लागि आवश्यक बजेटसमेत विनियोजन गरिसकेको छ । तत्काल छपाइ सुरु गर्न कोटेसनमार्फत केही कार्ड खरिद गरिने मन्त्री थापाले बताए ।

    सो पश्चात लाइसेन्स छपाइलाई निरन्तरता दिन स्मार्ट कार्ड खरिदका लागि टेन्डर प्रक्रिया अघि बढाइने मन्त्रालयको भनाइ छ । टेण्डरको प्रक्रियामा केही समय लाग्ने भएकाले तत्काल काम थाल्न केही कार्ड कोटेशन मार्फत खरिदको प्रक्रिया अघि बढाइएको मन्त्रालय स्रोतले जनाएको छ ।

    लाइसेन्स छपाइका लागि प्रदेश सरकारले चालु आर्थिक वर्ष (२०८२/०८३) मा ६ करोड ७४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । सो बजेटले आवश्यक कार्ड खरिद गर्ने र अपुग भएका थप बजेट व्यवस्थापन गर्ने मन्त्री थापाको भनाइ छ ।

    यसअघि पनि २०८१ चैतमा स्मार्ट कार्ड खरिद गर्न टेण्डर आह्वान गरिएको थियो । प्राविधिक त्रुटिका कारण सो टेण्डर रद्द गरिएको मन्त्रालयले जनाएको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा


  • Advertisement

    समाचार
  • १

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • २

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • ३

    स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • ४

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • ५

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • ६

    मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • ७

    वन उद्यममा जोडिँदै नवलपुरका महिला

  • ८

    नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

  • ९

    विविधिकृत खेतीतर्फ किसानको आकर्षण

  • १०

    नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution