• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन १९, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

२

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

३

घट्यो सुनचाँदीको मूल्य

४

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

५

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

६

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

७

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

८

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

९

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

१०

रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

११

शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

१२

एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    बागलुङका गाउँ–गाउँमा किबी खेतीको लहर

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० मंसिर २५, सोमबार (२ साल अघि)
    est1-scaled

    Advertisement

    बागलुङ।बागलुङमा थोरै लगानीमा राम्रो आम्दानी गर्ने उत्कृष्ट फलफूल खेतीको रुपमा किबीलाई लिन थालिएको छ । पछिल्लो समय शिक्षा, रोजगारलगायत कारणले बसाइँसराइ गर्नेको सङ्ख्या बढ्दै गएपछि बाँझो खेतीयोग्य जग्गाको सदुपयोग गर्दै गाउँगाउँमा किबी खेतीको लहर चलेको हो ।गाउँमा उत्पादन भएको किबी अहिले बागलुङ बजारमा देख्न सकिन्छ । केही वर्ष पहिलासम्म आयात गरिएको किबी बिक्री गर्दै आएका बागलुङका फलफूल व्यवसायी अहिले स्थानीयस्तरमा उत्पादित किबी बिक्री हुन थालेको बताउँछन् ।बागलुङ नगरपालिका–८ सिगानाका पूर्व वडाध्यक्ष जीतबहादुर जिसीले किबी खेती गर्न थालेको दुई वर्षभयो । पहिलो वर्ष थोरै उत्पादन भएकाले बजारमा पुर्‍याउन नसकेको बताउँदै उहाँले यस पटक बजारमा पठाउन थालिएको जानकारी दिनुभयो । “आफू वडाध्यक्ष हुँदा किसानलाई सुन्तला र फलफूल खेतीमा आकर्षण गरेको थिएँ । अहिले आफैँले खेती गर्दा राम्रो उत्पादन भएको छ”, उहाँले भन्नुभयो ।पछिल्लो समय जिसी मात्रै होइन बागलुङका गाउँ–गाउँमा किबी खेती विस्तार हुँदै गएको छ । बागलुङमा पछिल्लो समय बागलुङमा एक सय भन्दाबढी किसान किबी खेतीमा लाग्नुभएको छ ।

    काठेखोला गाउँपालिका–५ बिहुँका खिमानन्द कँडेलले उत्पादन गरेको किबी बागलुङ बजारहुँदै चितवन पुगेको बताउनुभयो । पहाडी जग्गाको सदुपयोगसँगै बहुगुणी फलको राम्रो सम्भावना रहेको उहाँको भनाइ थियो ।गतवर्ष चार हजार केजी बिक्री गर्नुभएका बागलुङका पुराना किबी किसान मेहरसिंङ पाइजाले यसवर्ष भने असिनाका कारण उत्पादनमा गिरावट आएको बताउनुभयो । बागलुङमा सबैभन्दा ठूलो क्षेत्रफलमा किबी लगाउने पाइजाले यसवर्ष आम्दानी घटेको बताउँदै उचित काँटछाट गर्दा राम्रो उत्पादन दिने बताउनुभयो । प्रतिकेजी रू १०० मा बिक्री भए पनि किबीमा नाफा रहेको उहाँले अनुभव सुनाउनुभयो ।एक पटक किबीको झाल र थाक्रा व्यवस्थापन गरे पुग्ने भन्दै किबीलाई सामान्य हेरचाहमा राम्रो उत्पादन दिन सक्ने बागलुङ भकुण्डेका हर्कबहादुर थापाले बताउनुभयो । उत्पादित किबी भकुण्डेकै अतिथि सत्कार घरबासमा आउने विदेशी पर्यटकले उपभोग गर्ने गरेका उहाँको भनाइ थियो । विसं २०७३ मा पोखरामा किबीको बिरुवा देख्नुभएका हर्कबहादुरले बारीमा जम्मा पाँचबोट मात्रै लगाउनुभएको थियो ।उक्त बोटमै वार्षिक पाँच सय केजी किबी उत्पादन हुने गरेको थापाले जानकारी दिनुभयो । मलजल र थाँक्रो राम्रो भएमा एउटै बोटमा धेरै फलाउन सकिने उहाँले बताउनुभयो । थापाको घरनै अहिले किबीले ढाकेको छ । अहिले भकुण्डेमा मात्रै आधादर्जन किसानले व्यावसायीक किबी खेती गर्दै आएका छन् ।

    किबी खेती गर्दा जग्गा सदुपयोग हुनुका साथै आम्दानी स्रोत बन्ने भएपछि किसान यसतर्फ आकर्षित भएका काठेखोला–७ का वडाध्यक्ष प्रेम लामिछानेले बताउनुभयो । “आफैबाट सुरु गरेँ अरुलाई भन्न र सिकाउन सहज हुन्छ भनेर चार रोपनी जग्गामा किबी खेती गरेको छु । पहाडी क्षेत्रमा धेरै स्याहार गर्न नपर्ने र एक पटक लगानी गरेपछि वर्षौँ लगानी थप्न नपर्ने खेती हो”, उहाँले भन्नुभयो, “एकै पटक उत्पादन भए पनि लामो समय टिकाउन सक्ने फलफूल भएकाले धेरै किसान किबी खेतीमा आकर्षित भएका छन् ।”रेशमा वडा कार्यालयले अनुदनामा किबीका बिरुवासमेत वितरण गर्दै आएको लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार किबीप्रति किलो स्थानीय बजारमा दुई सयदेखि दुई सय ५० सम्ममा सहजै बिक्री वितरण हुने गरेको छ ।किबीको नियमित सेवनबाट गर्भवती, रक्तचाप, मुटु र रुघाखोकीलगायत बिरामीलाई विशेष फाइदा पुग्ने भएकाले बजारमा यसको माग बढी भएको स्वास्थ्यकर्मीको भनाइ छ । किबी खेती एक हजार दुई सयदेखि दुई हजार फिटसम्मको उचाइमा लगाउन सकिने कृषि ज्ञान केन्द्रले जनाएको छ ।रोपेको तीन वर्षदेखि उत्पादन दिन सुरु गर्ने यो बिरुवाले लगातार लामो समयसम्म राम्रो उत्पादन दिने भएकाले किसानको आकर्षण बढेको कृषि ज्ञान केन्द्र बागलुङका बागबानी विकास अधिकृत कुमार पुनले जानकारी दिनुभयो । रासस

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • घट्यो सुनचाँदीको मूल्य

  • निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने


  • Advertisement

    समाचार
  • १

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • २

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ३

    घट्यो सुनचाँदीको मूल्य

  • ४

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • ५

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • ६

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • ७

    बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

  • ८

    भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • ९

    निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

  • १०

    रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution