• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ चैत्र २९, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

२

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

३

नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

४

पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

५

मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

६

पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

७

मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

८

उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

९

मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

१०

महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

११

नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

१२

नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुरमा बेमौसमी मकै खेतीबाट आम्दानी

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० पौष १४, शनिबार (२ साल अघि)
    makai

    Advertisement

    मध्यविन्दु  । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुर को गैँडाकोट नगरपालिका–६ का तिलकप्रसाद रिजालले अहिले दुई बिघा क्षेत्रफलमा मकैखेती गरेका छन् । विगत १५ वर्षदेखि बेमौसमी मकैखेती गर्दै आएका उनले हिउँदे मकैखेतीबाट रु पाँच लाख आम्दानी गर्ने गरेका छन् । रिजालले भने “हरियो मकै बिक्रीका लागि समस्या नहुने तथा उत्पादन पनि राम्रो हुने भएकाले हामी मकै खेती गर्न थालेका छौँ ।” रिजाल पशु विकास कृषि फार्म दर्ता गरी व्यावसायिक रूपमा मकैखेती गर्दै आएका उनले हिउँदे मकै बिक्री गरी एउटा याममा  चार लाखदेखि रु पाँच लाखसम्म आम्दानी गर्न थालेका छन् ।  “बाह्रै महिना मकै उत्पादन हुने भएकाले यहाँका किसानले व्यावसायिक मकै खेती गरेर जिल्ला बाहिर बिक्री गर्दै आएका छौँ”, उनले भने, “हरियो मकैको प्रतिघोगा रु पाँचदेखि रु दशका दरले तथा सुक्खा प्रतिक्विन्टल रु तीन हजारका दरले बिक्री हुने गरेको छ ।”  बर्खे धान रोप्ने ठाउँमा दुई बाली र मकैमात्र लगाउँदा राम्रोसँग तीन बाली उत्पादन गर्न सकिने हुँदा आफूले पनि व्यावसायिक मकैखेती गर्दैआएको गैँडाकोटकै सरस्वती सापकोटाले बताइन् । व्यावसायिक मकैबाट राम्रो आम्दानी भएको र परिवारको खर्च धान्न पुग्ने सापकोटाले बताइन्। हरियो मकै पोलेर खान स्वादिष्ट हुने भएकाले मकै धेरै बिक्री हुनेगरेको सडक किनारमा मकै पोलेर बेच्दै आएकी स्थानीय सावित्री शर्माले बताइन् ।

    “प्रतिघोगा पाँचदेखि दशमा खरिद गरेर २० देखि २५ रुपैयाँमा पोलेको मकै बिक्री हुने गरेको छ”, उनले भनिन् । जिल्लाको गैँडाकोट नगरपालिकाका किसान बेमौसमी मकैखेतीबाट मनग्य आम्दानी गर्दैआएका छन् । यहाँ उत्पादन भएको मकै जिल्लाको माग धानेर देशका मुख्य सहरमा निर्यात हुनेगरेको छ । जिल्ला बाहिर नारायणघाट, बुटवल, काठमाडौँ, पोखरालगायत मुख्य सहरमा पोलेर खाने हरियो मकै गैँडाकोटबाट निर्यात हुँदैआएको स्थानीय कृषकले बताएका छन् । गैँडाकोट नगरपालिका ६, ७ र ८ नम्बर वडालाई मकैको पकेट क्षेत्रको रूपमा घोषणा गरिएको गैँडाकोट नगरपालिका कृषि विकास शाखा प्रमुख राजुप्रसाद शर्माले बताए । “गैँडाकोटको नगरपालिकाको ५, ६, ७, ८ र ९ नम्बर वडामा बेमौसमी मकै उत्पादन हुनेगरेको छ, बाह्रैमास मकै उत्पादन हुनेभएकाले पनि यहाँका स्थानीय कृषक मकै व्यापारमा आकर्षित भएका छन्”, उनले भने ।

    गैँडाकोट नगरपालिकाभित्र ६६ हेक्टर क्षेत्रफलमा हिउँदे मकै लगाउने गरिएको छ । प्रतिहेक्टर चार सय ६२ मेट्रिक टन मकै उत्पादन भएको शर्माले बताए । “आर्थिक वर्ष २०७८–७९ मा प्रतिहेक्टर तीनसय ५० मेट्रिक टन उत्पादन भएको थियो”, उनले भने, “२०७९–८० मा एक सय १२ मेट्रिक टनले उत्पादनमा वृद्धि भई चार सय ६२ मेट्रिक टन मकै उत्पान भएको छ ।”

    गैँडाकोटमा बर्खे मकै सात हजार तीनसय ३३ हेक्टर क्षेत्रफलमा लगाइने गरेको छ । हिउँदको समयमा लगाइएका हरियो मकै मात्र तीन करोड बढीको गैँडाकोट क्षेत्रबाट बिक्री हुने गरेको कृषि शाखा प्रमुख शर्माले जानकारी दिए ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

  • पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ


  • Advertisement

    समाचार
  • १

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • २

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • ३

    नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

  • ४

    पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

  • ५

    मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

  • ६

    पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

  • ७

    मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

  • ८

    उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

  • ९

    मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

  • १०

    महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution