पृथ्वीमा रहेका प्राणी र वनस्पति समेत सबैको आ–आप्mनो धर्म हुन्छ । सुर्यको धर्म न्यानो, उज्यालो, तातो बनाउने हो । दैनिक पुर्वबाट उदाउने र पश्चिममा अस्ताउने सुर्यको धर्म हो । त्यस्तै पानीको धर्म प्यास मेटाउने, चिसो बनाउने, सफा गर्ने, खेतीपाती, वनस्पति उम्रन, बढ्न हुर्कन मद्धत गर्ने हो । त्यसैगरी वृक्षको धर्म कुनै जात वर्ग, वर्ण विभेद नगरी सबैलाई छहारी, फलफुल, घाँस, पात दिने उसको धर्म हो । माटोको धर्म हरेक बिऊलाई अंकुरण गराउनु, उर्मानु, बढाउनु, फुलाउनु र फलाउनु हो । तसर्थ यि सबैले आप्mनो धर्म प्रति कहिल्यै बेवास्ता गरेका छैनन्, निरन्तर आप्mनो कर्मलाई सिङ्गो पृथ्वीका प्राणी र वनस्पति प्रति धर्मको माध्यमबाट सेवाभाव गरेका छन् । त्यस्तै मानिसको धर्म पनि ‘परोपकार पुण्याय पापायापरपिडनम’ अर्कालाई दुःख दिनु, पिडा दिनु, भावनामा ठेस लाग्ने गरी बोल्नु, व्यवहार गर्नु पाप हो, प्राणी वनस्पती र मानवको कल्याण गर्नु नै मानव समुदायको मुख्य धर्म हो । दायित्व पनि हो, मानव–मानव बिच विभेद, शोषण, दमन, अत्याचार जस्ता कर्म नै मुल पापको स्रोत हो ।
जब मानव समुदायको विकास सँगै मानिसको रहनसहन, आचरण, व्यवहार पनि आफु केन्द्रित हुन थाल्यो । जुन बेला राज्य बिहिन कानुन बिहिनको अवस्थामा मानिसलाई अनुसाशनले बाध्ने अवस्थामा पाप र धर्मको नामले विभिन्न धर्मग्रन्थबाट गरुणपुराण, शिवपुराण, भागवत, स्वस्थानी आदी पुस्तकबाट मानिसलाई मृत्युपछाडी पनि पानीलाई नरकमा लाने र भयानक दण्ड दिने कुराले मानिसलाई अनुसाशन युक्त सहयोगी भावना बढाउनका लागि धर्मको डर देखाएको पाइन्छ । गौतम वुद्ध, क्राइष्टले कहिल्यै आफुलाई भगवान भनेर भनेको पाइदैन तर उनीहरुका अनुयायीहरुबाट मात्र भगवानको नामले उच्चारण गरेको पाइन्छ । उनीहरुले प्रचार गर्ने ज्ञानलाई कहिल्यै धर्मको परिभाषामा राखेनन् वुद्धम शरणम गच्छामी, वुद्धम शरणम गच्छामी, धर्म शरणम गच्छामी भने तर आप्mनो ज्ञानलाई धर्म र आफुलाई इश्वरको रुपमा स्विकार गरेनन् ।
फुलको सुन्दरतालाई प्रेम गर्नेले फुल भित्रको वास्ना देखेको हुदैन तसर्थ भौतिक रुपमा कुनै धर्मका इश्वर र भगवान भन्दा पनि उस भित्रको आचरण व्यवहार नै मानव समुदायको हितमा हुनु पर्दछ । तसर्थ भौतिक स्वरुपको व्याख्यामा मतभेद होइन मानव सम्याता बिच नै एकता हार्दिकता सहयोगी, मानवताको भावनाबाट अभिप्रेरित हुनु आज सबैका लागि आवश्यक छ तर हाम्रो व्यवहार सडकमा पैदलयात्री पुसको जाडो बाटोमा काम्दै हिडेको छ हामी होटलमा गफ गरेर ४/५ कप चिया खान्छौ तर एक कप चिया त्यस्ता सडकपेटीमा बास बस्नेका लागि सशपेन्सन गर्न सक्दैनौ । सडकमा जाडो याममा नाङ्गै हिड्ने सडक मानवलाई ढाक्ने कपडा दिन सक्दैनौ तर कसैलाई नाङ्गो बनाउन मनग्य धन खर्चिन सक्छौ । यसरी मानवता सम्म हराएको अवस्थामा मानवता भन्दा माथिको कुरा गरेर धर्म र जातको आधारमा विभेदका रेखा कोरेर सयपत्री फुल जस्तो समाजलाई केश्राकेश्रा छुट्याउने मानिस कुनै धार्मिक मान्छे होइन खाली हामी माथी गरिएको दमन मात्र हो । धर्मको नाममा हामी माथि गरिएको राजनीति मात्र हो र शक्ति, सत्ता र सम्पत्तिको आडमा नैतिक धरातल बिर्सिएका जनले फेरी धार्मिक बाहानाका कुराले हामी कहिल्यै विभाजित हुनु हुदैन ।
बाटोमा चामल व्यापारीले चामल गाडीमा लोड गर्दा एक बोरा चामल भुईमा झर्छ बोराबाट चामल बाहिर आउछ तर श्रमिकले थाहा पाउदैन गाडी अगाडी बढ्छ एक छिन पछी कमिला आउछ कमिलाहरु मिलेर ४/५ दाना चामल बोकेर हिड्छन, एकछिन पछि परेवा आउछ फेरी गाई आउछ एक पाथी चामल खान्छ र जान्छ तर मानिसले सबै बोरा बोकेर जान्छ । यहा कमिलाले एक दुई दाना खान्छ, परेवा, गाईले आप्mनो पेट भर्छन तर मानिसले भोलीको लागि समेत अरु चरा, जनावर सबैलाई बेवास्ता गरी सबै आजको लागि लिएर जान्छ । कमिला, परेवा र गाईमा जतिको पनि विवेकशिल मान्छेमा त्यो ज्ञान छैन यो उसको उसलाई दिनुपर्छ भन्ने त छैन भएको जति सबै लिएर भोलीको लागि समेत सञ्चय गर्दछ । पृथ्वीमा सबैलाई पुग्ने स्रोत र साधन सिमित मान्छेले कब्जा गरेपछि अनि उसले अरुलाई आफु भन्दा गरिब, अशिक्षित समुदायलाई धर्मको आडमा विभाजनको रेखा कोरेर शासकिय स्वरुप देखाउछ । आप्mना शिष्यलाई भाग्य र कर्मको खेललाई दोष दिएर हामी भित्रको पुरुषार्थ, सार्मथ्य शक्ति सिनर्जिलाई प्रष्फुटन हुन रोकेर पुर्वजन्मको परिणाम हो भनेर समाजमा आत्महत्याको बाटो रोज्न बाध्य पार्नेहरुबाट सचेत बन्नु पर्दछ ।
(लेखक : नमुना सन्देश साप्ताहिक पत्रिकाका नियमित विचार लेखक हुन्।)
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१