विहानै सदाझै मन्दिरको अगाडी अझ माग्ने जस्तै गरी बस्नु नियति नै थियो । जिवनको सर्वस्व सम्पत्ति भनेको कम्बल, सिल्टेको थाल सम्पत्ति हो । तिनै लिएर, कम्बल ओडेर, थाल थापेर बस्ने थाले । सबै महिला पुरुषहरु लाइनमा बसेर पुजा गर्ने र टिका ग्रहणको लागि एकाग्र थिए । तर मेरो थालको पिध नाङ्गै थियो ।
गाउँको घरआँगन बगैचा सुन्दर बनाउन र परागशेचनबाट आफ्नो वंशज कायम राख्न भर्खर फुल्न लागेका फुल टपक्क चुडेर मनमा कुनै सन्देह नराखि आप्mना इच्छा र भाकल पुरा गर्नलाई फुल टिपेर चढाउनको लागि प्रतिस्प्रर्धा गर्नेको कुनै कमि लाइनमा थिएन । फुलको पनि जिवन छ, उसको पनि चक्र छ भन्ने हेक्का सम्म नराखेर आफ्नो मनोकाक्षां पूर्तिका खातिर आफुलाई अब्बल सम्झिन्छ मानिस यो हेर्दा आज आएको यो मन्दिरमा गजुर पनि सुनको रहेछ, ढोका पनि चादीका र टुडाल पनि झलझल बल्ने बत्ति जस्तै रहेछन । यहाँका मान्छेहरु कति धनि रहेछन र कति धेरै धर्मात्मा पनि रहेछन । हाम्रो गाउँको त स्कुल पनि पानी परेको बेलामा पानी चुहिएर नानी बावुका कपडा, किताब भिजेर निथ्रुक्क भएर घर आउछन । कपडा र किताब अगेनामा ओभानो बनाउन राख्छन । अस्तिको वर्षामा त अन्तरेको छोरो विरेको टाउकोमा भ्यास्ली झरेर कत्रो चोट लागेको रक्ताम्य भएर विचरा वेहोश नै भयो । अन्तरेले गाउँभरि चन्दा उठाउन हिडेछन, अस्पताल पुर्याउने पैसा पनि नपुगेर शहरको ठुलो अस्पतालको पेटिमा छोरालाई काखमा राखेर बस्छु कसैलाई दया लागेर उपचार गरे बचाउला नभए मैले ठुलो अस्पतालमा लगेकै हो बचेन भने उसको भाग्यनै यस्तो रहेछ भनौला न्वारनमा त राम्रो भाग्य छ, ठुलो मान्छे हुन्छ, भनेर पण्डितले भनेका थिए रे ।
यसरी शहर पसेको अन्तरेको केहि खबर छैन, अन्तरेको स्वास्नी पनि दुई जिउकी थिई। बच्चा नपाउदै रगतको डल्लो झारेर पिडामा परेकी ? टुङ्गो नआउदै तल गाउँको सानो अस्पतालमा आएर फालिएकि भएपनि उपचार पाउथि कि ? आउन पनि कसरी आवोस र सुत्केरी भएपछि खाने भनेर पालेको दुृई वटा पोथी र एक ओटा भाले कुखुरा थियो । तिन वटा बाख्रा थिए, आजकल सम्साभैmमा घर–घरमा नियाले बाघ आएको छ भन्छन। बादर बढेर पालीमा राखेको मकै तान्न आउछन्, कसरी त्यो घर छोडेर अस्पताल आउछे होला र ?
विहान पनि ढल्न आटिसक्यो, थाल त खालि नै छ खोई आज भोकै परिन्छ कि जस्तो छ ? पल्ला घर ठुल्दाई र भाउजु पनि आएर पुजा गरेर दर्शन सकेर योनी छेडेर ठाडो परेको शिव लिङ्गको पानी शिरमा र्छकदै र खादै (अचाउँदै) गर्दै छन । घरमा ७० वर्षका बिरामी बुवालाई मुत्र त्याग गराउन ओछ्यान फेर्न घिन मान्छन । फेरी यहाँ त शिव लिङ्ग पखालेर पानी खान्छन । साय शिव लिङ्ग भएर होला । भाउजुले पनि शिव लिङ्गमा दुध चढाईन कति धेरै चढाईन तामाको गिलास भरी ल्याएर । आफ्नो गोठको सात दिनको बसाहालाई उसको आमाको दुध खान नदिएर खुट्टामा बाधेको छ । विचरा बाच्छी दुध खानको लागि बाँ बाँ गरी कराएको बेला अष्टे«लिया बस्ने छोराले फोन गरेर मलाई फोन सुन्न पनि दिएन भनेर विहानै आउलोले बाच्छीलाई कुटेको देखेको थिए । विचरा बाच्छी आँखामा आँशु लिएर कराउदै थियो ।
ओहो । एघार बज्न थालिसकेछ, भत्तजनले चढाएको फुल, अछेता पनि पुजारीले जम्मा गरेर फोहोर फाल्ने खाडलमा हाल्न लागि सकेछन, भत्तालु र श्रद्धालुले त्यत्रो मेहनत गरेर ल्याएको फुल, धुप, अछेता कति सजिलै फोहोर फाल्ने खाडलमा हाल्न मनले मानेको हुन त राखेर पनि के गर्ने मन्दिर मात्र फोहोर हुन्छ, गन्हाउछ । फुल, धुप र अछेता मात्र लिएर भत्तजन आउने र पुजा दर्शन गर्ने भए यी पुजारी यहाँ बस्छन कि के गर्छन होला ? भगवानको लागि बस्छन कि द्रव्य सहित दक्षिाणा र भेटीको लागि ?
अब बाह्र बज्न थाल्यो बाह्र बजे पछि प्रवेश गर्ने मन्दिरमा जानु पर्यो त्यहा त सेता कपडा लगाएर सेतो टोपी लगाउने पुरुषले दाह्ी पाल्ने, जुँगा काट्ने र महिलाले आँखा मात्र देखाउने गरी अनुहार छोपेर आउने मन्दिर तिर जानु पर्यो । तिनले त धेरै दिन सक्छन, छिटो जानु प¥यो बैशाखी कता परेछ ? भित्र पस्नेको पनि लर्को छ, कोही गाडीमा आए, कोही मोटरसाइकल, त कोही साइकल, कोही पैदलमा आए फटाफट एताउता नहेरिकन भित्र पसे भित्रको पुजा, प्राथना गरेर बाहिर निस्के प्राथना गर्दा सबैले हातको हत्केला हेरे मुन्टो भुईमा राखेर ढोगे एक घण्टा पछि फेरी बाहिर निस्कन थाले यति गर्दा सम्म पनि मेरो थालमा केहि परेको छैन । जसरी भित्र पसेका थिए, त्यसैगरी छिटो–छिटो आएर आ–आफ्नो बाहान तिर लम्के मेरो नजर चाहि थाल तिर लाग्यो, थाल खाली नै थियो यहाँबाट पनि मेरो लागि केहि भएन, अर्को प्राथना केन्द्रमा जान्छ्ु त्यहाँ त गित गाउछन, किताब पढ्छन, बाकसमा भेटी चढाउछन, त्यतिबेला मलाई पनि सम्झन सक्छन् । अब जानु प¥र्यो, बैशाखी टेक्दै काँधमा कम्बल राख्दै रेडक्रस जस्तो चिन्ह भएको अगाडी बस्छु, महिला, पुरुष, केटाकेटी, धेरै मान्छे यहाँ आउदा रहेछन । मानिस रुदै जन्मेर, रुवाउँदै मर्ने हो, मान्छे असल बन्न त, असल कर्म नै गर्ने हो । हो हुन त तर शोचमा छ, मानिसको व्यवहारमा छैन । शिक्षा लिनको लागि एकलब्य जस्ता शिष्यले औला काटेर गुरु शिक्षा लिन बाध्य पार्नेलाई अहिलेका शिष्यले पाकेट मात्र मार्दैनन् आवश्यक परेर बाध्यतामा परे भने गुरुको गर्दन समेत काट्छन जुन हाम्रो शिक्षाको परिणाम हो ।
अब सबै मान्छे गैसके मैले मात्रै यो खाली घर किन कुर्ने र म पनि जान्छु । त्यहि सामुहिक र साझा आश्रम तिर जहा मेरा रातहरु बिताउने गरेको छु । पानीको प्यास र भोकले समेत गलेको शरिरलाई घिर्सादै एउटा होटल अगाडी थाकेर बसे, छेउमा एउटा विएरबार रहेछ, धेरै युवाहरु भित्र पस्ने र निस्कने गर्दै थिए, त्यहि निराश अनुहार लिएर म बसेको थिए, एकजान हातमा पानीको बोतल लिएर आयो मैले पानीको संकेत गरे भगवानले भन्दा पनि उसले छिटै कुरा बुझेर बोतललाई नै मेरो हातमा राखिदियो । तिमी धन्य छौ भनेर भन्दा उ टाढा गैसेकेको थियो, सायद मेरो धन्यवादले उसलाई छुदैन होला । विहान देखि सुकेको मुख, घाटीमा एक घुट्की पानी खाए, भो अब धेरै खान्न भरे राती तिर्खा लाग्यो भने कसले दिने ? फेरी धेरै पानी खाएर पिसाब फेर्न जानको लागि थालमा १० रुपैया पनि त छैन, यसरी सोच्दा सोच्दै मेरो थाल तिर आँखा लगाउदा त थालको भुई पनि नदेखिने गरी नोट, सिक्काले थालको पिध छोप्पि सकेको रहेछ, आज त चिउरा पनि पेट भरी खान पाइने भयो भनेर हर्ष, खुसीले मेरो अनुहार पनि अर्कै भएको अनुभव गरे, हे भगवान तिमी एकातिर बस्छौ, अर्को तिरको ठेगाना किन दिन्छौ, म जस्तालाई सत्य ठेगाना देउ न प्रभु ।
केनेथवाकरले चार वटा पुस्तक लेखेर सडकका भिखारी प्रति समर्पित गरेझै मेरो यो लेख पनि दिनहु मन्दिर, चर्च र मस्जित जानेहरु प्रति समर्पित छ ।
शिक्षालाई गोप्य राख्ने, लुकाएको वस्तु र अध्यारोको क्रियाकलाप सधैका लागि र सबै पुस्ताका लागि शंकास्पद नै हुन्छ । एकजना दार्शनिकले गौतम वुद्धको विषयमा भनेका छन् यदि गौतम वुद्धले आफु र आफ्ना शिष्यलाई कुनै मन्दिरको मुर्ति र व्यक्तिको रुपमा भगवानलाई र स्थानको रुपमा स्वर्ग छ भनेर फुल चढाउने गरेको र लगाएको भए, उनी जस्तो महान इश्वर (भगवान) आज अर्को कुनै हुने थिएन भनेर गौतम वुद्धको विषयमा बताएका छन ।
(लेखक : नमुना सन्देश साप्ताहिकका नियमित विचार लेखक हुन् ।)
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१