• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ पौष २१, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सामुदायिक वन उपभोक्तामा आधारित अनुगमन तथा सूचना प्रणाली आवश्यकता र महत्व

२

संसद ऐन निर्माणको थलो, कि नाङ्गो नाच देखाउने खलो ?

३

गणतन्त्रवादी नेतृत्वको अदुरदर्शिता र विरासत घमण्डको कारणले राष्ट्रियतामा नै खतरा

४

बसले अटोरिक्सालाई ठक्कर दिँदा ४ जनाको मृत्यु

५

केउरेनी मेलाबाट जुवाका स्टल प्रहरीले हटायो

६

केउरेनी मेलामा ५० भन्दा बढी जुवाका स्टल, प्रहरी मौन

७

आगजनीबाट मौलाकाली केबुलकारमा झन्डै ७० करोड क्षति

८

जेनजी आन्दोलनमा कारागारबाट भागेका कैदीको गैँडाकोटमा हत्या

९

पोर्चुगलमा तिहार विशेष सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

१०

तोलामा ४ हजार ८ सय घट्यो सुन

११

२०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

१२

मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    सामुदायिक वन उपभोक्तामा आधारित अनुगमन तथा सूचना प्रणाली आवश्यकता र महत्व

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८२ पौष २०, आईतबार (२२ घण्टा अघि)
    making 80

    Advertisement

    सामुदायिक वन समुदायमा आधारित वन व्यवस्थापन पद्धति हो। स्थानीय समुदायले सामुदायिक वन बनाउनु भन्दा पहिलेदेखि नै वन संरक्षण गर्ने, वनस्पति, खोला, ताल, पोखरी, पहाड र विभिन्न जीवजन्तुको समेत संरक्षण तथा पूजा गर्ने गरेको परम्पराहरू हालसम्म पनि विद्यमान छ।
    उपभोक्ता समूहले वन तथा समुदायहरूको अवस्था विश्लेषण वन क्षेत्रको अवस्था, वनस्पतिको प्रकार, उपयोग विधि तथा महत्व लगायतका विषयलाई समुदाय आफैले आफ्नो लागि सूचनाको यथार्थ रूप तथा विवरणको लागि समेत समूहले नै गर्दा विश्वसनीय र प्रभावकारिताका साथै समुदाय सक्षम हुँदै दक्ष जनशक्तिमा परिणत हुन सक्छ

    बाह्य समूह वा व्यक्तिले संकलन गरेको सूचना सही नहुने, कतिपय नलेख्ने र लेखे पनि गलत व्याख्या गर्न सक्ने भएकोले व्याख्या गर्ने अधिकार समेत समूहमा रहने हुनाले अनुगमन तथा सूचना संकलन समुदायले नै गर्नुपर्दछ।
    स्थानीय समुदायले अनुगमन तथा सूचना संकलन गर्दा उपभोक्ता समूह भित्रका विभिन्न खाले समुदायको सहभागिता र त्यसमा पनि विभिन्न उमेर समूहलाई सहभागिता गराउनु पर्दछ समुदायभित्रका किशोर किशोरी, युवा युवती र वयस्क तथा पाका उमेर समूह समेतलाई सहभागिता गराउन सकेमा बुढापाकाले सोध्ने र भर्खरका उमेर समूहले टिप्ने वा लेख्ने काम गर्ने हो भने सिकाई, अनुभव समेत हस्तान्तरण गर्न सकिन्छ व्यक्ति समूह समुदाय बीच आत्मीयता, हार्दिकता र सद्भावको कारणले समाजमा सामाजिक एकता हुन्छ भने पाका उमेर समूहले युवा युवतीलाई माया ममतापूर्ण भावले सिक्ने सिकाउनेदेखि पुस्ता हस्तान्तरणलाई सरल र सहज बन्दै जान्छ।

    युवाहरु पनि समाजमा घुलमिल हुने कामप्रति इमान्दारी हुने, कामको महत्वसँगै उनीहरू व्यवहारिक तथा जिम्मेवारी बहन गर्न सक्ने सिपालु बन्दै जान्छन्। हिजो समाजमा अग्रज पुस्ताले गरेको विकास उनीहरुबाट विकसित भएको संस्कार प्रति गर्व गर्न वातावरण बनाउन मद्दत पुग्छ। वर्तमान अवस्थामा संस्थामा पुस्ता हस्तान्तरण गर्दा नयाँ पुस्तामा वा व्यक्तिहरुले जिम्मेवारी लिन्छन् तर पुराना निवर्तमान समिति वा पदाधिकारीले मेरो पालामा त यस्तो भएको, गरेको थिए खै अहिले त भएन वा गर्दैनन् भनेर आफू सिकाउने प्रक्रियाबाट बाहिरिएको कारणबाट पनि संस्थाले गति लिन सकिरहेको हुँदैन। पुरानो समितिको पदाधिकारी पनि सदस्यमा बस्ने र संस्थागत सिकाइलाई जीवन्त बनाउन सके संस्थाले प्रभावकारी गति लिन सक्दछ

    स्थानीय समुदायले अनुगमन तथा सूचना सङ्कलन गर्नुपर्ने आधार हरु
    क) वनस्रोतको अवस्था : आफ्नो वन क्षेत्रको चार किल्लाको पहिचान गराउने, क्षेत्रफल घडबड के कस्तो अवस्थामा छ सोको तथ्यगत विवरण संकलन गर्ने, सहभागितामा नयाँ पुस्ता पनि भएकोले वन क्षेत्रभित्रको ऐतिहासिक नाम, विवरण वनस्पतिको नाम, उपयोग गर्ने भाग के कामको लागि? भन्ने विषयमा व्यापक छलफल गर्दै संकलन गर्ने वन क्षेत्रभित्र जनावरहरूको अवस्था, उनीहरूको बासस्थान, खाना, जैविक मार्गको अवस्था, सिमसार घोल ताल समेतको अवस्था बुझ्दै विश्लेषण गर्दै संकलन गर्नुपर्दछ। गैरकास्ट, जडीबुटी सहितलाई उपयोग गरेर धन उद्यमको सम्भावनालाई मध्यनजर गरेर स्रोत आकलन गर्नुपर्दछ। भोलिका लागि वनजन्य उद्यम सञ्चालनमा टेवा पुग्न सक्नेछ।
    ख) स्थानीय समुदायको क्षमताको पहिचान र विश्लेषण : आफ्नो उपभोक्ता समूहभित्रका उपभोक्ताहरूले परम्परागत रुपमा प्राप्त गरेको ज्ञान, सिप, प्रथाजनिक अभ्यासका विषयमा यथार्थ विवरण संकलन गर्ने आरणको काम गर्ने व्यक्ति तथा समुदाय कति छन्? माटाका भाडा, मूर्ति बनाउने कति छन्? काठ, ढुंगाको काम गर्ने कति छन्? बाँस वेतको काम गर्ने कति छन्? जडीबुटी संकलन गरी औषधि बनाउने कति छन्? कुन जाति धर्म मान्ने समुदाय छन्? तिनीहरूको परम्परादेखि रुख, ताल, ढुङ्गा, जीवसँगको सम्बन्ध के छ? कहिले कहिले कसरी पूजा तथा संरक्षण गरिन्छ? यी विषयमा समूहले विस्तृत विवरण तयारी गरी राख्नुपर्दछ।
    ग) विवाद समाधान : आत्मसमूहभित्र कस्ता खाले द्वन्द हुन्छन्, ती झगडाको कारणले गाउँघरमा परेको असर र समुदायले आफ्नो विवादलाई समाधान कसरी गर्छन् समाधानपछि व्यक्तिहरूको व्यवहार पुरानो जस्तै हुन्छ कि फरक छ? पुराना ऐनको कार्यान्वयन, प्रभाव, असर र नयाँ ऐनको आवश्यकता बनेको ऐनको कार्यान्वयन, संशोधनमा स्थानीय समुदायको भूमिका कस्तो छ? स्थानीय समुदायले प्राप्त गर्नुपर्ने सूचनाको स्रोत के छ? कस्तो छ? सूचना समयमै प्राप्त हुन्छ कि हुँदैन ? यस्ता विषयमा स्थानीय मातृभाषा कतिको प्रयोग हुन्छ? साथीभाई, इष्टमित्र दौतरी बीच आफ्नो भाषा प्रयोग हुन्छ कि नेपाली भाषा नै बढी प्रयोग हुन्छ? सरकारी कार्यालयमा आफ्नो मातृभाषामा समस्या राख्न मन लाग्छ कि लाग्दैन लगायतका विषयमा विस्तृत रूपमा जानकारी सङ्कलन गर्नुपर्दछ। सामाजिक मूल्य मान्यता, रितिरिवाज, प्रथाजनित अभ्यास परम्परागत भोगाधिकार विषयमा छलफल हुन्छ कि हुँदैन? सहमतिपछि नीति निर्माण र कार्यान्वयनमा प्रभाव पर्छ कि पर्दैन
    घ) योजना तथा विकास निर्माणमा सहभागिताको अवस्थाः स्थानीय विकासको योजना बनाउनको लागि बटम टु टप विधि लागु गर्नुपर्दछ। स्थानीय समुदायको लागि बनाउने पुल, बाटो, चौतारी, विद्यालय, स्वास्थ्य केन्द्र लगायतका विषयमा स्थानीय जनप्रतिनिधिले स्थानीय समुदायको सल्लाह सुझावको आवश्यकताको महत्व कति बुझ्ने छन् र सहभागिताको अवस्था कस्तो छ? त्यसैगरी विकास निर्माणमा स्थानीय समुदायले बेहोर्नुपर्ने १० प्रतिशत श्रमदानलाई श्रमदान अनिवार्य छ कि नगद अनिवार्य छ सो विषयमा पनि स्थानीय समुदायलाई योजनासँगै विकास निर्माण अगाडि पूर्व सुसूचित हुनु हुनुपर्ने अधिकारको विषयमा जानकारी कस्तो छ भनेर सत्य तथ्य विवरण तयार गर्ने त्यस्तो भेला बैठकमा आफ्नो उपस्थिति जनाउने महिला र पुरुषको संख्यामा कसको बढी छ? कुन उमेर समूहका कम सहभागी छन्? वर्गीय दृष्टिकोणबाट विपन्न, मध्यम र धनी कसको बाहुल्य छ? दलित, जनजाति, ब्राह्मण र क्षेत्रीको समुदायमा कसको उपस्थिति बढी छ? भेला बैठकहरूमा निर्णय प्रक्रियामा हस्तक्षेप छ कि स्वतन्त्र निर्भिक रुपमा विचार राख्न र सुन्न सकिन्छ? यस्ता विषयले समुदायभित्रको सुशासन, जवाफदेहिता, पारदर्शिता र दूरदर्शितालाई मापन गर्दै आन्तरिक लोकतन्त्रको अभ्यासलाई प्रभावकारी बनाउन मद्दत मिल्दछ।

    ङ) स्थानीय सरकारले प्रथाजनित कानुन अभ्यास, रैथाने ज्ञान, सीप हस्तान्तरणको अवस्था : अन्तरजातीय पुस्ता हस्तान्तरण उपभोक्ता समूहले परम्परागत अधिकार अनुसार सरकारले कति संरक्षण र विकासमा टेवा पुर्याएको छ भन्ने विषयमा स्थानीय समुदायलाई जानकारी हुन आवश्यक छ।
    च) भूस्वामित्वको अवस्थाः आफ्नो समुदाय क्षेत्र मा विशेषगरी वन क्षेत्रमा सुकुम्बासी, भूमिहीन कति छन्? कहिलेदेखि बसोबास गर्दै आएका छन्? कुन पुस्ता कहाँबाट आएको हो कति जमिनमा भोगाधिकार गरेका छन्? विशेषगरी कुन जातिको बाहुल्य छ? सो विषयमा विवरण संकलन गर्ने सामुदायिक वन दर्ता हस्तान्तरणको लागि ती वन क्षेत्रमा बसोबास गरेकालाई समेत वनको नक्सा भित्र राख्ने र सो क्षेत्रलाई अतिक्रमण क्षेत्रको रुपमा राख्नुपर्ने त्यसपछि मात्र सामुदायिक वनको रुपमा हस्तान्तरण गर्न सकिने भनेर वन कार्यालयले बाध्यता पारेपछि उपभोक्ता समूहले कार्यजनामा समावेश गर्न बाध्य भएको कारणले हाल अधिकांश सामुदायिक वनको कार्यालयमा सुकुम्बासीहरूले तालाबन्दी गरेका छन्। सामुदायिक वन उपभोक्ता समूहले वन क्षेत्रभित्र बसोबास गरेका समुदायलाई अब थप वन क्षेत्रलाई अतिक्रमण नगर्ने गरी परम्परादेखि भोगाधिकार गर्दै आएको घर जग्गालाई वन क्षेत्रबाट बाहिर निकाल्ने र नेपाल सरकारले सो जमिनलाई कानुनी वैधानिकता प्रदान गरेमा उक्त चर्चित क्षेत्र दर्ताको लागि सहयोग गर्ने भनेर सर्वपक्षीय सहमति गरेर समस्याको समाधान गर्नुपर्ने देखिन्छ त्यसैगरी समुदाय भित्र खोला, खोल्सी, सिमसार नदी उकास जमिनको क्षेत्रफल अवस्था र नदी कटान, डुवान प्राकृतिक प्रकोप जोखिम क्षेत्र समेत पहिचान गरी स्थानीय सरकारसँगको सहकार्यमा संयुक्त न्यूनीकरणको योजना निर्माणमा योगदान पुर्याउनुपर्दछ। आफ्नो समुदाय भित्र हाल खेती गरिएको जमिन बाझो जमिन, निजीवन, व्यावसायिक खेती लगायतको विस्तृत विवरण समेत तयार पार्नु पर्दछ यसले सामुदायिक वन र सरोकारवाला बीचको हकार्यको ढोका खोल्न मद्दत पु¥याउदछ। यस्ता महत्त्वपूर्ण कार्यले राष्ट्र निर्माणमा योगदान पु¥याउने र समुदायलाई उनीहरूको गतिविधिमा सहजता, एकतामा सहयोग पुर्याउन मद्दत पुर्याउँछ समुदाय आफैंले चाहेको, आफैले छानेको र समुदाय आफैबाट सुरु गरेको विकास मात्र विकास हुन्छ।
    हामीले आजसम्म सर्पलाई सोझो बनाउन मात्र लामो समय खर्च गर्यौँ। अब सर्पलाई सोझो बनाउने वा गराउने होइन दुलो बनाउन लाग्यौ भने सर्प आफै सोझो हिँड्न बाध्य हुन्छ। पात्रको गलत प्रवृत्तिबाट हामी दुःखी भएका छौं तसर्थ पात्रको प्रवृत्ति परिवर्तनतिर समय खर्चेर हुँदैन प्रणाली बनाउने र प्रणालीलाई प्रभावकारी कार्यान्वयनको अनुगमन नागरिक स्तरबाट गर्न जरुरी छ। हामी विदेश घुमेर आउँछौं विदेशको एयरपोर्ट र हवाई जहाजमा खाएको चकलेटको कागज कोटको खल्तीमा हालेर आउँछौं नेपाल एयरपोर्टमा आएर तुरुन्तै फालिदिन्छौं। त्यो कागज विदेशमा किन जथाभावी फाल्न सकिएन? डस्टबिन नपाउँदा सम्म कोर्टमा हालेर आउने नेपालमा आउने बित्तिकै डस्बिन देखेर पनि डस्टबिनमा नहालेर भुइँमा फाल्ने हामी नेपालमा जे गरे पनि हुन्छ भन्ने भाष्य निर्माण गरेको होइन? अनि हामी भन्छौं नेपाल खतम छ। कसले खतम पार्यो? घर आँगन बढारेको फोहोर बाटोमा फाल्ने, घर अगाडिको बाटो खाल्टो पर्दा एक कोदालो माटो नहाल्ने, आफ्नो घर अगाडिको सडक बत्ती दिनभरि बल्दा निभाउन नहुने, मैले पैसा तिरेको पानी भनेर खेर गएको छ धारा बन्द नगर्ने, मेरो कारणले अरुलाई असर पर्छ कि भनेर ख्याल नगर्ने? चाडपर्व, विवाह, व्रतबन्ध लगायतका क्रियाकलापमा मैले अनावश्यक तडकभडक देखाए भने मेरो छिमेकी गरिब छ उसलाई मानसिक असर पर्न सक्छ तसर्थ मेरा सामाजिक तथा व्यक्तिगत क्रियाकलाप पनि अरुलाई असर नपर्ने गरी गर्नुपर्छ भन्ने ज्ञान छैन? विवाह भोजभतेरमा जाँदाखेरि खाना निकाल्दा खान सक्ने जति मात्र निकाल्ने बढी निकालेर नफाल्ने जुन खाद्यान्न उत्पादन गर्दा कति श्रम पुँजी खर्च भएको छ कति समय र मेहनत परेको छ भन्ने कुरा कोट, पाइन्ट, टाई लगाउन जान्नेले त्यति कुरा जान्नु पर्दैन यस्ता धेरै विषयमा हाम्रो व्यवहार, क्रियाकलापलाई सुधार गर्नु पर्ने देखिन्छ अर्कालाई परिवर्तन गराउन खबरदारीसँगै आफू र आफ्नो व्यवहार परिवर्तनको लागि इमान्दार बन्नु आवश्यक छ। यस्तो सहभागितामूलक अनुगमन तथा मूल्याङ्कनको कार्यले संस्थागत विकासमा एकता, जवाफदेहितामा एकरुपता र दिगो विकासको लागि सर्वपक्षीय दृढताको कारणले संस्थागत विकासले सकारात्मक रुपले फड्को मार्दछ ।
    (लेखक : नमुना सन्देश साप्ताहिक पत्रिकाका नियमित विचार लेखक हुन।)

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    प्रदेश नं. ४ सम्बन्धि थप
  • संसद ऐन निर्माणको थलो, कि नाङ्गो नाच देखाउने खलो ?

  • गणतन्त्रवादी नेतृत्वको अदुरदर्शिता र विरासत घमण्डको कारणले राष्ट्रियतामा नै खतरा

  • बसले अटोरिक्सालाई ठक्कर दिँदा ४ जनाको मृत्यु

  • केउरेनी मेलाबाट जुवाका स्टल प्रहरीले हटायो


  • Advertisement

    समाचार
  • १

    सामुदायिक वन उपभोक्तामा आधारित अनुगमन तथा सूचना प्रणाली आवश्यकता र महत्व

  • २

    संसद ऐन निर्माणको थलो, कि नाङ्गो नाच देखाउने खलो ?

  • ३

    गणतन्त्रवादी नेतृत्वको अदुरदर्शिता र विरासत घमण्डको कारणले राष्ट्रियतामा नै खतरा

  • ४

    बसले अटोरिक्सालाई ठक्कर दिँदा ४ जनाको मृत्यु

  • ५

    केउरेनी मेलाबाट जुवाका स्टल प्रहरीले हटायो

  • ६

    केउरेनी मेलामा ५० भन्दा बढी जुवाका स्टल, प्रहरी मौन

  • ७

    आगजनीबाट मौलाकाली केबुलकारमा झन्डै ७० करोड क्षति

  • ८

    जेनजी आन्दोलनमा कारागारबाट भागेका कैदीको गैँडाकोटमा हत्या

  • ९

    पोर्चुगलमा तिहार विशेष सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

  • १०

    तोलामा ४ हजार ८ सय घट्यो सुन

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution