• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ माघ २१, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

२

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

३

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

४

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

५

रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

६

शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

७

एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने

८

नवलपुर–१ मा शशांकको ‘इनिङ’ समाप्त, १८ वर्षपछि स्थानीय गजेन्द्र आलेलाई टिकट

९

बालेनले बिहान ११ बजे र ओलीले दिउँसो १ बजे उम्मेदवारी दर्ता गर्ने

१०

पाल्पा २ मा एमालेका ठाकुर गैरेले नै पाए टिकट

११

नारायणी नदी आसपासका क्षेत्रमा ४२ प्रजातिका चरा भेटिए

१२

आज देशभर उम्मेदवारी दर्ता हुँदै

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८२ माघ १८, आईतबार (३ दिन अघि)
    making 81

    Advertisement

    वर्तमान अवस्थामा केही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट समेत गुणस्तर प्राप्त गरेका सहकारीहरूले आफ्नो सेयर सदस्यहरूलाई नाफाको केही प्रतिशत लाभांश रकम वितरण गर्न सकिने भनेर ऐन र विनियमा समेत उल्लेख गरेको अवस्थामा वर्तमान समयमा सेयर सदस्य र कर्मचारीलाई समेत लाभांश वितरण गर्न रोकिएकोले सेयर सदस्य सहकारीहरूप्रति ससंकित हुँदै निराशा पनि बढ्दै गएको छ । राष्ट्रिय स्तरको विभिन्न राजनीतिक घटनाक्रम कोभिडको महामारी र अन्तर्राष्ट्रिय स्तरमा देखिएको आर्थिक मन्दीको कारणलाई समेत उल्लेख गरेर व्यापक चुनौतीको सामना गरेर पनि संस्था नाफामा भएको प्रतिवेदन प्रस्तुत साधारण सभामा पेश गर्ने अनुमोदन हुने तर सदस्य र कर्मचारी भने लाभांशबाट विमुख हुनु पर्ने खास कारण सदस्यले नै बुझ्न नपाउनु सुखद अवस्था भने पक्कै होइन।

    केही ठूला र नाम चलेका सहकारीहरूको साधारण सभा समेत प्रतिनिधिमूलक हुने भएकोले आमसर्वसाधारण किसान गरिब विपन्न अपा·, दुर्गम कुना काप्चाका सदस्यहरूको अर्थपूर्ण सहभागिता हुँदैन केही मध्यम वर्ग सम्पन्न व्यापारी केही उच्च घरानीहरूको वर्चस्व कायम छ। सामान्य सेयर सदस्य साधारण सभामा गएको भएपनि उ कहिले त्यस्तो ठूलो सभामा गएर प्रतिवेदनलाई अध्ययन तथा विश्लेषण गरेर जिज्ञासा राख्न सक्ने क्षमता मात्र होइन उसको आँट पनि आउँदैन। आफ्नो गाउँको ठूलो नाम चलेको व्यक्तिको अगाडि बसेको छ। उसले धेरै कुरा जानेको छ धेरै वर्ष सहकारी लगायतका संस्थामा काम गरेको अनुभव छ उसले गरेको सबै काम ठिक हुन्छ। राम्रो हुन्छ भनेका छन् अरुले कसैले प्रश्न गर्दैनन् मैले मात्र सोधेर किन नजाती हुने यी आदि शंका उपशंकाको कारण ऊ जस्ता धेरै सदस्य सुनेर ताली बजाएर मात्र फर्कने प्रवृत्ति कायम छ। अधिकांश सेयर सदस्यहरूलाई सहकारी शिक्षा, सहकारी सिद्धान्त मूल्य मान्यता वित्तीय साक्षरता बेलाबखतका नीति निर्देशन परिपत्र लगायत विषयमा सदस्यहरु नै बेखबर हुने गरेका छन्। उनीहरुलाई तालिम दिए पनि हस्ताक्षर गराउने र संख्या पुर्याउने कुराले मात्र महत्व राख्दछ वर्तमान अवस्थामा सहकारी संस्थाहरुले सेयर सदस्य र कर्मचारीहरुलाई लाभांश वितरण गर्न नसक्नुको कारणहरू

    उच्चतह आठौं तहमाथिको कर्मचारीको सेवा सुविधा र तलब स्केल विकास बैंकका सीइओ सरहको व्यवस्था गर्न खोज्नु।
    सहकारीका शेयर सदस्य प्राय ठूला व्यापारी र धनाड्य नभईकन सामान्य नागरिक जसले आफ्नो खेतीपातीबाट धान, साग, सब्जी बेचेर आएको रकम केही प्रतिशत सहकारीमा जम्मा गर्छ। कतिपय चैतदेखि जेठको गर्मीमा मकै पोलेर बेचेको रकम जम्मा गर्दछन् कोही आफ्नो छोराछोरी र आफूले समेत नखाएर जम्मा गरेको दुधको रकम सहकारीमा जम्मा गरेका छन्। कतिपय विपन्न परिवार ढुंगा, गिटी संकलन गर्ने ढु·ा फोर्ने, क्रसरमा हाल्ने खालका श्रमिक छन् तिनीहरूले सहकारीमा रकम जम्मा गरेका छन्। उनीहरुले जम्मा गरेबापत जम्मा ४% भन्दा कम ब्याज आम्दानी गर्दछन् भने उनीहरुले ऋण लिँदा १० देखि १८% सम्म ब्याज तिर्नुपर्ने हुन्छ त्यसमा पनि सेवा शुल्क ५% सम्म लिने गरेका छन्। यसरी सेयर सदस्यबाट वैधानिक तरिकाबाट लिएको रकम एउटा सिइओको सुविधामा न्यूनतम मासिक २ लाखसम्म भुक्तानी गर्ने गरी सेवा क्षेत्रभन्दा बाहिरबाट कर्मचारी आयात गरी सहकारी सञ्चालन गर्दा पनि नियमक निकाय र सरोकारवालाको ध्यान नजानुले गम्भीर संका उत्पन्न गरेको छ। तल्लो स्तरको कर्मचारीको टिओआर र टाइमसिट यति पीडादायक छ प्रत्येक दिन ५० जना ऋणीको घरमा असुली गर्न जानु पर्ने, गएर ऋणीसँग सँगै बसेको फोटो खिच्नु भिडियो बनाउनु लगायत निर्देशनले ऋणी र तल्लो तहको कर्मचारीबीचको द्वन्द कर्मचारीको असुरक्षा नकारात्मक दृष्टिकोणले बिचरा कर्मचारी नखाउँ भने दिनभरिको शिकार खाउ भने कान्छा बाउको अनुहार बन्न पुगेको छ। कर्मचारीको जागिर ।
    विगत वर्षदेखि नै १० देखि १५ वर्षसम्मको लागि भनेर फिक्स डिपोजिटमा रकम जम्मा गरेको र जसको ब्याज ५ प्रतिशत देखि ८ प्रतिशत सम्म दिने भनेर सम्झौता गरेर राखेको रकम हाल व्यापक तरलताको कारणले उल्लेखित सम्झौता अनुसारको ब्याज दिँदा संस्थालाई घाटा हुँदा पनि सम्झौता अनुसारको रकमको ब्याज भुक्तानी गर्नुपर्ने बाध्यताको कारणले पनि सहकारी समस्या ग्रस्त हुन पुगेका छन् जसको कारणले लाभांश वितरणमा समस्या गम्भीर बनेको छ।

    सहकारीको सेयर सदस्यले ऋण तिर्न नसकेपछि ऋणीको जायजेथा लिलाम गरेर सहकारीले आफ्नो सम्पत्तिमा सकार गरेको घर जग्गालाई सहकारीले लिलाम बढाबढ गरी बेच्न नसकेर सहकारीकै नाममा अचल सम्पत्ति राख्दा चलसम्पत्तिमा घाटा भएको कारणले सहकारीहरु समस्या ग्रस्त हुन पुगेका छन् सहकारीहरूले राष्ट्रिय सहकारी बैंक र अन्य वित्तीय संस्थाबाट विगतमा आर्थिक सहजता हुँदा महँगो ब्याज दरमा लामो समयका लागि लिएको ऋण रकम हाल महँगो ब्याजदर भएको र लामो समयको लागि लिएको रकम हाल सम्झौता तोड्न नमिल्ने भएको र लिएको रकम महँगो ब्याजदरमा बिक्री गर्न समेत नसकिने भएको कारण सहकारीहरू समस्याग्रस्त बन्दै गएका छन्। विशेषगरी नेपाल राष्ट्र बैंकले अन्तर्राष्ट्रिय मुद्रा कोष वा विश्व बैंक र एसियाली विकास बैंकबाट लिएको ऋण स्वरूपको रकम अमेरिकी डलरमा भएको र उक्त डलर धेरै तरलता हुँदा घट्ने र तरलता कम हुँदा बढ्ने हुँदा डलर भाउ उतारचढावको कारणले पनि ऋण लिदा कम ब्याज र तिर्दा बढी ब्याज हुने डलरको मूल्य वृद्धिमा भर पर्ने कारणले नेपालका वित्तीय संस्थाका ऋणीहरुले यो समस्या बेहोर्नु परेको छ। संसारभरिको कारोबार अमेरिकी डलरमा मात्र हुनु यसको मुख्य समस्या हो अमेरिकी डलर बाहेक अर्को प्रतिस्पर्धी मुद्रालाई व्यापारमा आउन नसक्नु नै विश्वव्यापी आर्थिक एकाधिकार हो। स्मरण रहोस् रसियाले रुबललाई दक्षिण एसिया कारोबारको रुपमा स्थापित गर्न सके डलरको एकाधिकार कमजोर हुन सक्छ तसर्थ विश्वव्यापी रूपमा जोडिएको आर्थिक गतिविधि हाम्रो घर भान्सामा पनि कसरी प्रभाव पार्छ भन्ने विषयमा सबै नागरिक सचेत हुन आवश्यक छ।
    सेयर सदस्यहरूको सेयर रकम ठूलो संख्यामा समेत धेरै भएको कारणले लाभांश वितरणमा समस्या देखिन्छ विगतमा व्यक्ति घर गाउँ र समाजमा मात्र लगानी गर्दा व्यक्तिले खाइदिने उठाउन समस्या ऋणी बेपत्ता हुने र असुली गर्दा कानुनी समस्या समेत हुने भएकोले लगानीकर्ताले सहकारीमा वा वित्तीय संस्थामा जम्मा गरेमा सुरक्षित हुने र चाहिएको बेलामा सजिलै प्राप्त गर्न सकिने भएकोले वित्तीय संस्थामा व्यापक रुपमा जम्मा गर्ने एक प्रकारको हुरी नै आएको थियो। तर अहिले सहकारी तथा बैंकहरुमा अधिक तरलताको कारणले रकम थुप्रिन पुगेपछि लाभांश वितरण गर्ने नसकिने अवस्था देखिन्छ।

    शेयर सदस्य र कर्मचारीलाई लाभांश वितरण नगरेपछि उनीहरूले सेयर रकम स्वतह निकाल्नेछन् त्यसपछि संस्थालाई आर्थिक व्ययभार कम पर्छ भनेर लाभांश रकम वितरण नगरिएको हुनसक्छ वित्तीय संस्था अर्थात् विशेषगरी सहकारीहरूले लगानी गरेका ऋणीहरूमध्ये ग्रीन ऋणी भन्दा कालो सूचीका ऋणी बढी भएको कारणले लाभांश बाँड्न समस्या भएको देखिन्छ कोभिडदेखि नै शेयर सदस्यहरूको ऋणलाई सेवा शुल्क लिएर असुल गरी ऋणलाई नवीकरण गरेर सहकारीको अवस्था अब्बल छ भनेर देखाउनको लागि लागू गरिएको गलत अभ्यासको कारण हाल संस्थाको स्टेटमेन्ट राम्रो देखिन्छ तर लगानी र भुक्तानी र लाभांश वितरणको लागि रकम अपर्याप्त देखिन्छ।

    अनुत्पादक क्षेत्रमा लगानी बढाउन सहकारी संस्थाले आफ्नो सेयर सदस्यलाई ऋण लगानी गर्दा व्यावसायिक योजना सहकारीले नै बनाउने र सेयर सदस्यले लगानी गर्ने रकम अधिकांश अनुत्पादक क्षेत्र जस्तै ऋण लिने घर खर्च गर्ने, विवाह, वर्तवर्धन गर्ने, उपचार गर्ने शिक्षा लगायतका विषयमा खर्च गर्ने कारणले ऋण तिर्न समस्या भएको छ। सो विषयमा सहकारी संस्थाले यो महिनामा यति रकम अनिवार्य लगानी गर्नुपर्ने भनेर तल्लो स्तरको कर्मचारीलाई कार्य सम्पादन जिम्मेवारी दिएको कारणले ऋण दुरुपयोग हुन पुगेको छ। अर्थात् अनुत्पादक क्षेत्रमा लगानी बढ्दै गएको छ यसको लागि सहकारीले मानव कल्याणकारी वा सामाजिक दायित्वको जिम्मेवारी अन्तर्गत आफ्नो सेयर सदस्य अन्तर्गतका ऋणीहरूको स्वास्थ्य शिक्षा र कृषिमा व्यापक योगदान तथा अनुदानको व्यवस्थापन गर्न सके ऋणीहरुले पनि सहकारीप्रतिको दृष्टिकोण सकारात्मक रुपमा लिनेछन् अन्यथा वर्तमान परिस्थितिमा नेपाली समाजमा शोषणको विकसित वैधानिक र आधुनिक लुटतन्त्रको शोषणको अर्को रूपमा बुझ्नु पर्नेछ।

    सहकारी संस्था दर्ता गरी सञ्चालन गर्दा सहयोग पु¥याएको सेयर सदस्य अहिले खराब ऋणीमा परेर घर जग्गा लिलाम हुँदा सदस्य राती नै घर छोडेर भागेका उदाहरण प्रशस्त छन् ती ऋणीहरूको घरजग्गा बिक्री गर्न नसक्दा संस्थाको नगद चलसम्पत्ति अचल सम्पत्तिको रुपमा फसेको छ भने घरमा धमिरा साङ्ला मुसाको बास भएको छ। जग्गा बाझो भएर उत्पादनमा समेत ह्रास आउन थालेको छ। सहकारीका जन्मदाताहरुले यही परिस्थितिको लागि सहकारीको अवधारणा ल्याएका होलान् र? एउटा सदस्य एक जोर कपडा झोलामा राखेर समाज मस्त सुतेको अवस्थामा सुतेका छोराछोरीलाई उठाएर आँखा मिच्दै रुवाउँदै परिवारलाई अगाडि हिँडाएर भाग्नुपर्ने बाध्यता हुँदा सहकारीका अभियन्ताको मन कठोर नै हुँदो रहेछ। उसको बाँच्न पाउने मानव अधिकार पनि नचिन्ने र बुझ्ने कस्तो निर्दय संस्था बनाएका छौं आज यस्तो अवस्थामा रहेका सदस्यहरूको संख्या घट्दो छैन। क्रमश बढ्दो देखिन्छ। पहिले गाउँको मुखिया जमिन्दारको ऋण तिर्न नसकेर त्यही मुख्यको हली गोठालो भएर बरु परिवार सँगसँगै बाँच्न पाएको थियो तर अहिले त कि आत्महत्या गर्नुपर्ने वा छरछिमेकी इष्टमित्र सबै छोडेर रातिमै भाग्नुपर्ने बाध्यता अनिवार्य भएको छ। यो समस्या विशेषगरी विकास उन्मुख देशका मध्यम वर्गमा बढी देखिन्छ अबका वर्षहरूमा मध्यम वर्गहरु को आर्थिक अवस्था क्रमश ओरालो लाग्दै जानेछ। गरिबीको संख्याको ग्राफ उकालो लाग्ने कुरा निश्चित छ यो प्रक्रिया विश्वव्यापी रूपमा पुँजीवादको परिणाम हो। अब यसलाई रोक्न वा कम गर्न वर्तमान अवस्थाका वित्तीय संस्थाबाट सम्भव छैन। व्यक्तिगत सम्पत्तिलाई सामूहिकरण गर्ने र अर्थतन्त्रलाई समाजवादी अर्थतन्त्रमा परिणत गर्न सके नागरिकले केही राहत महसुस गर्न सक्दछन्

    ऋण लिदाको ब्याजदर भन्दा ऋण भुक्तानीकर्ताको ब्याजदर वृद्धि भएको कारणले सेयर सदस्यले ऋण लिन चाहँदैनन्। प्रत्येक महिनामा ब्याज दर बढाउँदै गएपछि ऋणीले रकम भुक्तानी गर्न सक्दैन र उसको जायजेथालाई निलाम प्रक्रिया अगाडि बढाउनु पर्ने हुन्छ। समग्रमा भन्ने हो भने दाहिने हातले घाँस देखाउने र घाँस खाइसकेपछि देब्रे हातको लठ्ठीले हान्ने प्रवृत्ति नै वित्तीय संस्थाहरूको सेयर सदस्यप्रति गरिएको अपमानजनक व्यवहार हो। यसरी ब्याजदर वृद्धि गरेपछि सेयर सदस्यले ऋण लिदैन र सहकारीमा अधिक तरलता थुप्रिन गएपछि वित्तीय संस्थाको कारोबार ओरालो लाग्नु स्वभाविक नै हो। पैसा लगानी नभएपछि आम्दानी हुँदैन आम्दानी नभएपछि लाभांश वितरण गर्ने सम्भावना पनि टर्दै जान्छ
    वर्तमान अवस्थामा वित्तीय संस्थाहरूको भवन गाडी सेवा सुविधा कुनै मन्त्रालयको कर्मचारी भन्दा कम छैन तर त्यही संस्थाको सदस्यहरूको हालत भने दिनप्रतिदिन ओरालो लागेको छ। वित्तीय संस्थाको अवस्थामा सुधार ल्याउन सहयोग पुर्याउने सदस्यको अवस्थामा भने कहिले सुधार आउने हो यही अवस्था र व्यवस्थामा भन्न सकिने सम्भावना देखिँदैन कसरी भने हाल दैनिक वा साप्ताहिक पत्रिकामा वित्तीय संस्थाहरूले निकाल्ने घर जग्गा सहितको धितो निलाम गर्ने सूचना निकालेको र वित्तीय संस्थाले धितो आफ्नो नाममा पास गरेको सूचनाले पनि यसलाई प्रस्ट्याउने मद्दत गरेको छ।
    (लेखक : नमुना सन्देश साप्ताहिक पत्रिकाका नियमित विचार लेखक हुन्।)

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    प्रदेश नं. ४ सम्बन्धि थप
  • बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

  • भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

  • रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला


  • Advertisement

    समाचार
  • १

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • २

    बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

  • ३

    भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • ४

    निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

  • ५

    रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

  • ६

    शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

  • ७

    एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने

  • ८

    नवलपुर–१ मा शशांकको ‘इनिङ’ समाप्त, १८ वर्षपछि स्थानीय गजेन्द्र आलेलाई टिकट

  • ९

    बालेनले बिहान ११ बजे र ओलीले दिउँसो १ बजे उम्मेदवारी दर्ता गर्ने

  • १०

    पाल्पा २ मा एमालेका ठाकुर गैरेले नै पाए टिकट

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution