



काठमाडौँ । म्याग्दीबाट स्वतन्त्र सांसद निर्वाचित भएपछि महावीर पुनले पुनः आफ्नो पुस्तक बिक्री सुुरु गर्ने भएका छन् । उनले वीरगंजमा चलिरहेको कृषि औजार कारखानाका लागि रकम चाहिने भएकाले आत्मकथाको पुस्तक बेच्न लागेको बताएका छन् ।

उनले पोखराकै पृथ्वीचोकमा दिउँसो १ बजे र महेन्द्रपुलमा दिउँसो ४ बजे पुस्तक बेच्न पुग्ने बताएका छन् । उनले भनेका छन्, ‘चुनाव पनि लड्ने र किताब पनि बेच्ने भनेर किताब लगेको थिएँ, तर निर्वाचन आयोगले चुनावमा बेच्न दिएन । वीरगंजमा कृषि औजार कारखाना मज्जाले चलिरहेकै छ, त्यसैले पैसा त चाहियो नि ।’







मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१