



कावासोती । नेपाल टेलिकमको सेवाका पहुँच नपुगेको नवलपुरको पहाडि भेग बुलिङटारमा टेलिफोनको टावर निमार्ण संगै सेवा सञ्चालनको तयारी भएको छ । वडा नं ४ को बोझा पोखरी, वडा नं १ को लामटार डाँडामा नयाँ टावर र बुलिङको टावरको क्षमता विकासका काम भइरहेको नेपाल टेलिकम कावासोतीका प्रमुख निरोज घिमिरेले बताए । बोझा पोखरीको टावर हप्ता/दश दिनमा सञ्चालन हुन्छ वडा नं १ को टावरको काम निर्माणको शुरुवातीमा रहेको छ प्रमुख घिमिरे भने ‘सबै क्षेत्रबाट सहयोग पाएकाले काममा सहज भएको छ ’ ।

कालीगण्डकी कोरिडोर सडक आसपास र पर्यटकीय ठाउँ देवचुली डाँडाको काखका गाउँहरूमा सञ्चार सेवा नपुगेकाले सरकार संग टेलिकमका टावर निर्माणको माग गरेको र निर्माण हुँदा खुसी लागेको युवा नेता विद्रोही गिरीले बताए । एक बर्ष अगाडि पृथ्वीसुब्बा गुरुङ सञ्चारमन्त्री भएका बेला एमालेका युवा नेता गिरीले बुलिङटार गाउँपालिकाका तीन ठाउँमा टावर निर्माण तथा क्षमता विकासका लागि माग गरेका थिए ।

अब बोझा पोखरीका बासिन्दाले २जी र फोर जीका सुबिधाहरू पाउँछन् । अप्टिकल फाइवर सेवाका लागि समेत सर्वेको काम सकिएको छ । ग्रामीण दुरञ्चार विकास मार्फत बुलिङटार, डेढगाउँ हुदै रामपुर सम्मको सर्वे भएको प्रमुख घिमिरेले बताए । यस पटक नयाँ टावर निर्माण र क्षमता बृद्धिको काम भएको छ । अवको दिनमा सबैको साथ र सहयोग हुँदा एफटिटीएचको कामले तीव्रता पाउने भएकाले सरोकारवाला क्षेत्रको साथ र सहयोग चाहिन्छ घिमिरे भने‘ इन्टरनेट,टिभी,टेलिफोनको प्याकेज घरघरै पुर्याउन माग भएको छ त्यसमा पनि लाग्छौ’ ।
नवलपुरको पहाडि भेग संगै तराइका क्षेत्रहरूमा समेत टावरका निर्माण तथा मर्मत काम भइरहेको नेपाल टेलिकम कावासोतीले जनाएको छ ।






मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१