



कावासोती । नवलपुर उद्योग वाणिज्य संघको चैत १८ गते हुने छैठौं अधिवेशनअघि नै अध्यक्षका प्रत्याशी बुद्धिसागर पोखरेल (सागर) नेतृत्वको संयुक्त प्यानलले लेखा समिति सहित एक सदस्य निर्विरोध जित निकाल्दै चुनावी मैदानमा प्रभावशाली सुरुवात गरेको छ।
पोखरेल प्यानलबाट प्रतिनिधि सभा क्षेत्र नं. १ का उम्मेदवार गोविन्द सुनार तथा लेखा समितिका संयोजक तेजराम भुसाल, सदस्य निर्मला बर्याल (खुल्ला) र भगवती सुवेदी (महिला) निर्विरोध निर्वाचित भएका छन्। यसले प्रारम्भिक चरणमै प्यानलप्रति व्यवसायीहरूको विश्वास बढ्दो रहेको संकेत गरेको छ।
निर्विरोध जितसँगै पोखरेल समूहको मनोबल उच्च बनेको छ भने बाँकी पदहरूमा समेत प्रतिस्पर्धा रोचक बन्ने देखिएको छ। “सुदृढ संस्था, समृद्ध व्यवसाय” भन्ने नारासहित अघि बढेको प्यानलले व्यवसायीहरूको हकहित संरक्षण, कर सहजीकरण, उद्यमशीलता प्रवर्द्धन तथा पारदर्शी संस्थागत विकासमा जोड दिने प्रतिबद्धता जनाएको छ।
अधिवेशन नजिकिँदै जाँदा कावासोतीसहित समग्र नवलपुरका व्यवसायीबीच चुनावी चासो झन् बढ्दै गएको छ।






मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१