• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ३१, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

३

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

४

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

५

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

६

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

७

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

८

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

९

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१०

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

११

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१२

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    उत्पादन वृद्धिसँगै चैते धान भित्र्याउने चटारो   

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ श्रावण ३, मंगलबार (४ साल अघि)
    paddy-dhan-rice-3

    Advertisement

    –वासुदेव पौडेल
    गण्डकी  : असारको महिना छोपेर अधिकांश स्थानमा कृषकले धान रोपिसकेका छन् । कास्कीमा ८० प्रतिशतभन्दा बढी खेत रोपिसकिएको छ भने राम्रोसँग मुल नफुटेका कारण कतिपय स्थानका टारी खेतमा भने रोपाइँ हुन सकेको छैन ।जिल्लाका अधिकांश स्थानमा रोपाइँ भैसकेको पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख मनोहर कडरियाले जानकारी दिनुभयो । असारे रोपाइसँगै कास्कीका कतिपय स्थानमा कृषक चैतेधान भित्र्याउन लागेका छन् । कास्कीको पोखरा महानगरपालिका वडा नं १३, १४, १५, २६, २७ र ३३ लगायतका विभिन्न स्थानमा यस वर्ष चैते धान खेतीका लागि पोखरा महानगरपालिका कृषि महाशाखाले सहयोग गरेको छ । कास्कीको एक हजार रोपनी क्षेत्रफल खेतमा चैते धानको बीउ सँगै प्रतिरोपनी रु ९०० का दरले अनुदान सहयोग गरिएको महाशाखा प्रमुख कडरियाले जानकारी दिनुभयो । दक्षिणी भेग सुरौदी खोलाकोे किनार कुर्लिङ क्षेत्रस्थित नरपतेमा त्यहाँ स्थानीय कृषकको सक्रियतामा झण्डै २० वर्षयता बाँझिएको जग्गामा स्थानीयले चैते धान रोपेका छन् ।

    अधिकांश स्थानमा कृषिप्रतिको अनिच्छाका कारण खेत तथा बारी बाँझिँदै गएको वास्तविकतामा यहाँका किसान भने तिनै बाँझिएकामध्ये २०० रोपनीभन्दा बढी क्षेत्रफलको खेतमा यतिखेर बाँझो फोरेर सामूहिक चैते धान रोपेका हुन् । कुर्लिङ बराह कृषक समूहमा सङ्गठित यहाँका १२ कृषक परिवारको समूहिक प्रयासमा विगत २० वर्षयता लगातार बाँझिएको खेतमा रोपाइँ गरिएको समूहका अध्यक्ष हरिप्रसाद आचार्यले बताउनुभयो ।

    कृषिप्रतिको बढ्दो अनिच्छासँगै पछिल्ला वर्षमा सुरौदी क्षेत्रमा धेरै जग्गा बाझो भएको बताउँदै आचार्यले ती जग्गामा खेती गरी उत्पादन बढाउन अन्य कृषकलाई पनि अभिप्रेरित गर्ने उद्देश्यले सामूहिक चैते धानखेती गरिएको जानकारी दिनुभयो ।

    चैते धानखेतीका लागि महाशाखाले सङ्घीय शसर्त धान प्रवद्र्धन कार्यक्रमअन्तर्गत महाशाखाले उन्नत जातको चैते ५ र हर्दिनासे बीउ ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको थियो । उन्नत जातको धानको बीउ विगतमा भन्दा मसिनो खालको छ । कार्यक्रमअन्तर्गत नै सिँचाइका लागि पनि सहयोग गरिएको महाशाखा प्रमुख कडरियाले जानकारी दिनुभयो ।

    महाशाखाबाट चैते धान रोपाइँ अघि सो समूहका तीन जना कृषकलाई तालिमसमेत दिइएको बताउँदै कडरियाले आगामी दिनमा आवश्यकताअनुसार अन्य सहयोग पनि उपलब्ध गराउने बताउनुभयो ।

    चैते धानको उत्पादन बढ्यो

    कास्कीमा यस वर्ष चैते धानको उत्पादन बढेको छ । विगतमा प्रति रोपनी दुई तीन मुरी मात्र फल्ने चैते धान अहिले छ सात मुरीसम्म फलेको महाशाखाले जनाएको छ । “पहिलेको चैते धान मोटो जातको थियो, अहिले भने मसिनो जातको छ”, उहाँले भन्नुभयो, “विस्तारै कृषकको पनि आकर्षण बढिरहेका कारण आगामी दिनमा सहज सिँचाइ उपलब्ध हुने स्थानमा कृषकलाई चैते धान खेतीतर्फ आकर्षित गराउने योजनामा छौँ ।”

    यस वर्ष चैते धान रोप्न केही ढिलो गरिएका कारण पाक्न पनि समय लागेको बताउँदै उहाँले आगामी दिनमा चैत १५ गतेभित्र रोपिसक्नु पर्ने अनुभवले देखाएको कृषक बताउँछन् । समयमा नै रोपिएमा वर्षे धान पनि समयमा नै रोप्न सकिने सामूहिक धारणा छ ।

    समूहले उक्त क्षेत्रमा व्यावसायिक तरकारीखेती गर्ने योजनासमेत राखेको समूहका सदस्य एवं कुर्लिङ पशुपन्छी तथा कृषि फर्मका सञ्चालक चेतबहादुर महतले जानकारी दिनुभयो । “सामुहिक खेतीका लागि त्यही किसिमको जागरुकता पनि आवश्यक छ”, उहाँले भन्नुभयो, “सबै कृषकलाई सङ्गठित गर्दै अघि बढ्ने हामीहरूको योजना छ ।” समूहकै सक्रियतामा कुर्लिङ बराह कृषक हित कोष स्थापना गरी प्रतिकृषक मासिक रु १०० सङ्कलन गर्न थालिएको छ ।

    पछिल्ला समयमा यहाँ कृषक व्यावसायिक गाईभैँसीपालन, बाख्रापालनसँगै कुखुरापालन आदिमा व्यस्त बनेका छन् । उत्पादित भैँसी, बाख्रा, कुखराको बिक्रीका लागि बजार जानु नपर्ने र घर तथा फर्मबाटै बिक्री हुने गरेको यहाँका कृषक बताउँछन् ।

    पछिल्ला वर्षमा सुरौदी खोलाको कटान नियन्त्रण हुन नसक्दा उब्जाउयोग्य जमिन बगरमा परिणत बन्दै गएको छ । कास्की, तनहुँ र स्याङ्जा तीन जिल्ला भएर बग्ने सुरौदी खोलाले बर्सेनि खेतीयोग्य जमिनको कटान गरिरहेको र यसलाई रोक्नुपर्ने स्थानीयको सामूहिक आवाज छ ।(रासस)

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !


  • Advertisement

    समाचार
  • १

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • २

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ३

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ४

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ५

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ६

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ७

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ८

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ९

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • १०

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution