• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ अषाढ २१, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

२

पूर्वपश्चिम राजमार्ग अवरुद्ध

३

सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

४

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

५

विनयी खोलामा डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

६

नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

७

नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

८

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

९

कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

१०

प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

११

भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग

१२

थाकल बेचेरै पालिएका छन् परिवार

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    तलब सुविधाप्रति सन्तुष्ट छैनन् वडा सदस्यहरु

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ माघ २४, मंगलबार (२ साल अघि)
    kathmandu-metro-nagarsabha

    Advertisement

    काठमाडौं । ‘वडा सदस्यलाई ११ हजार ८५० तलब ! सरम मान्नु पर्दैन ? यो त श्रमिक ऐन अनुसार पनि भएन’, काठमाडौं महानगरपालिका– ३१ का वडा सदस्य हिरादेवी पोखरेलले नगर सभामा कड्किइन् ।श्रम ऐनले श्रमिकको न्यूनमत पारिश्रमिक १५ हजार रुपैयाँ तोकेको छ । तर काठमाडौं महानगरले वडा सदस्यहरुको बैंक खातामा कर कटाएर मासिक रुपमा ११ हजार ८ सय ५० रुपैयाँ हाल्ने गरेको छ । पोखरेलका अनुसार पहिला जनप्रनिधि सुविधा भनेर म्यासेज आउँथ्यो, अहिले तलब भनेर आएपछि चित्त दुखेको छ ।

    पोखरेलले ६ माघको नगरसभामै भनिन्, ‘पहिला त जनप्रतिनिधि सुविधा भनेर म्यासेज आउँथ्यो, अहिले त तलब रे ! लिन्न भन्न पनि नपाइने रे ! ११ हजार ८५० तलब हुन्छ मेयर सा’ब । हाम्रो मनमा चोट पुग्ने गरी त्यस्तो सुविधा नदिनुस् ।’आफूहरु विहान निस्किएपछि बेलुका कतिबेला घरमा पुग्ने ठेगान नहुने, तर महानगरले तलब सुविधाबारे नसोचेको उनको गुनासो छ । उनी भन्छिन्, वडाध्यक्षले नै चलाएर चल्थ्यो भने किन वडा सदस्यहरुको व्यवस्था गरेको ? यदि आवश्यकता हो भने तलब सुविधा किन हिनताबोध हुने गरी दिएको ?’

    नी ०५६ मा र २०७४ मा पनि वडा सदस्य थिइन् । अघिल्लो कार्यकालमा कार्यपालिका सदस्यको हैसियतमा वैठक लगायतको भत्ता लिँदा बेरुजु देखाएको र २ लाख ५६ हजार रुपैयाँ निर्वाचन आयोगमा तिरेर मात्र यो पटक उम्मेदवार हुन पाएको भन्दै उनले भनिन्, ‘११ हजारले के हुन्छ ? कि टेबलमुनिबाट घुस खानु ?’पोखरेल प्रतिनिधि पात्र मात्र हुन् । देशभरका झण्डै २७ हजार वडा सदस्य छन् र धेरैको गुनासो उस्तै छ ।मकवानपुरको भीमफेदी गाउँपालिका– ९ की वडा सदस्य विष्णुमाया तामाङ पालिकाले दिने पैसाले पालिकाकै बैठकमा आउजाउ गर्न पनि नपुग्ने बताउँछिन् । ‘बैठकमा जाँदाआउदा अटो चढ्नुपर्छ,’ उनले अनलाइनखबरसँग भनिन्, ‘वडाका गाउँ–गाउँ डुल्दा लाग्ने खर्च सबै आफैंले गर्नुपर्छ । लेक–बेसी र ठूलो क्षेत्र भएका वडा सदस्यहरुलाई आर्थिक रुपमा निकै कठिन छ ।’

    प्रदेश अनुसार सुविधा

    महानगर, उपमहानगर, नगर र गाउँपालिकाका वडा सदस्यहरुको सुविधाका लागि प्रदेशपिच्छे फरक व्यवस्था छ । प्रदेश सरकारहरुले ‘स्थानीय तहका जनप्रतिनिधिको सेवा सुविधा सम्बन्धी ऐन’ जारी गरेका छन् ।ऐनअनुसार सबभन्दा बढी सेवासुविधा गण्डकी प्रदेशका वडासदस्यहरुले पाएका छन् । गण्डकी प्रदेश सरकारले गाउँपालिका सभा सदस्यले मासिक १२ हजार, नगरसभा सदस्यले १३ हजार ५००, उपमहानगरसभा सदस्यले १८ हजार र महानगरपालिका सभा सदस्यले १८ हजार रुपैयाँ पाउने गरी ऐन जारी गरेको छ ।

    लुम्बिनी प्रदेश र प्रदेश १ को ‘स्थानीय तहका जनप्रतिनिधिको सेवा सुविधा सम्बन्धी ऐन’ मा भने गाउँपालिकाका वडा सदस्यलाई मासिक १० हजार ५००, नगरका सदस्यलाई ११ हजार, उपमहानगरलाई १३ हजार र महानगरलाई पनि मासिक १३ हजार रुपैयाँ दिने व्यवस्था छ ।बागमती प्रदेशका वडा सदस्यलाई ८ हजार ५००, नगरपालिकाकालाई ११ हजार, उपमहानगरकालाई १२ हजार र महानगरपालिकालाई १२ हजार ५०० दिने ऐन कृयाशील छ ।

    यस्तै, महानगर र उपमहानगरपालिका नभएको कर्णाली प्रदेशमा गाउँपालिकाको वडा सदस्यको लागि ५ हजार ५०० र नगरपालिका सदस्यको लागि ६ हजार ५०० दिने ऐन छ । यस्तै, मधेश प्रदेशमा सबै तहको वडा सदस्यको लागि मासिक ७ हजार रुपैयाँ सुविधा तोकिएको छ ।सुदूरपश्चिम प्रदेशले गाउँपालिकाको वडा सदस्यलाई ८ हजार, नगरपालिका ९ हजार ५०० र उपमहानगरपालिकालाई १२ हजार ५०० सुविधा तोकेको छ । महानगरपालिकाको विषयमा भने ऐनमा लेखेको छैन ।

    देशभर ६ वटा महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका छन् । सबै स्थानीय तहमा गरेर ६ हजार ७४३ वडा छन् ।गत वैशाखमा भएको स्थानीय तह निर्वाचनबाट देशभर २६ हजार ९७२ वडा सदस्य निर्वाचित भएका छन् । जसमा गाउँपालिकाको मात्र ३ हजार २१६ वटा वडा छन्, जहाँ १२ हजार ८६४ वडा सदस्य निर्वाचित भएका छन् । महानगर, उपमहानगर र नगरपालिकाका ३ हजार ५२७ वडामा १४ हजार १०८ वडा सदस्य छन् ।नगर सभा (वडा) सदस्यहरुले मासिक सुविधा बाहेक दैनिक भ्रमण (स्वदेश/विदेश), बैठक, अनुगमन, चाडपर्व लगायत भत्ता र अन्य सुविधा पनि पाउने ऐनमा छन् ।

    ‘अहिले सुविधाभन्दा सेवामा चासो हुनुपर्छ’

    राष्ट्रिय गाउँपालिका महासंघ नेपालका पूर्वअध्यक्ष होमनारायण श्रेष्ठका अनुसार वडा सदस्यहरुको सेवा सुविधाबारे अघिल्लो कार्यकालमा नै प्रश्न उठेको थियो । तर जनप्रतिनिधि भएर जुन पदमा आएपनि मूल उद्देश्य जनसेवा भएकोले सुविधाभन्दा काममा केन्द्रित हुनुपर्ने उनी बताउँछन् ।‘जनताको सेवा गर्ने भनेर आएका जनप्रनिधिहरुको सेवासुविधामा धेरै बहस हुुनुपर्छ जस्तो मलाई लाग्दैन,’ श्रेष्ठले भने, ‘वडाध्यक्षको जतिनै चाहिन्छ वा अहिलेको भन्दा धेरै चाहियो भन्नु चाहिँ देशको हालको स्थितिमा अलि असुहाउदिलो नै होला ।’

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • पूर्वपश्चिम राजमार्ग अवरुद्ध

  • सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

  • नारायणगढ-मुग्लिन सडक सञ्चालनमा


  • Advertisement

    समाचार
  • १

    मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • २

    पूर्वपश्चिम राजमार्ग अवरुद्ध

  • ३

    सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

  • ४

    नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

  • ५

    विनयी खोलामा डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

  • ६

    नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

  • ७

    नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

  • ८

    संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

  • ९

    कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

  • १०

    प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution