
हेटौंडा, वैशाख २८-
नेपाली कांग्रेसकी नेतृ तथा प्रतिनिधि सभा सांसद डा आरजु राणा देउवाले देशमा पैसाको कमी नभएको बताएकी छन् ।
बिहीबार हेटौंडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै राणाले देशमा पैसाको कमी नभएको तर त्यसलाई म्यानेजमेन्ट ९व्यवस्थापन० गर्न नसकिएको उल्लेख गरिन् ।बागमती प्रदेशको प्रदेश नीति तथा योजना आयोगले गरेको ‘महिला सशक्तिकरणका लागि प्रदेश र स्थानीय सरकारको भूमिका’ विषयक अन्तरक्रिया कार्याक्रमलाई सम्बोधन गर्दै नेतृ राणले भनिन, ‘मलाई लाग्दैन कि हाम्रो देशमा पैसाको कमी छ । हाम्रो देशमा म्यानेजमेन्टकै कमी हो ।
हरेक साल बजेटहरु खर्चै हुँदैन् । खर्च नभइ जान्छ ।’उनले अन्तरक्रियाको क्रममा बागमतीमा बालविवाह र बाल श्रमको समस्या रहेको पाइएको भन्दै त्यसको न्युनिकरणको लागि योजना बनाएर प्राथमिकताका साथ काम गर्न पनि सुझाव दिइन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१