
काठमाडौं / पत्रकार शालिकराम पुडासैनी प्रक’रणमा प’क्रा’उ परेका रवि लामिछानि रिहा भएसँगै आफ्नो रिहाईका लागि आवाज उठाउने सम्पूर्णमा आभार प्रकट गरेका छन् ।
उनले पत्नी निकिता पौडेलको फेसबुकबाट लाइभ गर्दै सम्पूर्ण सहयोगी हातप्रति हृदयदेखि धन्यवाद प्रकट गरेका हुन् ।
उनले अदालतबाट रिहाई हुने वित्तिकै चितवनमा जम्मा भएका सम्पूर्ण समर्थकहरुसँग आजै माया तथा सद्भाव साँटासाँट गर्ने योजना भए पनि भीड सम्हाल्न नसिकेन अवस्थाका कारण सम्बोधन गर्न असमर्थ भएकोमा क्षमा मागेका छन् ।
उनले भेन, ‘ हामी तीनै जनाको रि’हाइका लागि गर्नु भएको माया र सद्भावको कदर गर्नेछु, यति धेरै शुभचिन्तक हुँनुहुँदो रहेका छ । अझ बढी जिम्मेवारी भएको छु ।’
उनले सम्मानित अदालतको आदेशलाई स्वीकार गर्ने बताउँदै अदा’लतलाई पूर्ण सहयोग रहने बताएका छन् । उनले आफू धरौ’टीमा रिहा भएको जानकारी दिए । कानूनी प्रावधानमा पूर्ण सहयोग हुने वाचा गरे । केही चित्त नबुझेका कुरामा कानूनीबाटोबाट उपचारको खोजी गर्ने समेत बताएका छन् ।
अदाल’तको आदेशलाई मनन् गर्दै उनले यस घ’ट’नासँग सम्बन्धित कुनै पनि कुरा कार्यक्रममा प्रशारण नगर्ने बताएका छन् । उनले भने, ‘सम्मानित अदा’लतको सम्मान गर्ने छु । प्रभाव पार्ने छैनौं ।’
उनले भने, ‘अहोरात्र न्यायका लागि आवज उठाउने सम्पूर्णमा अन्तर्मनबाट धन्यवाद दिन चाहान्छु । यो गुन कहिल्यै विर्सन सक्दिन । यो मुस्किलको घडीमा दिनुभएको साथले छाती चौडा राख्नेछु, शिर झुक्न दिने छैन ।’
उनले का’नूनी प्रक्रिायहरु पालना गर्नैपर्छ, हामीले पालना गरेका छौं । उनले चितवनमा जम्मा भएका सवै समर्थकलाई मन्चबाट हेर्ने र सम्बोधन गर्ने कार्यक्रम आज सम्भव भएन भोलि पक्कै हुने बताएका छन् ।
चितवनमा आउनुभएको सम्पूर्ण शुभचिन्तकहरुसँगै माया सद्भाव साँटेरमात्र काठमाडौं फर्किने बाँचा समेत गरेका छन् । उनले सवैप्रति अन्तर्मनदेखि धन्यवाद दिँदै सत्यको लागि कहिल्यै नडग्म’गाउने बताएका छन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१