• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण २४, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

२

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

३

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

४

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

५

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

६

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

७

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

८

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

९

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

१०

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

११

वन उद्यममा जोडिँदै नवलपुरका महिला

१२

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नारायणीमा तिहारसम्ममा पानीजहाज चल्ने, निर्माण कार्य यसरि हुँदैछ धमाधम

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ भाद्र १७, मंगलबार (६ साल अघि)
    narani

    Advertisement

    सीताराम कोइराला र विवेक राई
    चितवन। प्रधानमन्त्रीले बाचा गरे अनुसार सरकारी पानी जहाजको टुंगो नभए पनि नेपालीले नारायणी नदीमा ‘क्रुज सिप’ (मानिस बोक्ने पानी जहाज) चलाउन देखेको सपना भने चाँडै पूरा हुने भएको छ।

    १५ करोड लगानी गरेर चितवनको नारायणी तटमा निर्माणाधीन क्रुज सिपको काम सकिने क्रममा छ । लामो समय लाग्ने ‘पोर्ट’ बनिसकेको छ । अब क्रुज सिपमा मेसिन फिट गर्ने, सिट हाल्ने र छानो हाल्ने काम बाँकी छ । ‘दसैँ वा ढिलोमा तिहारसम्म हामी नारायणीमा क्रुज सिप चलाइसक्छौं,’ राइनो इन्टरटेन्मेन्ट कम्पनीका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलले भने । भरतपुर महानगरपालिकास्थित काभ्रेघाटमा ‘पोर्ट’ राखेर पर्यटकीय प्रयोजनका लागि क्रुज सिप चलाइनेछ । चैतबाट निर्माण थालिएको क्रुज सिपको योजना भने कँडेलको दिमागमा दुई वर्षअघिनै छिरेको थियो।

    ‘६ तलाको क्रुज चढेर सन् २०१७ मा स्विडेनबाट फिनल्यान्ड जाँदै थिएँ,’ कँडेलले भने, ‘यात्रामा सँगै रहनुभएका मामासँग नारायणीमा पनि क्रुज चलाउन सकिन्छ कि? भनेर सोधें। उहाँले सम्भव छ भनेपछि धेरै दिनसम्म त्यही कुरा सोचेर बसें।’ अध्ययनका लागि युरोप पुगेका कँडेल त्यसपछि नेपाल फर्किए। नेपाल फर्किएर उनको ध्यान क्रुजतिरै मोडियो । तीन महिना क्रुजकै विषयमा अध्ययन गरे । घरी गुगलमा सर्च गर्थे घरी साथीभाइसँग सल्लाह । अन्ततः उनी क्रुज सञ्चालन स्वीकृतिका लागि पर्यटन विभाग पुगे । ‘त्यतिबेलासम्म नेपालमा पानीजहाजको कार्यालयसमेत खुलिसकेको थिएन । क्रुज सिप साहसिक पर्यटनमा पर्ने भएकाले विभागबाट स्वीकृती लिएर काम अघि बढायौं,’ उनले भने ।

    पर्यटन विभागमा दर्ता भएपछि सिंगापुर र भारतबाट प्राविधिक ल्याएर कम्पनीले दासढुंगादेखि गोलाघाटसम्म पुस महिनामा नारायणीको गहिराइ र पानीको बेगको अध्ययन गरायो । ‘अध्ययनबाट नारायणीको गहिराइ डेढ मिटरदेखि १५ मिटरसम्म भेटियो । नारायणीको गहिराइ र बेगमा हाम्रो डिजाइनको क्रुज सिप चलाउन सकिने भएपछि बनाउन थाल्यौं,’ कँडेलले भने।

    पुस महिनामा नारायणीमा पानीको बेग सबैभन्दा कम हुन्छ। त्यो बेला पनि त्यहाँ पानीजहाज चलाउन सम्भव देखिएको उनले बताए । कँडेलका अनुसार नारायणीमा दुई मिटरभन्दा कम गहिराइमा पनि यस्तो क्रुज सिप चलाउन सकिन्छ । क्रुज सिप निर्माणको जिम्मा भारतको केरलाको कम्पनीलाई दिइएको छ । प्रविधि भने नर्वेजियन प्रयोग गरिएको छ ।

    क्रुज सिपका लागिमात्र १५ करोड लगानी गरेको सो कम्पनीले परियोजनाको कुल लागत भने २५ करोड हुने जनाएको छ । युवाको लगानी रहेको यो परियोजनाको सेयर बाँडफाँट हुन बाँकी रहेकाले सबै लगानीकर्ताको नाम खुलाइएको छैन । क्रुजसिप सय फिट लम्बाइ, २२ फिट चौडाइ र २५ फिट उचाइको रहनेछ । यसको तौल ६० टनको हुनेछ भने यसले ३ सयदेखि चार सय टन बोक्न सक्नेछ ।

    क्रुज सिप ४० किलोमिटर प्रतिघन्टाले (२० नट) पानीको दिशा र पानीको विपरित दिशामा चल्न सक्छ। क्रुजमा डबल इन्जिन हुनेछ । कँडेलले भने, ‘हुन त सिंगल इन्जिनले पनि काम चल्छ तर आपतकालीन अवस्थालाई मध्यनजर गरेर डबल इन्जिन नै प्रयोग गर्ने भनेका हौं।’ क्रुज सिप साढे तीन तलाको हुनेछ। जसमा क्रुजका बीस जना कर्मचारीसहित २२० जना यात्रु सयर गर्न सक्नेछन् ।

    पहिलो तलामा इन्जिन रहन्छ । दोस्रो तलामा एसीसहितको हल हुनेछ । जसमा चालक दलका तीन सदस्यसहित करिब ९० जना यात्रु अट्नेछन् । यस्तै तेस्रो तलमा ११० जना यात्रु बस्न मिल्ने हल हुन्छ । माथिल्लो तलामा एउटा सानो खुला ठाउँ हुनेछ । जसमा १० देखि १५ जनाले वरपरको दृश्य हेर्न सक्छन्। त्यहाँ भ्यू प्वाइन्ट र मिनीबार पनि हुनेछ ।

    क्रुज सिपमा वेटर, सेक्युरिटी गार्ड र रेस्क्यु पर्सनसमेत हुनेछन्। ‘सुरुको ६ महिना भारतीय कम्पनीबाट आएका पाइलटले क्रुज चलाउनेछन् । त्यसपछि हामी आफ्नै जनशक्ति तयार गर्छौ,’ कँडेलले भने । ‘केरलाबाट आएका क्रु मेम्बरले छनोट गरेका व्यक्तिलाई तालिम दिनेछन् । त्यसपछि नयाँ चालकले जिम्मेवारी सम्हाल्नेछन्,’ कँडेल भन्छन्, ‘क्रु मेम्बर हुन कम्तिमा स्नातक उत्तीर्ण गरेको, प्रविधि जानेको, पौडी खेल्न जान्ने र सवारी साधन चलाउन सक्ने हुनुपर्छ ।’

    क्रु मेम्बर बन्न चाहने नेपालीका लागि सार्वजनिक सूचना प्रकाशन गरिने र खुला छनोट गरिने पनि उनले बताए । क्रुज सिपमा सयर गर्ने यात्रुले विभिन्न मनोरञ्जन लिन सक्छन्। त्यसको लागि विभिन्न प्याकेजको सुविधा रहेको छ । ‘क्रुजमा ३ देखि ४ घन्टा बिताउन मिल्ने प्याकेज ल्याउँछौं,’ कँडेल भन्छन्, ‘थारु कल्चरल सोदेखि डिनरको सुविधा क्रुजभित्रै हुन्छ।’ यीबाहेक क्रुजबाट नारायणी नदीलगायत अन्य मनोरम दृष्य हेर्न सकिन्छ । (सेतोपाटीबाट)

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर


  • Advertisement

    समाचार
  • १

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • २

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ३

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ४

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ५

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • ६

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • ७

    स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • ८

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • ९

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • १०

    मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution