• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ बैशाख २७, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

२

नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

३

गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

४

पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

५

७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

६

लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

७

सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

८

समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक

९

अमेरिकाको धम्की रोकिए समुद्री मार्ग खुल्ला गर्ने इरानको अडान

१०

कहाँ–कहाँ पर्छ आज पानी ? थाहा पाउनुहोस आजको मौसम !

११

खरो उत्रिँदै सरकार : सरकारी जग्गा र संरचना खाली गर्न निर्देशन

१२

धारिलो हतियार प्रयोग गरी युवकको हत्या

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    भ्रमण वर्ष २०२० : यी हुन नवलपुरमा घुम्नैपर्ने ठाउँ

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ पौष १६, बुधबार (६ साल अघि)
    amaltari-kawasotii-bagh-chittal

    Advertisement

    टेकराज पोखरेल

    नवलपुर । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष आजदेखि शुरु भएको छ । सरकारले नेपाल भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य लिएको छ । पर्यटन उद्योगमा निजी क्षेत्रको लगानी विस्तार हुने क्रम तीव्र छ भने सरकारले पनि विमानस्थल, सडक, पदमार्ग, पर्यटन गन्तव्यको विकासलाई विशेष प्राथमिकतामा राखेको छ ।
    विश्वका १९८ वटा मुलुकमध्ये नेपाल प्राकृतिक सुन्दरताले भरिपूर्ण र विश्वमै घुम्नै पर्ने १० वटा देशको सुचीमा पनि परेको छ । नेपालमा पर्यटक आकर्षणका निम्ति यहाँको प्राकृतिक सुन्दरता, भौगोलिक बनावट, मौलिक कला संस्कृति र यहाँका जनताको मुस्कान नै प्रमुख साधन हुन् । नेपाललाई प्रकृतिले वरदानस्वरुप दिएको अनुपम सुन्दरता, यहाँको भौगोलिक बनावट, मौलिक कला, संस्कृति, सम्पदा, रहनसहनले पक्कै पनि फरक भूगोल र परिवेशबाट आएको मानिसलाई आकर्षित गर्छ ।
    सरकारले नेपाल भ्रमण वर्षलाई लक्ष्य गरी मुलुकका १०० गन्तव्यको पहिचान गरेको थियो । सरकारले धार्मिक, ऐतिहासिक, पर्यटकीय क्षेत्रलाई समेट्दै गन्तव्यहरु पहिचान गरेको थियो । सरकारले पहिचान गरेका गन्तव्यबाहेकका थुप्रै गन्तव्यहरु पनि पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेका छन् । प्राकृतिक सम्पदाका साथै समुदायले प्रवद्र्धन गरेका तथा निजी क्षेत्रबाट निर्माण गरिएका महत्वपूर्ण स्थानहरुले समेत पर्यटन प्रवद्र्धनमा टेवा पु¥याइरहेका छन् ।
    नवलपुर जिल्ला मुलुककै कान्छो जिल्लाको रुपमा रहेको छ । गण्डकी प्रदेशमा पर्ने यस जिल्लामा सरकारले पहिचान गरेको १०० गन्तव्यमध्ये दुई वटा परेका छन् । गैँडाकोट नगरपालिकामा पर्ने मौलाकालिका मन्दिर र विजय त्रिवेणी गाउँपालिकामा पर्ने दाउन्ने देवी मन्दिर सरकारले पहिचान गरेका धार्मिक स्थल हुन् । यी स्थान बाहेक पनि यहाँ धेरै पर्यटकीय क्षेत्रहरु रहेका छन् ।
    गण्डकी प्रदेशले समेत यहाँको विभिन्न स्थानलाई समेटेर पर्यटकीय क्षेत्रको रुपमा घोषणा गरेको छ । यहाँका पर्यटकीय गन्तव्यहरुमा मौलाकालिका मन्दिर, देवचुली डाँडो, बरचुली डाँडो, त्रिवेणी धाम, गजेन्द्र मोक्ष धाम, दाउन्ने देवी मन्दिर, कैलाश पर्वत, घुमाउरीघाट, लोसेधारा, कैलाश आश्रम, चौधरी ग्रुपको शाश्वत धाम, अकलादेवी र मध्यबिन्दु रहेका छन् ।

    मौलाकालिका

    गैँडाकोट नगरपालिका जिल्लाको पूर्वी भागमा रहेको महत्वपूर्ण पर्यटकीय स्थल बोकेको क्षेत्र हो । यहाँ मौलाकालिका मन्दिर रहेको छ । धार्मिकसँगै ऐतिहासिक महत्व बोकेको यो मन्दिरले १६ औँ शताब्दीमा पाल्पाका राजा मणिमुकुन्द सेनले देवी कालिकाको नाममा ‘प्रतीक’को प्रतीकात्मक प्रस्तुति स्थल सिर्जना गरे पछि पर्वत (मौला पहाड) को नाम राखिएको धार्मिक सेवा समिति मौलाकालिका अध्यक्ष शालिग्राम सापकोटाले बताए । उनकाअनुसार मन्दिरलाई स्थानीय स्थानबाट धेरै पटक पुनःस्थापना गरिएको छ । मन्दिर व्यवस्थापन समितिले जनावरहरूको बलिदानमा रोक लगाएको सापकोटाले बताए ।
    हाल अवस्थित मन्दिर विसं १९९० को दशकमा मात्र बनेको हो । मौलाकलिका मन्दिरमा हरेक वर्ष नेपाल र छिमेकी मुलुकबाट हजारौँ धार्मिक आस्था राख्ने मानिसहरू पूजा गर्न आउने गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सन् २०१६ अप्रिल २० मा मन्दिरको भ्रमण गर्नु हुँदा आवासीय सुविधाको उद्घाटनसमेत गरेकी थिइन ।

    देवघाट धाम

    नवलपुर, तनहूँ र चितवनको सिमानामा पर्ने देवघाट धाम अर्को महत्वपूर्ण धार्मिक क्षेत्र हो । यो कालीगण्डकी र त्रिशूली नदीको सङ्गम स्थल पनि हो । त्यस्तै विश्वको एकमात्र शालिग्राम पाइने कालीगण्डकी नदी समेत यहीँ अवस्थित छ । देवघाट धाम विश्वका हिन्दूहरुको आकर्षणको केन्द्र हो । भारतीय हिन्दू धर्मावलम्बीहरु हजारौँको सङ्ख्यामा यहाँ आउने गरेको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरनबाबु घिमिरेले बताए ।
    माघे सङ्क्रान्ति, कात्तिक स्नान, साउन स्नान, ठूली एकादशी, बाला चतुर्दशी, ग्रहणका बेला, नयाँ वर्षमा यहाँ भक्तजनहरुको ठूलो भीड लाग्ने गर्छ । मौलाकालिका मन्दिर र देवघाट धाम नजीकै रहेका धार्मिक पर्यटकीय गन्तव्यहरु हुन् ।

    देवचुली डाँडा

    देवचुली नगरपालिकामा पर्ने पर्यटकीय सम्भावना बाकेको स्थान देवचुली डाँडा हो । एक हजार ९३६ मिटर अग्लो देवचुली डाँडालाई जिल्लाकै सबैभन्दा अग्लो पहाडको रुपमा समेत लिइन्छ । देवचुली डाँडा तीन कन्या माईको रुपमा समेत चिनिन्छ । देवचुली डाँडामा एक हजार ८०० मिटर लामोे ठूलो गुफा रहेको नगर उपप्रमुख पार्वता तिवारीले बताए। त्यस स्थानमा थारु समुदायले पाँच/पाँच वर्षमा कन्तरी पूजा गर्ने प्रचलन छ । त्यस्तै, चितवन राष्ट्रिय निकुञ्ज, एक सिङ्गे गैँडा, पाटेबाघ, गोहीलगायतका जनावरहरु यहाँको महत्वपूर्ण सम्पत्ति भएको तिवारीले बताए । शाश्वत धाम, नाग पोखरी, नारायणी नदी किनार यहाँका धार्मिक पर्यटकीय क्षेत्रहरु हुन् । वडा नं १७ मा रहेको पिप्रहर होम स्टे, वडा नं १ मा रहेको बोटे, माझी, मुसहर होम स्टे, मगर समुदायको कौरा नाच, थारु संस्कृति देवचुलीका साँस्कृतिक सम्पदा हुन् ।

    अमलटारी

    कावासोती नगरपालिकाको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा अमलटारी क्षेत्र पर्दछ । नगर प्रमुख चन्द्रकुमारी पुनका अनुसार अमलटारी होम स्टेसहित यो क्षेत्रबाट दुर्लभ वन्यजन्तुहरु समेत देख्न पाइन्छ । चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वार, नारायणी नदी, दुर्लभ वन्यजन्तुहरु देख्न सकिने भएकाले कावासोतीको महत्वपूर्ण पर्यटकीय क्षेत्रको रुपमा अमलटारी रहेको छ । पूर्वपश्चिम राजमार्गको डण्डाबाट करीब सात किलोमिटर दक्षिणमा अमलटारी क्षेत्र रहेको छ । यहाँ बालुवा डाँडा र महाराजा मन्दिरसमेत रहेका छन् ।

    मध्यविन्दु स्तम्भ

    देशकै मध्य भागमा रहेको मध्यविन्दु स्तम्भ मध्यविन्दु नगरपालिकामा पर्दछ । पूर्व पश्चिम राजमार्गको बीच भागमा पर्ने यो स्तम्भ महत्वपूर्ण पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने नगरपालिकाले बताएको छ । मध्यविन्दु स्तम्भबाट नेपालको पूर्वी सिमाना ५१२ किलोमिटर तथा पश्चिम सिमाना ५१२ किलोमिटर रहेको छ । यसलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न पूर्वाधारहरु निर्माण सुरु गरिएको नगरपालिकाले जनाएको छ ।

    सती घाट

    बुलिङटार गाउँपालिका वडा नं ३ मा पर्ने सती घाट पौराणिक ग्रन्थसँग जोडिएको क्षेत्र हो । पर्यटन पत्रकार मञ्च नवलपरासीका संस्थापक अध्यक्ष विद्रोही गिरीले सो स्थानमा सतीदेवी आएर स्नान गरेको किंवदन्ति रहेको बताउनुभयो । आराध्यदेव शिवजी हिमालय पर्वतमा हुँदा सतीदेवी उक्त स्थानमा स्नान गरेर तपस्या गर्ने गरेको धार्मिक मान्यता रहिआएको छ ।

    घुमारी घाट

    घुमारी घाट बुलिङटार गाउँपालिकामा पर्ने महत्वपूर्ण धार्मिक पर्यटकीय क्षेत्र हो । हिन्दू धर्मसँग जोडिएको घुमारी घाटमा द्वापर युगमा भगवान् श्रीकृष्णले कामधेनु गाई चराउँदै आउँदा गाईको दूध खाएको धार्मिक विश्वास रहेको छ । सो स्थानमा भगवान् कृष्णले दूध खाँदा बग्दै आएकी काली नदी श्रीकृष्णलाई बचाउन घुमेर बगेको बताइन्छ । बुलिङटार वडा नं ६ पर्ने घुमारी घाट खासै प्रचार प्रसार हुन सकेको छैन ।

    बालीघाट/अकलादेवी मन्दिर

    बौदीकाली गाउँपालिकामा पर्ने बालीघाटमा वाल्मीकि ऋषिले तपस्या गरेको धार्मिक मान्यता छ । बौदीकालीमा नै पर्ने अकलादेवी मन्दिर स्थानीय बासिन्दाको ठूलो आस्थाको केन्द्रको रुपमा रहेको गिरीले बताउनुभयो । “यहाँको मानिसलाई केही कुरा अप्ठ्यारो प¥यो, केही पुगेन भने अकलादेवीमा गएर भाकल गर्ने गर्दछन्,” गिरीले भन्नुभयो – “यहाँ गएर भाकल गरेपछि सबै कुरा पुग्छ भन्ने जनविश्वास छ ।”

    त्रिवेणी धाम

    नेपालको हरिद्वार भनेर चिनिने त्रिवेणी धाम हिन्दू समुदायको महत्पूर्ण ऐतिहासिक धार्मिक स्थल हो । त्रिवेणी धाम नारायणी, तमसा र सोनभद्रा नदीको सङ्गम समेत हो । नवलपुरको विनय त्रिवेणी गाउँपालिका वडा नं ६ मा रहेको त्रिवेणी धाममा माघेऔंशी र चैत महिनामा गरी वर्षको दुई पटक मेला समेत लाग्ने गर्दछ । यस मेलामा नेपाल र भारतका लाखांै भक्तजनहरु स्नान गर्ने गर्दछन् ।
    केही वर्ष अघि यो धाममा उत्खनन् गर्दा गक्ष शिला, ग्रह शिला ९गोही० र नदीको तटमा गोही र हात्तीको खुट्टाको छाप समेत भेटिएको थियो । त्रिवेणी धामलाई गजेन्द्र मोक्ष दिव्य धामको नामले पनि चिनिन्छ । धाममा भगवान् विष्णु स्वयं प्रकट भएको विश्वास छ । सत्ययुगमा नारायणी नदीमा हात्ती पानी खान गएका बेला गोहीले हात्तीको खुट्टा तानेर मार्न खोज्दा हात्तीले भगवान् विष्णुलाई गुहारेको र भगवान् विष्णु प्रकट भई आफ्नो चक्रले गोहीलाई मारी हात्तीलाई बचाएको किंवदन्ति छ । धाम अन्तर्गत वाल्मीकि आश्रम, नागाबाबा कुटी र शिवालय छन् ।

    दाउन्ने

    नवलपुरको चर्चित धार्मिक क्षेत्र मध्येको एक हो दाउन्ने मन्दिर । विनय त्रिवेणी गाउँपालिकाको पहाडमा रहेको दाउन्ने देवी मन्दिर परिसरबाट नवलपरासी जिल्लाको विभिन्न भाग र वस्तीहरु देख्न सकिन्छ । भारतीय सीमामा रहेको ऐतिहासिक धार्मिक तीर्थस्थल त्रिवेणी भैसालोटन, चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रको हरियाली जङ्गल, महाभारत पर्वत शृङ्खलामा रहेका देवचुली र बरचुलीको सुन्दर चुचुरो पनि दाउन्नेबाट देख्न सकिन्छ । दाउन्ने पर्वत क्षेत्रलाई पौराणिक युगमा त्रिकुट पर्वत भनिने र त्यस स्थानमा वाल्मीकिलगायतका ऋषिमुनिले तपस्या गर्ने गरेको जनविश्वास छ ।
    यहाँ कैलाश बाबा धाम, बौद्ध गुम्बा, लक्ष्मी नारायण, चैत्य, चैतन्य गुम्बा, धर्मशाला, वृद्धाश्रम, छात्रावास, विद्यालय, विवाहमण्डप, ध्यानकुटी, भिक्षुणी आश्रम र अन्य जीर्ण मठमन्दिरहरू छन् । यहाँ बडादशैं र चैतेदशैंमा भक्तहरूको ठूलो भीड लाग्ने गर्दछ । शिवरात्रि र साउने सोमबारहरूमा समेत यहाँ भक्तहरूको घुइँचो लाग्छ ।
    कालीगण्डकी नदीमा ¥याफ्टिङको प्रचुर सम्भावना रहेको छ । राम्दीदेखि देवघाट धामसम्म ¥याफ्टिङको मज्जा लिन सकिन्छ । कालीगण्डकी नदीमा ¥याफ्टिङका लागि आन्तरिक तथा वाह्य पर्यटक समेत पुग्ने गरेका छन् ।रासस

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

  • नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

  • गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर


  • Advertisement

    समाचार
  • १

    एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

  • २

    नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

  • ३

    गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • ४

    पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

  • ५

    ७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

  • ६

    लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

  • ७

    सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

  • ८

    समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक

  • ९

    अमेरिकाको धम्की रोकिए समुद्री मार्ग खुल्ला गर्ने इरानको अडान

  • १०

    कहाँ–कहाँ पर्छ आज पानी ? थाहा पाउनुहोस आजको मौसम !

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution