कावासोती । क्षेत्री समाज नेपाल नवलपुरको अध्यक्षमा कोषराज कार्की चयन भएका छन् । कोषराज कार्कीको अध्यक्षतामा समाजको १३ सदस्यीय नयां कार्यसमिती बुधबार चयन भएको हो । जसको उपाध्यक्षमा ललित बहादुर बोहोरा, महिला उपाध्यक्षमा विमला अधिकारी, सचिवमा बल बहादुर केसी, कोषाध्यक्षमा भेष बहादुर अधिकारी, सह सचिवमा धर्म बहादुर जि.सी, सदस्यहरुमा डिल बहादुर जि.सी, लक्ष्मी भण्डारी, राम बहादुर कुवर, कृष्ण बहादुर बस्नेत, विष्णु बहादुर गौतम, धन सिंह बोहोरा, प्रेम बहादुर कार्की भएका हुन् । नव निर्वाचित पदाधिकारीको औपचारीक घोषणा तथा पद ग्रहण बुधवार सम्पन्न भएको छ भने अधिवेशनकोे खुला सत्र मंसिर २३ गते नै सम्पन्न भएको थियो ।
घोषणा तथा सफत ग्रहण कार्यक्रममा क्षेत्री समाजका केन्द्रिय सदस्य दिपेन्द्र वैदवार, ऋषि खवास क्षत्री, तेज बहादुर केसी, धन माया कडरीया खड्का, मुना केसी लगाएत को उपस्थिती थियो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१