काठमाडौं। हिमाली क्षेत्रमा उच्च हिमपान हुने संभावना रहेको भन्दै सरकारले शनिबार र शुक्रबार हेलिकोप्टर नउडाउन अनुरोध गरेको छ ।गृह मन्त्रालयअन्तर्गतको आपातकालीन कार्य सञ्चालन केन्द्रले देशको पूर्वी हिमाली क्षेत्रमा ठूलो हिमपात हुने संभावना रहेकाले हेलिकोप्टर नउडाउन भनेको हो ।हाल भारतको ओडीसा राज्यमा सक्रिय रहेको चक्रावत फानी नामक ‘आँधी’ले नेपालमा पनि प्रभाव पार्नसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार चक्रावत फानीकै कारण शुक्रबार र शनिबार देशभरको मौसम परिवर्तन हुने र देशका अधिकांश ठाउँमा हावाहुरी चल्ने संभावना छ ।गृह मन्त्रालयले पर्यटकहरुलाई समेत सुरक्षित ठाउँमा रहन अनुरोध गरेको छ ।गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले चक्रावत फानीले पार्ने संभावित असरलाई मध्यनजगर गरी आवश्यक तयारी गरिएको जानकारी दिए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१