काठमाडौंः अमेरिकी डाइभर्सिटी भिसा (डीभी) २०२० को नतिजा प्रकाशित भएको छ ।गत असोज १७ गतेदेखि कात्तिक २० गतेसम्म खुलेको आवेदनको नतिजा नेपाली समय अनुसार मंगलबार राति ९ः४५ बजे प्रकाशित भएको काठमाडौंस्थित अमेरिकी दुताबासले जनाएको हो ।
डीभी विजेता भनेर कुनै इमेल नआउने तथा भिसा अन्तर्वार्ताका लागि अग्रिम शुल्क पनि नलाग्ने समेत दूताबासले जनाएको छ ।बिजेताहरुले सन् २०१९ को अक्टोबर १ देखि अमेरिकाको भिसा प्राप्त गर्न सुरु गर्नेछन् । सन् २०२० को सेप्टेम्बरको अन्त्यसम्ममा भिसा प्राप्त गरिसक्नुपर्ने छ ।
अमेरिकी सरकारको डीभी शाखाले आर्थिक वर्ष २०२० का डिभी विजेताहरुलाई आफ्नो कन्फर्मेसन नम्बर सन् २०२० को सेप्टेम्बरसम्म आफूसँगै राख्न सुझाव समेत दिएको छ ।डीभी भर्दा दिइएको कन्फरमेसन नम्बरका आधारमा आफूलाई डिभी परेको वा नपरेको जानकारी लिन पाइने छ ।
डीभी चिठ्ठा परे नपरेको यहाँ हेर्न सकिनेछ । (निलाे अक्षर भएकाे स्थानमा क्लिक गर्नुहोस्)
(link: https://www.dvlottery.state.gov/) dvlottery.state.gov
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१