रबि लामिछानेको आक्रोस-कुनैगैरकानुनी काम गरेको भए हतकडी लगाउनको लागि यो हात तयार पारेर राखेको छु


काठमान्डौ , पत्रकार रबि लामिछानेले सामाजिक संजालमा आएका भिभिन्न भ्रम र केहि अनलाइनमा आएका भ्रामक समाचारहरुको खण्डन गरेका छन् । सिधा कुरा जनता संगको कार्यक्रम तयारीबारे जानकारी दिदै रबिले फेसबुक लाइभ मार्फत यस्तो खण्डन गरेका हुन् ।

केहि अनलाइनहरुमा प्रोड्युसर दिपक बोहरा संग एक होटलमा झगडा परेको भन्दै भ्रमपूर्ण समाचार आएको थियो । सामाजिक संजालमा समाचार भाइरल भए लगतै दिपक बोहराले एक स्टाटस लेख्दै कसैले चाहदैमा हाम्रो झगडा होस भन्ने उनिहरुको ईच्छा कहिले पुरा नहुने बताएका थिए ।

पत्रकार रबि लामिछानेले भिभिन्न समयमा भिभिन्न कुराहरु ल्याएर आफुहरुलाई बदनाम गराउने कार्यप्रति आफु कहिल्यै निरास नहुने उद्घोष गरेका छन् । अनिल तामाङले एक कार्यक्रममा ‘सीधाकुरा जनतासँग’ कार्यक्रमका सञ्चालक रवि लामिछानेले आफ्नो एउटा केशमा पैसा लिएको आरोप लगाएका थिए । उनले ‘सीधाकुरा’ टिमले पैसा लिएर आफ्नो विषयमा फलोअप नगरेको र प्रहरीसँग मिलेर आफूलाई जेल हालेको झुटा आरोपसमेत लगाएका थिए ।यहि प्रसंगलाई संकेत गर्दै रविले कुनै गैर कानुनि काम गरेको भेटिए हतकडी लगाएर जेल जान समेत तयार रहेको बताएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • बुढेसकालमा बिवाह गरेका राजेश हमालको यसकारण जन्मिएन बच्चा !
  • रिहापछी पहिलो पटक ‘सिधाकुरा जनता’संग कार्यक्रममा रबिले के भने ? (भिडियो)
  • सानै उमेरमा यी दाजुभाइले लाखौको ब्यापार गर्दै ! भाग्य न्यौपानेले दिए सहयोग (भिडियो)
  • धुर्मुस सुन्तलीले रुँदै भने – हाम्रो ज्यान नै खतरामा छ [भिडियो]
  • © 2020: Namuna Post All Rights Reserved. Designed by: GOJI Solution