• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ माघ १०, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

२

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

३

रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

४

शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

५

एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने

६

नवलपुर–१ मा शशांकको ‘इनिङ’ समाप्त, १८ वर्षपछि स्थानीय गजेन्द्र आलेलाई टिकट

७

बालेनले बिहान ११ बजे र ओलीले दिउँसो १ बजे उम्मेदवारी दर्ता गर्ने

८

पाल्पा २ मा एमालेका ठाकुर गैरेले नै पाए टिकट

९

नारायणी नदी आसपासका क्षेत्रमा ४२ प्रजातिका चरा भेटिए

१०

आज देशभर उम्मेदवारी दर्ता हुँदै

११

प्रतिनिधिसभा सदस्य बन्न १३ अनिवार्य कागजपत्रसहित उम्मेदवारी दर्ता

१२

एमाले अध्यक्ष ओली आज झापा जाँदै, निर्वाचन तयारीबारे कार्यकर्तासँग छलफल गर्ने

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नगरवासीको अपेक्षा पूरा गर्छौं : देवचुली नगर प्रमुख न्यौपाने

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० माघ १८, बिहिबार (१ साल अघि)
    hari-prasad-neupane-devchuli-nagar-pramukh-(1) (1)

    Advertisement

    देवचुली नगरपालिका देशकै मध्य भागमा अवस्थित नवलपरासी जिल्लाको नवलपुरपूर्वमा रहेको छ । साबिकका दिव्यपुरी, देवचुली र प्रगतिनगर गाविस समावेश गरी मन्त्रीपरिषद्को २०७१ साल वैशाख २५ को निर्णय अनुसार घोषित नगरपालिका २०७३ साल फागुन २७ को सरकारी निर्णयबाट साबिक रजहर गाविस समावेश भई गठन भएको हो । पूर्वमा महेन्द्र राजमार्गमा रहेको झरही खोला, पश्चिममा लोकाहा खोला, उत्तरमा १९३८ मिटर उचाइको देवचुली डाँडा र दक्षिणमा नारायणी नदीको चार सीमाभित्र पर्ने यो नगरपालिकाको दलदले बजार नवलपरासी जिल्लाको पहाडी क्षेत्रको मुख्य प्रवेशद्वार हो । देवचुली नगरपालिकामा २०७९ सालमा नेकपा (एमाले) का हरि न्यौपाने निर्वाचित हुनुभएको छ । गोरखापत्रका मीना कँडेलले नगर प्रमुख न्यौपानेसँग गर्नुभएको कुराकानी :

    स्थानीय समस्यालाई कसरी सम्बोधन गर्नुभएको छ ? 

    ज्येष्ठ नागरिकको स्वास्थ्यलाई ध्यानमा राखी घरदैलो अभियान गर्ने निर्णय गरेर घर घरमा पुगी स्वास्थ्योपचार गरेका छौँ । लामो समयसम्म रहेको सुकुमवासी, भूमिहीन समस्याका लागि लालपुर्जा दिलाउन जग्गा नापजाँचलाई तीव्रता दिएका छौँ । देवचुली नगरपालिकामा छाडा चौपायाको विकराल अवस्था थियो । त्यसलाई व्यवस्थापन गर्न सफल भएका छौँ । मानव र वन्यजन्तुबिचको द्वन्द्व व्यवस्थापनका लागि काम गरिरहेका छौँ । देवचुली नगरपालिकामा ट्रमा सेन्टर निर्माण गर्न जग्गा प्राप्ति सुनिश्चित भएको छ । नगरलाई सफा र सुन्दर बनाउन प्लास्टिकजन्य फूलमालामा प्रतिबन्ध गरी स्थानीयस्तरमा फूल खेती प्रवर्धन गर्न किसानलाई प्राथमिकता दिएका छौँ । बाहिरी आयातलाई कम गर्दै नगरपालिकामै आत्मनिर्भर गराउन प्रोत्साहन दिएका छौँ । भूमिहीन दलित, अव्यवस्थित बसोबासी र सुकुमवासी क्षेत्रमा नागरिकलाई आफ्नो जग्गाको धनी बनाउन अहिले नापनक्साको कार्य अन्तिम चरणमा पुगेको छ । उज्यालो नगरको अवधारणा अगाडि बढाउँदै प्रत्येक घरमा बिजुली पु¥याउने लक्ष्यका साथ लागिपरेका छौँ । देवचुली नगरवासीलाई अधिकतम स्वास्थ्य सेवा नगरबाटै दिलाउन नगर अस्पतालमा विशेषज्ञ डाक्टर नै राखेर सेवा दिइरहेका छौँ । आफ्नै गाउँठाउँबाट सेवा लिन सक्ने गरी नगर अस्पतालमा चौबिसै सेवा प्रवाह भएको छ । सार्वजनिक जग्गा संरक्षणमा जोड दिएका छौँ ।

    कानुन निर्माणमा कसरी काम भइरहेको छ ? 

    आवश्यकता अनुसार ऐन तथा कार्यविधि पारित भएका छन् । फोहोरमैला व्यवस्थापन, बजार अनुगमन, नगरको खेलकुद क्षेत्रलाई व्यवस्थित गर्न ऐन र कार्यविधि निर्माण भएको छ । प्लास्टिकजन्य फूलमालामा प्रतिबन्ध गर्ने, किसान कार्डको व्यवस्था गर्ने, किसानलाई प्रोत्साहन, कृषियोग्य जमिन संरक्षणका लागि वर्गीकरण गर्न सहयोग मिलेको छ । ऐन र कार्यविधि भनेको आवश्यकता अनुसार नयाँ निर्माण गर्दै जाने हो ।

    आन्तरिक आम्दानी बढाउने उपाय के छन् ?

    देवचुली नगरपालिका पर्यटनको प्रचुर सम्भावना भएको नगरपालिका हो । कृषिलाई पहिलो प्राथमिकता दिइएको छ । खेतीयोग्य जमिन तथा तरकारी उत्पादनका पकेट क्षेत्रले कृषि तथा अर्गानिक खेतीको सम्भावना रहेको नगरपालिकाको पहाडी बस्तीमा पशुपालन एवं मौरीपालनको राम्रो सम्भावना छ । पर्यटकीय देवचुली डाँडा, घरबासको प्रचुर सम्भावना भएका मगर समुदायको बसोबास रहेको कुमसोत, कीर्तिपुर, बन्दीपुर जस्ता बस्ती छन् । पिप्रहर होमस्टे र नारायणी नदी किनारमा रहेको होटल, रिसोर्ट तथा मध्यवर्ती सामुदायिक वनले नगरपालिकाको पर्यटकीय विकासको सम्भावना छ ।

    कर बढेको भन्ने जनगुनासो छ नि ? 

    आर्थिक मन्दीले गर्दा व्यापार व्यवसाय धराशायी बन्दै गएका छन् । व्यवसायीको अवस्था बुझेर कर थाती राखिएको छ । व्यापार व्यवसायमा सुधार आएपछि उद्योग वाणिज्य सङ्घ र व्यापारीको सल्लाहमा करको विषय उठाउने छौँ  । अहिले विद्यमान ऐन अनुसार नगरपालिकाले काम गरिरहेको छ । करसम्बन्धी व्यवस्थामा अपुग महसुस गरिएका विषय सन्दर्भमा सङ्घले व्यवस्थापन गर्ने भएकाले हामीले माग गरेका छौँ । सङ्घ र प्रदेशले अपेक्षा अनुसार काम पूरा गर्नेमा विश्वस्त छौँ ।

    पर्यटन क्षेत्रको विकासका लागि योजना बनाउनुभएको छ ? 

    पर्यटन क्षेत्रको विकासका लागि पर्यटन विकास बोर्डबाट २० र नगरपालिकाबाट २२ गरी ४२ लाख रुपियाँ देवचुली डाँडाको पर्यटन प्रवर्धनमा लगाएका छौँ   । घरबास सञ्चालनको प्रक्रिया अघि बढेको छ । पिप्रहर सामुदायिक होमस्टे, चितवन राष्ट्रिय निकुञ्जबाट पर्यटक आवतजावतका लागि व्यवस्थापन गर्ने काम भइरहेको छ । पर्यटकीय दृष्टिले महत्वपूर्ण देवचुली डाँडाको समग्र विकासको गुरुयोजना बनाई माथिल्लो आधार शिविरसम्म सडक, विद्युत् तथा पिउने पानीको व्यवस्थाका लागि नगरपालिका लागिपरेको छ । पर्यटकीय क्षेत्रको विकास गर्न सके रोजगारीका लागि विदेश जानु पर्दैनथ्यो भन्ने हाम्रो सोच हो ।

    समृद्ध नगर निर्माणका चुनौती पनि छन् ?  

    समृद्ध नगरका लागि आर्थिक स्रोत जुटाउनु नै मुख्य चुनौती हो । आर्थिक मन्दीका कारण सोचे अनुरूप व्यवसाय चलेको छैन । सङ्घीय बजेट अपेक्षा अनुसार नआउँदा गाह्रो भएको छ । अहिले महत्वपूर्ण योजनाका शीर्षकलाई कटौती गर्नुपर्ने अवस्था छ । नगरको मुख्य आम्दानीको स्रोत सम्पत्ति र व्यावसायिक कर निकै न्यून छ । आर्थिक स्रोतको अभावले भने अनुसार काम गर्न सकिएको छैन । मुलुकमा आर्थिक वृद्धिदर र नगरको आन्तरिक आम्दानी बढ्दै गयो भने नगर समृद्ध बन्ने छ ।

    आगामी योजना कस्ता छन् ? 

    सुविधासम्पन्न नगर अस्पतालको सेवा विस्तार हुने छ । फोहरमैला व्यवस्थापन हुने छ । कृषिमा आत्मनिर्भर हुने छ । देवचुली नगरपालिकाको पूर्वाधार, पर्यटन, शिक्षा, स्वास्थ्य, कृषि, खेलकुदमा नगरवासीले गरेको अपेक्षा अनुभूति गर्न पाउने छन् । शतप्रतिशत खोप सुनिश्चित भएको पालिका बन्ने छ । वर्षमा दुई पटक ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य उपचार हुने छ । हरेक शुक्रबार विद्यालयमा झोलाविहीन कार्यक्रमको अवधारणाबाट सीपमूलक र व्यावहारिक शिक्षा विद्यार्थीलाई प्रदान गरिने छ । नगर युवा तथा खेलकुद विकास समिति गठन भएकाले यस क्षेत्रमा युवालाई प्रोत्साहन गरिने छ । यो कुराकानी gorkhapatraonline.com बाट साभार गरिएको हो । 

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्तरवार्ता सम्बन्धि थप
  • भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

  • रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

  • शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा


  • Advertisement

    समाचार
  • १

    भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • २

    निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

  • ३

    रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

  • ४

    शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

  • ५

    एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने

  • ६

    नवलपुर–१ मा शशांकको ‘इनिङ’ समाप्त, १८ वर्षपछि स्थानीय गजेन्द्र आलेलाई टिकट

  • ७

    बालेनले बिहान ११ बजे र ओलीले दिउँसो १ बजे उम्मेदवारी दर्ता गर्ने

  • ८

    पाल्पा २ मा एमालेका ठाकुर गैरेले नै पाए टिकट

  • ९

    नारायणी नदी आसपासका क्षेत्रमा ४२ प्रजातिका चरा भेटिए

  • १०

    आज देशभर उम्मेदवारी दर्ता हुँदै

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution