नवलपुरमा दुर्घटना दुई जनाको मृत्यु


कावासोती ।  पूर्व पश्चीम राजमार्ग अन्तरगत नवलपुरको देवचुली २ दुम्कौलीमा सवारी दुर्घटना हुदा दुई जनाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यलय नवलपुरले जानकारी दिए अनुसार पूर्वबाट पश्चीम तर्फ जादै गरेको ना ७ ख ७०२३ र पश्चिम बाट पूर्वतर्फ आउदै गरेको ६ ख ३०११ नं को ट्रक एक आपसमा ठक्कर खादाँ दुबै ट्रकका चालक मकवानपुर घर भएका वर्ष ३४ का रामकुमार न्यौपाने र कास्की घर भएका वर्ष ५१ का खिम बहादुर बिकको ज्यान गएको प्रहरीले जनाएको छ ।

सहचालक भने घाइते भएका छन उनिहरुको उपचारको लागि चितवन स्थीत भरतपुर अस्पतालमा लगिएको छ । सवारी दुर्घटना हुदा केहि समय राजमार्ग समेत अवरुद्ध भएको थियो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • दाउन्ने दुर्घटना : गम्भिर घाईतेमध्ये ३ जनाको मृत्यु
  • दाउन्ने दुर्घटना अपडेट : ३१ जना घाईते ५ जनाको अवस्था गम्भिर
  • दाउन्नेमा बस दुर्घटना / सडकबाट दुई सय मिटर तल खस्यो बस
  • सडक दुर्घटनामा एक जनाको मृत्यु , ४ घाइते
  • © 2021: Namuna Post All Rights Reserved. Designed by: GOJI Solution