काशी जेट्लीको “हिडेको छु एक्लै म त” सार्वजनिक (भिडियो सहित)


सामाजिक अभियान्ता तथा संगितकर्मी काशी जेट्लीको नयाँ गीत सार्वजनिक भएको छ । यसपटक भने काशी जेट्ली आफै पर्दामा देखीएका छन् । “हिडेको छु एक्लै म त” बोलको गीतमा काशी स्वमं को शब्द रहेको छ । उनीसँग मास्टर्नी नामबाट चिनिने अनिता बस्नेत पर्दामा देखिएकी छिन् । नविन कार्कीले संगीत भरेको उक्त गीत विशाल नीरौलाले एरेन्ज गरेका हुन् । गीतमा रचना रिमाल र प्रविन वेडवालको आवाज रहेको छ । गीतलाई ब्रेकिङ्ग नेपाल टि.भि. युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

 

सामाजिक सञ्जालमा बेतिथी र भ्रष्टाचारको विरुद्दमा खरो उत्रीने युवा हुन् काशी । सामाजीक सञ्जालमा कोही सहयोग माग्दै गरेको र न्यायका लागि अपिल गरीरहेको देख्नासाथ उनका आँखा रसाईहाल्छन् र समाधानका लागि पहल थालिहाल्छन् । परदेश रहेर पनि सामाजिक सेवामा तल्लीन काशी यतिबेला भने आफ्ना अधुरा सपना साकार पार्न स्वदेश फिरेका हुन् ।

 

मानीसका कतिपय रहर, सपना र कतिपय सिर्जनाहरु आर्थीक अभावकै कारणले ओझेलमा पर्ने गर्छन् । क्षमता हुँदाहुँदै र रहर जाग्दाजाग्दै पनि परिस्थीतिले खुम्चन बाध्य बनाइदिन्छ । त्यहि खुम्चीएको प्रतिभा मध्यका एक थिए पोखरा घर भएका काशी जेट्ली ।

 

शब्द संकलनमा पोख्त छन् उनी । आर्थीक अभावकै कारण उनका सिर्जनाहरुले ठाउँ पाएका थिएनन् । केहि बर्ष परदेश हानीएपछि बल्ल आफ्ना सिर्जनाहरुले गती पाउन थालेको उनको भनाइ छ । बजारमा ल्याउन सके मात्र दर्शकको प्रतिक्रिया पाइन्छ, उनी भन्छन् “हरेक समस्याहरुले रोकेको थियो, अब विस्तारै दर्शकमाझ आउँछु” । यतिबेला उनी धमाधम म्युजिक भिडियो निर्माण कार्यमा जुटिरहेका छन् । केहि दिनको अन्तरालमै फेरी अर्को गीत रिलिज गर्ने तयारी भैरहेको उनी बताउँछन् । यसअघि परदेशमै रहँदा पनि उनको शब्दमा केही गितहरु बजारमा आइसकेका थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै
  • दाउन्ने दुर्घटना : गम्भिर घाईतेमध्ये ३ जनाको मृत्यु
  • दाउन्ने दुर्घटना अपडेट : ३१ जना घाईते ५ जनाको अवस्था गम्भिर
  • दाउन्नेमा बस दुर्घटना / सडकबाट दुई सय मिटर तल खस्यो बस
  • © 2021: Namuna Post All Rights Reserved. Designed by: GOJI Solution