• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन १, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

२

आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

३

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

४

अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

५

देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

६

उ मर्यो रे ?

७

सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

८

नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

९

पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

१०

निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

११

काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

१२

रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

        राष्ट्रियसभा :पेट्रोलियम पदार्थको मूल्य तत्काल समायोजन गर्न माग   

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ श्रावण २३, सोमबार (४ साल अघि)
    15742534751534693618petrol

    Advertisement

    काठमाडौँ  सांसदहरुले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटिसकेको सन्दर्भमा नेपालमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरी तत्काल घटाउन सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्ने सांसदहरुले भारतबाट पनि पेट्रोलियम पदार्थको मूल्य दुई पटक घटेर आइसकेको तर नेपालमा मूल्य समायोजन नभएको भन्दै तत्काल मूल्य घटाउन सरकारको ध्यानार्षण गराएका हुन् । बैठकमा सांसद दिलकुमारी रावल थापाले वर्तमान सरकारले जनताका समस्याप्रति कम चासो दिएको आरोप लगाउँदै मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । अन्तर्राष्ट्रियस्तरमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा र घट्दा सोही अनुसार समायोजन हुनुपर्नेमा हाल दुई÷दुई पटक मूल्य घटेको तर नेपाल आयल निगमले किन मूल्य नघटाएकोे भनी प्रश्न गर्नुभयो ।     सांसद दिपा गुरुङले राज्यले युवालाई सही दिशा दिननसके युवावर्ग विकृतिको शिकार हुनसक्ने बताउँदै खेलकुद मन्त्रालयको बजेट कम भएको टिप्पणी गर्नुभयो । खेलकुद विकास र समृद्धिको परिचायक भएको बताउँदै उहाँले सरकारले खेलाडीलाई सम्मान गर्ने गरी हौसला बढाउने कार्य गर्नुपर्नेमा जोड दिनुभयो ।

    सांसद खिमलाल देवकोटाले सुशासनका लागि पारदर्शीता आवश्यक रहेकामा जोड दिँदै सबै मन्त्रीका काम जनताले हेर्न पाउने गरी सिसीटिभीको व्यवस्था गर्नुपर्ने बताउनुभयो । साथै उहाँले समयमै काम सम्पन्न नगर्ने ठेकदारलाई कानूनअनुसार कारवाही गर्नुपर्ने धारणा राख्नुभयो । सांसद गङ्गाकुमारी बेलवासेले संवैधानिक परिषद्मा पूर्ववर्ती सरकारले अध्यादेशमार्फत् आफू खुसी नियुक्ती गरेको स्मरण गर्दै यसमा आगामी दिनमा संशोधन गरी राष्ट्रिय सभाका उपाध्यक्षसमेत रहने व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

    सांसद गोमादेवी तिमिल्सिनाले देशको राजधानीमै फोहरको समस्या बढेको, ढल फुटेर दुर्गन्ध बढेको, बाटोका खाल्डामा पानी भरिएर हिँड्न गारो भएको बताउँदै तत्काल समाधानका लागि सरकारको ध्यानाकर्षण गाराउनुभयो । केही राजनीतिक दलका क्रियाकलापका कारण राजनीतिक दलको विकल्पको आवाज उठ्न थालेकामा चिन्ता व्यक्त गर्दै हालका उपलब्धि यिनै दलका कारण आएको हो भन्ने कुरा पनि विर्सन नहुने बताउनुभयो । सांसद भुवनबहादुर सुनारले नागरिकता दिने क्रममा विभिन्न स्थानमा केही व्यक्तिका नाम अपमान हुने गरी उल्लेख भएको सन्दर्भमा ध्यानाकर्षण गराउँदै यस्ता लापरबाही गर्ने व्यक्तिलाई कारबाही गर्नुपर्ने माग गर्नुभयो ।
    सांसद सुमित्रा विसीले महँगी बढेर जनतालाई थप दुःख भएको उल्लेख गर्दै सरकारले अनुगमनमा कडाई गरी नियन्त्रण गर्नुपर्ने बताउनुभयो ।

    साथै उहाँले मुगु जाने सहुलियतको नून बाटोमा हराएको सम्बन्धमा सरकरसँग स्पष्ट जानकारी माग गर्नुभयो । सांसद बिना पोखरेलले संविधानमा समाजवाद उन्मुख भनेका छौँ तर कसरी जाने भनेर केही नदेखेको बताउँदै देशमा ज्येष्ठ नागरिकको अवस्था दयनीय भएकाले सरकारको ध्यान जाओस भन्नुभयो ।

    उहाँले ज्येष्ठ नागरिकलाई जीवन धान्न केही सामाजिक सुरक्षा भत्ता दिएर मात्र खुसी नभएको भन्दै उनीहरुको जीवन खुसी तथा सन्तुष्टि र सम्मानका लागि नयाँ उपायको खोजी गर्नुपर्ने बताउनुभयो । सांसद नरबहादुर विष्टले अहिले लघुवित्त कम्पनीले गाउँमा चर्काे ब्याज लिने गरेको ध्यानाकर्षण गराउँदै नियन्त्रणका लागि आवश्यक पहल गर्न माग गर्नुभयो । पूर्ववर्ती सरकारका पालामा बढेको दण्डहिनताका कारण अहिले पनि त्यस्ता घट्ना देखिने गरेको टिप्पणी गर्दै यसलाई नियन्त्रण गर्न तथा नदोहो¥याउन सरकारले आवश्यक पहल गर्नुपर्ने उहाँले बताउनुभयो ।
    सांसद तुलसाकुमारी दाहालले सामान्य महिलाको तुलनामा अपाङ्गता भएका महिला बढी हिंसामा पर्ने गरेको बताउँदै कानुनले व्यवस्था गरेका शिक्षा, सामाजिक न्याय, सुरक्षा, राज्यका निकायमा सहभागिता, सेवामा पँहुचलगायत विषयमा गरेका व्यवस्था भएका कानुन कार्यान्वयन गरी अपाङ्गता भएका व्यक्तिलाई सेवामा प्राथमिकता दिनुपर्ने बताउनुभयो । सांसद रमेशजङ्ग रायमाझीले सरकारले आगामी मङ्सिर ४ गते आमनिर्वाचन घोषणा गरेकामा स्वागत गर्नुभयो ।

    उहाँले वर्तमान सरकारले संसद्लाई जीवित राखेर आमनिर्वाचनमा जान गरेको निर्णय उत्तम भएको र यो प्रसंशायोग्य भएको उहाँले बताउनुभयो ।(रासस)

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

  • मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

  • अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद


  • Advertisement

    समाचार
  • १

    रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • २

    आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

  • ३

    मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

  • ४

    अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

  • ५

    देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

  • ६

    उ मर्यो रे ?

  • ७

    सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • ८

    नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • ९

    पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

  • १०

    निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution