• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ भाद्र १२, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

विप्लव निवास हरिसिद्धी पुगे प्रचण्ड

२

मुग्लिन पोखरा सडकः पूर्वी खण्डको म्याद चौथो पटक थपियो

३

कांग्रेस नवलपुरका प्रभावशाली युवा गोकुल सापकोटा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश

४

नेपालको पर्यापर्यटनः पूर्वाधार र दिगो विकास

५

विद्यार्थीलाई उमेरको तनाव नहुनेगरी कानुन आयो,उमेरकै कारण एसइईमा सहभागी हुनबाट वञ्चित हुन नपर्ने

६

गण्डकीले बनायो गाँजा खेतीको कानुनी मस्यौदा, इजाजत लिनै पौने २ करोड लाग्ने

७

लोडसेडिङको तालिका सार्वजनिक गर्ने श्रेष्ठको कावासोती सरुवा

८

मध्यवर्ती क्षेत्रः आवश्यकता कि समस्या

९

नारायणगढ–बुटवल सडकको भौतिक प्रगति ७० प्रतिशत

१०

दाउन्ने क्षेत्रको सडकमा ढलान

११

गैंडाकोटको बगैंचा एडभेन्चर रिसोर्टमा भीषण आगलागी

१२

बाल अधिकार र बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपरासीमा दिवा खाजाले पनि रोकेन विद्यार्थी, विद्यालयमा हाल ४५ विद्यार्थी

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ कार्तिक २१, सोमबार (२ साल अघि)
    diwa-khaja

    Advertisement

    नवलपरासी।नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु–३ ब्रह्मस्थानमा रहेको ब्रह्म प्राथमिक विद्यालयमा दिवा खाजा कार्यक्रम लागू भएको १२ वर्ष भएको छ । विसं २०६७ मा दिवा खाजा कार्यक्रम लागू हुँदा सयभन्दा बढी विद्यार्थी रहेका यस विद्यालयमा हाल जम्मा ४५ विद्यार्थी मात्रै अध्ययनरत छन् ।नेपाल सरकारले सीमान्तकृत र लोपोन्मुख जातिका विद्यार्थी अध्ययन गर्ने विद्यालयलाई लक्षित गरेर ०६७ मा विद्यालयमा दिवा खाजा कार्यक्रम लागू गरेको थियो । त्यसको केही वर्षपछि अन्य विद्यालयहरुमा समेत दिवा खाजा कार्यक्रम लागू गरिएपछि विद्यार्थी घट्ने क्रम सुरु भएको विद्यालयका प्रधानाध्यापक पूर्णबहादुर केसीले बताउनुभयो । “दिवा खाजा कार्यक्रम सुरु हुँदा विद्यालयमा सयभन्दा बढी विद्यार्थी अध्ययन गर्दथे, अहिले घटेर ४५ मा सीमित छन्”, प्रअ केसीले भन्नुभयो, “अन्य विद्यालयमा पनि दिवा खाजा कार्यक्रम विस्तार संगै अन्य कारणले पनि विद्यार्थी सङ्ख्या निरन्तर ओरालो लागेको हो ।”

    सरकारले सुरुमा दिवा खाजा कार्यक्रमका लागि प्रतिविद्यार्थी रु १२ उपलब्ध गराउदै आएकोमा अहिले रु १५ पु¥याएको छ । “सुरुका वर्षहरुमा दिवा खाजाले विद्यार्थीहरु नियमित विद्यालय आउने क्रम बढाउनाका साथै छुट्टी नहुँदै भाग्ने क्रम रोकिएको थियो”, केसीले भन्नुभयो, “अब बिस्तारै अभिभावकहरुको आर्थिक अवस्थामा सुधार हुँदा अभिभावकको रोजाइमा निजी विद्यालय पर्न थालेपछि विद्यार्थी घट्दै गएका छन् ।” विद्यालयमा सुरुका वर्षमा सीमान्तकृत समुदायका बालबालिकासँगै अन्य जातिका बालबालिका पनि अध्ययन गर्दै आएका थिए । अहिले बोट तथा दलित बालबालिका मात्रै अध्ययनका लागि आउने गरेको प्रधानाध्यापक केसीले बताउनुभयो ।

    सरकारले विद्यार्थीको टाउको गनेर धेरै विद्यार्थी भएका विद्यालयलाई बढी सुविधा दिने गरेको र थोरै विद्यार्थी भएका विद्यालयहरुमा शैक्षिक पूर्वाधार विकासका लागि रकम पर्याप्त निकासा नहुदा विद्यालयको शैक्षिक वातावरण सुधार गर्न नसकेपछि विद्यार्थीहरु छिमेकी विद्यालय र निजी विद्यालयमा आकर्षित हुँदै गएको उहाँ बताउनुहुन्छ । राज्यले माध्यमिक तहसम्मको विद्यालयलाई स्थानीय तहको जिम्मा लगाएको भए पनि जनप्रतिनिधिहरुले शिक्षालाई भन्दा अन्य भौतिक विकासलाई प्राथमिकतामा राख्ने गरेको केसीले बताउनुभयो । विद्यालयको विभिन्न संरचनाहरु निर्माण गर्दै शैक्षिक वातावरण सुधार गर्नुपर्ने अवस्था हुँदा पनि स्थानीय सरकारले खासै चासो नदिएको केसीको गुनासो छ ।

    विद्यालयका शिक्षक अभिभावक सङ्घका अध्यक्ष गुणराज पौडेलले विद्यालयको पर्खाल नहुँदा असुरक्षा बढेकाले विद्यार्थी घटेको बताउनुहुन्छ । “यो चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्तीमा पर्छ । यहाँ दिउँसै गैँडा, बँदेल लगायतका जङ्गली जनावरहरु आउँछन्”, पौडेलले भन्नुभयो, “विद्यालयमा पर्खाल छैन । जनावर आएर खेल्दै गरेका विद्यार्थीलाई हान्ला भन्ने त्रास छ । जनावरको त्रासका कारण अभिभावकले आफ्ना बालबालिकालाई अन्य विद्यालयमा लगेर पढाउन बाध्य छन् ।” विद्यालयको पर्खाल निर्माण तथा भवनहरुको व्यवस्थापनका लागि नगरपालिकासँग कुरा गर्दा सम्बोधन हुन नसकेको पौडेलले बताउनुभयो ।

    विद्यालयको दिवा खाजा कार्यक्रमका संयोजक मङ्गुराम बोटेले विद्यालयमा बोटे समुदाय र दलित विद्यार्थीबाहेक अरू विद्यार्थीलाई आकर्षित गर्न नसकिएको बताउनुभयो । “बाल विकास केन्द्र (इसिडी) मा अन्य जातजातिका विद्यार्थीहरु आउने गरेका छन् । अर्को वर्षबाट ती विद्यार्थीलाई अन्य विद्यालयमा सारिन्छ”, बोटेले भन्नुभयो,“सरकारी विद्यालयमा पढाउनका लागि अभिभावकहरुको इच्छा नै नहुँदा दिवा खाजाले पनि विद्यार्थी रोक्न सकेन ।”
    साबिकको कोल्हुवा गाविस– ९ मा यही एउटा मात्रै विद्यालय रहेको भए पनि नयाँ संरचनाअनुसार वडा नं ३ मा यस विद्यालयबाट तीन किलोमिटरको दूरीमा माध्यमिक विद्यालय रहेको छ ।विद्यालयमा थोरै विद्यार्थी रहेका भन्दै स्थानीय तहबाट पनि सहयोग नहुँदा विद्यार्थी सङ्ख्या बढाउन नसकिएको प्रअ केसीले बताउनुभयो । यस विद्यालयमा बाल विकास केन्द्र (इसिडी) देखि कक्षा ५ सम्म अध्ययन हुँदै आएको छ । विद्यालयमा छजना शिक्षक रहेकामा दरबन्दीका दुई, इसिडीका दुई तथा स्थानीय स्रोतबाट दुई शिक्षकले पारिश्रमिक लिँदै आएका केसीले बताउनुभयो । रासस/फाइल फोटो

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • विप्लव निवास हरिसिद्धी पुगे प्रचण्ड

  • मुग्लिन पोखरा सडकः पूर्वी खण्डको म्याद चौथो पटक थपियो

  • कांग्रेस नवलपुरका प्रभावशाली युवा गोकुल सापकोटा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश

  • नेपालको पर्यापर्यटनः पूर्वाधार र दिगो विकास


  • Advertisement

    समाचार
  • १

    विप्लव निवास हरिसिद्धी पुगे प्रचण्ड

  • २

    मुग्लिन पोखरा सडकः पूर्वी खण्डको म्याद चौथो पटक थपियो

  • ३

    कांग्रेस नवलपुरका प्रभावशाली युवा गोकुल सापकोटा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश

  • ४

    नेपालको पर्यापर्यटनः पूर्वाधार र दिगो विकास

  • ५

    विद्यार्थीलाई उमेरको तनाव नहुनेगरी कानुन आयो,उमेरकै कारण एसइईमा सहभागी हुनबाट वञ्चित हुन नपर्ने

  • ६

    गण्डकीले बनायो गाँजा खेतीको कानुनी मस्यौदा, इजाजत लिनै पौने २ करोड लाग्ने

  • ७

    लोडसेडिङको तालिका सार्वजनिक गर्ने श्रेष्ठको कावासोती सरुवा

  • ८

    मध्यवर्ती क्षेत्रः आवश्यकता कि समस्या

  • ९

    नारायणगढ–बुटवल सडकको भौतिक प्रगति ७० प्रतिशत

  • १०

    दाउन्ने क्षेत्रको सडकमा ढलान

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution