• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ जेष्ठ ३०, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

२

दुर्गा प्रसाईं पक्राउ

३

राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

४

एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

५

नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

६

गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

७

पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

८

७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

९

लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

१०

सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

११

समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक

१२

अमेरिकाको धम्की रोकिए समुद्री मार्ग खुल्ला गर्ने इरानको अडान

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    दाउन्ने क्षेत्रको सडकमा ढलान

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८२ श्रावण १४, बुधबार (१० महिना अघि)
    1

    Advertisement

    चितवन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटबल सडकखण्डमा पर्ने दाउन्ने क्षेत्रको सडकको दुरावस्थाले यात्रु र चालकहरुले निकै सास्ती पाए । नारायणगढ–बुटबलको ११३ किलोमिटर खण्डमध्ये अन्यत्र अधिकांश स्थानमा सडक कालोपत्रे भएर यात्रा सहज भए पनि दाउन्ने क्षेत्रमा पानी पर्नासाथ हिलो र पानी नपर्दा धुलोले सडक यात्रा निकै कष्टकर भयो । तर, अहिले भने दाउन्ने खण्डको यात्रा पनि सहज हुँदै गएको नारायणगढ–बुटवल सडक विस्तार आयोजनाले जनाएको छ ।

    आयोजनाको पूर्वी खण्डका सूचना अधिकारी शिव खनालले दाउन्नेको १३ किलोमिटर सडकको कामलाई गति दिने र यात्रालाई सहज बनाउने काम भैरहेको बताए ।

    सडकमा ढलान 

    दाउन्ने क्षेत्रको कूल १३ किलोमिटर सडकमध्ये ९ किलोमिटर पश्चिम खण्डमा ४ किलोमिटर पूर्वीखण्डमा पर्दछ । पूर्वीखण्डमा ४ किलोमिटर र पश्चिमखण्डमा ३ किलोमिटर ढलान गर्ने आयोजनाको तयारी छ । अहिलेसम्म पूर्वी खण्डको ४ किलोमिटरमध्ये ८ सय मिटर ढलान भइसकेको छ । ४ सय मिटर ढलानको तयारीमा छ । ८ सय मिटर लम्बाइमा ६.२५ किलोमिटर चौडाइमा करीव २ लेन ढलान भएको छ । अब थप १ लेन थपिने छ ।

    दाउन्नेमा करिब १३ मिटर चौडाइको ढलान बनाउने सोच आयोजनाको छ । पश्चिम खण्डमा ३ किलोमिटर ढलान गर्ने भनिएकोमा १.३ किलोमिटर ढलान भएको छ । पश्चिम खण्डको ६ किलोमिटर कालोपत्रे गर्ने भनिएकोमा बर्दघाटबाट नारायणगढतर्फ ३.५ किलोमिटर कालोपत्रे भैसकेको छ । बाँकी भाग कालोपत्रे गर्ने तयारी छ । पूर्वी खण्डको ४ किलोमिटरमा २२ सय मिटर मात्रै ढलान गर्ने कि पुरै ४ किलोमिटर नै ढलान गर्ने भन्ने विषय अझै टुंगो लाग्न बाँकी रहेको सूचना अधिकारी खनालले जानकारी दिए ।

    दाउन्नेमा पहिले ढलान गर्ने डिजाइन थिएन । तर, सडकको सबैभन्दा संवेदनशील खण्ड भएकाले ढलान गर्ने सोचमा आयोजना पुगेको हो । २५ प्रतिशत कममा ठेक्का हालेको चिनियाँ ठेकदार कम्पनीलाई कम हालेको रकम उपलब्ध गराउने गरी ढलान गरेर सडक मजबुद बनाउने विषयमा आयोजनाले पहल गरिरहेको सूचना अधिकारी खनालले बताए । पश्चिमखण्डले ३ किलोमिटर सबै ढलान गर्ने प्रस्ताव नै पेश गरिसकेको छ भने पूर्वीखण्डको पनि उस्तै प्रस्ताव छ ।

    दुबै खण्डमा भित्ता काट्ने काम लगभग सकिएको छ । कल्भर्टहरु बनाउने काम अन्तिम चरणमा पुगेका छन् । ‘भित्ता काटेको ठाउँमा रिटेनिङ वालको काम भैरहेको छ । वालको पनि ८० प्रतिशत जति काम सकिएको छ । कर्ल्भटको काम ९० प्रतिशतभन्दा बढी काम सकिएको छ,’ सूचना अधिकारी खनालले भने ।

    दशैंभित्र यात्रा सहज भइसक्ने दाबी

    भित्ता काट्ने र कल्भर्टको काम गर्दा पानी परेर हिलो भई सडक जाम भए पनि अहिले भने ती काम अन्तिम चरणमा पुगेसँगै सडक बन्द हुने अवस्था नरहेको खनालले बताए । उनले दशैंसम्म यात्रा सहज भइसक्ने दाबी गरे । ‘विनियीत्रिवेणी गाउँपालिकाबाट ५ सय टिपर ग्राभेलसमेत यही बीचमा हालेपछि सडक सहज भएको छ,’ खनालले भने, ‘आउने दशैंसम्म दाउन्नेमा पनि सडक धेरै सहज भइसक्ने गरी समूह–समूह बनाएर काम भैरहेको छ ।’

    ११३ किलोमिटर लामो नारायणगढ–बुटवल सडकखण्डलाई दुई भागमा विभाजन गरी सडक विस्तारको काम थालिएको थियो । नारायणगढदेखि दाउन्नेसम्म पूर्वी खण्ड (६५ किलोमिटर) र दाउन्नेदेखि बुटवलसम्म पश्चिम खण्ड (४९ किलोमिटर) सडक विस्तारको काम चाइना कन्स्ट्रक्सन प्रालिले १६ अर्ब ९९ करोडमा गर्ने गरी ठेक्का लिएको थियो ।

    गैंडाकोट–दाउन्ने खण्डको लागत ९ अर्ब १३ करोड १८ लाख ९५ हजार र दाउन्ने–बुटवलखण्डको लागत ७ अर्ब ८६ करोड ३४ लाख रुपैयाँ छ । सडकको हाल रहेको दुई लेनलाई बढाएर २९ किलोमिटर चार लेन र बजार क्षेत्रमा ७० किलोमिटर ६ लेन र दाउन्नेमा १३ किलोमिटर ३ लेन बनाउने गरी सडक विस्तार तथा स्तरोन्नति काम भैरहेको छ ।

    २०७५ चैत ८ मा सुरु भएको सडक विस्तारको काम २०७९ साउन २२ गते भित्र सकिनुपर्नेमा कोभिड महामारी, रुख कटान, विद्युत पोल सार्न ढिलाइ, खानेपानीको पाइपलाइन, स्थानीयको अवरोध, मजदुरका समस्या र ठेकेदार कम्पनीकै कारणले समयमा हुन सकेन । २०८० साउन ११ सम्म पहिलोपटक, २०८१ साउन ८ गतेसम्म दोस्रोपटक र २०८२ साउन ८ सम्मका लागि तेस्रोपटक म्याद थप गरिएको थियो । यो समयमा पनि काम नसकिएपछि ठेकेदारले थप १८ महिना थप म्याद मागेको छ । तर, सडक विभागले १ वर्ष मात्रै म्याद थप गर्ने सोच बनाएको छ ।

    एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा सडक विस्तारको काम भैरहेको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • दुर्गा प्रसाईं पक्राउ

  • राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग


  • Advertisement

    समाचार
  • १

    पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • २

    दुर्गा प्रसाईं पक्राउ

  • ३

    राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • ४

    एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

  • ५

    नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

  • ६

    गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • ७

    पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

  • ८

    ७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

  • ९

    लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

  • १०

    सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution