रुपन्देही।कपिलवस्तुमा भारतीय नागरिकमाथि गोली प्रहार भएको छ । जिल्लाको मायादेवी गाउँपालिका ४ चाकरचौडामा भारत सिद्धार्थनगर जिल्लाको अलिगढवाका ३५ वर्षीय ईरशाद खान माथि दुई गोली प्रहार भएको हो ।
चाकरचौडा बजारको एक होटलमा रहेका भारतीय नागरिक खान माथि काँध र कम्मरमा गरी दुई गोली लागेको कपिलवस्तुका प्रहरी उपरीक्षक प्रेम बहादुर बस्नेतले जानकारी दिए । गोली लागेर घाइते भएका उनलाई उपचारको लागि भारतको गोरखपुर मेडिकल कलेज पुर्याइएको बस्नेतले बताए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१