• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन २८, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

जब प्रतिस्पर्धाबाट प्रतिशोध जन्मन्छ, तब मानव जाति मानवकै लागि प्रत्युत्पादक बन्दछ

२

त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

३

बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

४

नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

५

कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

६

नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

७

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

८

बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

९

युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

१०

खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

११

३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

१२

नेकपा एमालेको नेतृत्व परिवर्तनमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८३ अषाढ २१, आईतबार (३ महिना अघि)
    1

    Advertisement

    मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य सडकको सम्पूर्ण कालोपत्रे तथा ढलान सडक निर्माण सम्पन्न भएको छ । आयोजनाको पूर्वी खण्ड अन्तर्गत पेभमेन्ट तर्फको बाइन्डर कोर्स, वेयरिङ कोर्स (अन्तिम कालोपत्रे) र कङ्क्रिट पेभमेन्ट (ढलान सडक) को सम्पूर्ण निर्माण शुक्रबारदेखि सम्पन्न भएको नारायणघाट–बुटवल सडक आयोजना (पूर्वी खण्ड) का सूचना अधिकारी एवं इञ्जिनियर शिव खनाले जानकारीदिनु भयो । “मुख्य सडकको कालोपत्रे र ढलान सडक निर्माण सम्पन्न भइसकेको छ । अब सडक सुरक्षा अन्तर्गतका कामहरु मात्र बाकीँ रहेका छन् ”,उहाँले भन्नु भयो, “यो सँगै सडक आयोजनाको पूर्वी खण्डको समष्टिगत भौतिक प्रगति ९२.३८ प्रतिशत पुगेको छ । ”

    उहाँका अनुसार निर्माण सम्पन्न भइसकेका अधिकांश खण्डमा सवारी आवागमन सहज भइसकेको छ भने बाँकी रहेका सहायक संरचनाको काम पनि अन्तिम चरणमा पुगेको छ । एसियाली विकास बैंक (एडीबी) को सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण भइरहेको ११३ किलोमिटर लामो नारायणघाट–बुटवल सडक आयोजना दुई खण्डमा विभाजन गरी कार्यान्वयन भइरहेको छ । गैँडाकोटदेखि दाउन्नेसम्म करिब ६५ किलोमिटर पूर्वी खण्ड र दाउन्नेदेखि बुटवलसम्म करिब ४८ किलोमिटर पश्चिमी खण्ड निर्माणाधीन छन् ।

    सन् २०१९ मा चीनको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग निर्माण सम्झौता भएको आयोजना कोभिड–१९ महामारी, वन क्षेत्रको रूख कटानमा ढिलाइ, विद्युत् तथा खानेपानीका संरचना स्थानान्तरण, नदीजन्य निर्माण सामग्रीको आपूर्ति समस्या तथा अन्य प्राविधिक कारणले निर्धारित समयमा सम्पन्न हुन सकेको थिएन ।
    पछिल्ला महिनामा निर्माण कार्यले उल्लेखनीय गति लिएसँगै पूर्वी खण्डमा मुख्य सडकको सम्पूर्ण कालोपत्रे सम्पन्न भएको हो । यसअघि अधिकांश पुल, कल्भर्ट, नाला, सेवा सडक र अन्य पूर्वाधार निर्माण सम्पन्न भइसकेका छन् ।

    सूचना अधिकारी खनालले बाँकी रहेका सडक सुरक्षा तथा सौन्दर्यीकरणसँग सम्बन्धित काम पनि क्रमशः सम्पन्न गरी आयोजना पूर्ण रूपमा हस्तान्तरण गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

    देशकै अत्यधिक सवारी चाप हुने पूर्व–पश्चिम राजमार्गअन्तर्गतको यो सडक विस्तार आयोजना सम्पन्न भएपछि नारायणघाट–बुटवल यात्रा थप सुरक्षित, सहज र छोटो हुने अपेक्षा गरिएको छ । यसले गण्डकी, लुम्बिनी र बागमती प्रदेशबीचको आवागमन, व्यापार तथा पर्यटन प्रवद्र्धनमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • जब प्रतिस्पर्धाबाट प्रतिशोध जन्मन्छ, तब मानव जाति मानवकै लागि प्रत्युत्पादक बन्दछ

  • त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति


  • Advertisement

    समाचार
  • १

    जब प्रतिस्पर्धाबाट प्रतिशोध जन्मन्छ, तब मानव जाति मानवकै लागि प्रत्युत्पादक बन्दछ

  • २

    त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • ३

    बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • ४

    नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

  • ५

    कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

  • ६

    नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

  • ७

    नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

  • ८

    बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

  • ९

    युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

  • १०

    खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution