• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ अषाढ २५, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

२

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

३

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

४

वन उद्यममा जोडिँदै नवलपुरका महिला

५

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

६

विविधिकृत खेतीतर्फ किसानको आकर्षण

७

नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

८

९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप

९

गृहद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

१०

चितवन राष्ट्रिय निकुञ्ज भित्रको जीप सफारी भोलिदेखि बन्द

११

घटिया काम नभई दौलत हुदैन ?

१२

कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    विविधिकृत खेतीतर्फ किसानको आकर्षण

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८३ अषाढ १६, मंगलबार (१ हफ्ता अघि)
    genger-farming.2026-05-03-03-05-36

    Advertisement

    नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को बुलिङटारका किसानहरू विविधिकृत खेतीतर्फ आकर्षित भएका छन् । यहाँका किसानले मुख्यबालीका रूपमा अदुवा, बेसार लगाएका छन् भने सहायक बालीका रूपमा चिप्लीभिन्डी र मकैबाली लगाएर आम्दानी गर्दैछन् । बुलिङटार–१ ढाडबेँसीका किसान टकबहादुर खण्डलुकले चार रोपनी क्षेत्रफलमा बेसारखेती गर्नुभएको छ । “मैले बेसारखेतीसँगै बारीमा भिन्डी र मकैखेतीसमेत गरेको छु”, उहाँले भन्नुभयो, “जसले गर्दा मलाई थोरै जमिनमा पनि धेरै उत्पादन गर्न सहयोग पुगेको छ ।” उहाँले तरकारीका रूपमा भिन्डी बजारमा बिक्री हुने र मकै बुङ्गुरको लागि दाना बन्ने गरेको बताउनुभयो ।

    “हामीले पहिलेपहिले एक ठाउँमा एउटामात्रै खेती गर्ने गरेका थियौँ, जसबाट धेरै आम्दानी गर्न सकिँदैनथ्यो”, उहाँले भन्नुभयो, “अहिले त बाली विविधिकृत खेतीका कारण एकसाथ धेरै प्रकारका खेती गरेर आम्दानी गर्न सफल भएका छौँ ।”

    डाढबेँसी पहाडी क्षेत्र भएकाले यहाँ अदुवा र बेसार राम्रो उत्पादन हुने उल्लेख गर्दै बेसार मानाको रु १०० मा बिक्री हुने गरेको बताउनुभयो । त्यस्तै, अदुवा पनि सिजनमा रु ६० मा बिक्री हुने गरेको भन्दै उहाँले वैशाखदेखि असोजसम्म अदुवाको राम्रो मूल्य पर्ने बताउनुभयो । यहाँका किसानले व्यक्तिगत रूपमा विविधिकृत खेतीसँगै सामूहिक रूपमा समेत खेती गर्दै आएका छन् ।

    मङ्गलादेवी कृषक समूहकी सदस्य लक्ष्मी श्रेष्ठले सामूहिक रूपमा १० रोपनी क्षेत्रफलमा अदुवा र बेसार लगाएको बताउनुभयो । “हामी १५ जना मिलेर पाखो बारीमा सामूहिक खेती गरेका छौँ”, उहाँले भन्नुभयो, “हामीले मुख्य बालीका रूपमा अदुवा र बेसार लगाएका छौँ भने सहायक बालीका रूपमा मकै र भिन्डी लगाएका छौँ ।”

    समूहमा मिलेर काम गर्दा काम गर्न सहज र छिटो भएको उल्लेख गर्दै उहाँले सामूहिकताको भावनासमेत वृद्धि भएको बताउनुभयो । “सामूहिक खेतीबाट उत्पादनमात्रै बढेको छैन, हामीमा नेतृत्व सीपसमेत बढेको छ”, उहाँले भन्नुभयो, “समूहमा मिलेर काम गर्न पनि सिकेका छौँ ।” किसानले लगाएको सामूहिक र विविधिकृत खेती गर्दा स्थानीय प्रजातिका बालीहरू लगाउँदै आएको उहाँले बताउनुभयो ।

    डाढबेँसीका किसानहरू अहिले अदुवाको बूढी ९रोपेको अदुवा उम्रिएपछि जमिनमुनिबाट निकालिने पुरानो अदुवा÷बीउ अदुवा० निकाल्न व्यस्त छन् । अकलादेवी कृषक समूहकी उपाध्यक्ष मैना विकले अदुवाको बूढी निकालेर बिक्री गर्दा यसबाट मनग्य आम्दानी हुने गरेको बताउनुभयो । “पहिला हामीले अदुवा लगाएर यत्तिकै छाड्ने गरेका थियौँ, बूढी माटोमा कुहिएर सकिन्थ्यो”, उहाँले भन्नुभयो, “हामीले बाली विविधिकृतबारे तालिम लिएपछि बूढी अदुवा निकालेर बिक्री गर्दै आम्दानी गर्न थालेका छौँ ।”

    उहाँको समूहले पनि पाँच रोपनी क्षेत्रफलमा अदुवा र बेसारखेती गरेको छ । “अहिले अदुवा र बेसार गोडमेलको बेला भएको छ”, उहाँले भन्नुभयो, “गोडमेलसँगै अदुवाको बूढी पनि निकालेर भण्डारण गर्दैछौँ ।” बाली विविधिकृत खेती सुरु गरेपछि यहाँका किसानहरूको जीवनस्तरमा सुधार आएको विकले बताउनुभयो । “पहिला खेती गर्दा हामीलाई घरमै खान मुस्किल हुने गरेको थियो”, उहाँले भन्नुभयो, “अहिले त अदुवा र बेसार बारीमा मकै र भिन्डीबाट अतिरिक्त आम्दानी पनि गर्न सफल भएका छौँ ।”

    बुलिङटार गाउँपालिकाकी पूर्वउपाध्यक्षसमेत रहनुभएकी विकले विविधिकृत खेतीका लागि पालिका र कारितास नेपालले सहयोग गरेको बताउनुभयो । “हामीले स्थानीय तर उन्नत जातका बीउहरू पाएका छौँ”, उहाँले भन्नुभयो, “योसँगै कृषि प्राविधिकहरू बारीमै आएर खेती हेर्ने तथा हामीलाई प्राविधिक विषयमा सहजीकरण गर्दै आउनुभएको छ ।” यहाँका किसाले अहिले अदुवा र बेसारसँगै जीविकोपार्जनका लागि मुसुरो, केराउ, गहत, बोडी, सिमी, काउली, भिन्डी, करेला, काँक्रा, फर्सीलगायतका खाद्यान्न लगाउन थालेका विकको भनाइ छ ।रासस

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • वन उद्यममा जोडिँदै नवलपुरका महिला

  • नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न


  • Advertisement

    समाचार
  • १

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • २

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • ३

    मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • ४

    वन उद्यममा जोडिँदै नवलपुरका महिला

  • ५

    नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

  • ६

    विविधिकृत खेतीतर्फ किसानको आकर्षण

  • ७

    नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

  • ८

    ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप

  • ९

    गृहद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

  • १०

    चितवन राष्ट्रिय निकुञ्ज भित्रको जीप सफारी भोलिदेखि बन्द

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution