• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ बैशाख २१, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

जेनजी आन्दोलनमा फरार अभियुक्तद्वारा देवचुलीमा हत्या र लुटपाट, काठमाडौंबाट पक्राउ

२

जापान पुग्ने लक्ष्यका लागि कावासोतीमै उत्कृष्ट विकल्प : बलिखिना ल्याङ्ग्वेज एकेडेमी

३

केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

४

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

५

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

६

नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

७

पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

८

मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

९

पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

१०

मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

११

उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

१२

मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

       ढिकी–ओखलमा धान कुटने प्रचलन हराउँदै   

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७८ चैत्र २०, आईतबार (४ साल अघि)
    dhiki-685x457

    Advertisement

    कञ्चनपुर, ।    आधुनिक कुटानी–पिसानीका मिल सञ्चालनमा आएसँगै जिल्लामा ढिकी र ओखलमा धान कुटने प्रचलन हराउँदै जान थालेको छ । थारू समुदायले ढिकी र पहाडी समुदायले ओखलमा धान कुटने कार्य गर्दै आएका थिए । घरघरमै ढिकी र ओखल बनाइएका हुन्थ्ये ।

    हाल कुटानी–पिसानीका मिल ठाउँ–ठाउँमा सञ्चालनमा आएसँगै ढिकी र ओखल देख्नैसमेत मुस्किल हुन थालेको छ । ढिकी र ओखलमा धान कुटदा निकै श्रम गर्नुपर्ने र समयसमेत धेरै लाग्ने भएकाले यसको प्रचलन हट्दै गएको तेजबहादुर शाहले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “महिलालाई निकै बोझ थियो, ठूलो परिवारका महिलाले निकै परिश्रम गर्नु पर्दथ्यो । धान कुटने कार्य महिलाले मात्रै गर्दथे । हाल मिल सञ्चालन भएपछि महिलाको कार्यबोझ घटेको छ ।” मिलमा ल्याउन लैजानमात्रै समय लाग्ने गरेको छ ।

    ढिकी र ओखलमा चार–पाँच दिन लगाएर कुटिने धान मिलमा थोरै समयमा कुटिने गरेको उहाँको भनाइ छ । “बिहानीको झिसमिसेमै उठेर महिलाले ढिकीमा धान कुटने गर्दथे”, सुम्नी चौधरीले भन्नुभयो, “ती दिन थारू समुदायका महिलाका लागि कष्टका दिन थिए ।”

    ठूलो परिवार हुने महिलाले त राति १२ बजै उठेर ढिकीमा धान कुटनु पर्दथ्यो । एक दिन कुटेको धानको चामल दुई दिनका लागि मात्रै पुग्दथ्यो । फेरि धान कुट्नका लागि जुटनुपर्दथ्यो ।” दिनभरि घरको काम, राति पूरै निद नसुतेर ढिकी कुट्नुपर्ने ती पुराना दिन सम्झँदा आजभोलि सपनाझैँ लाग्ने गरेको उहाँको भनाइ छ । ढिकीमा दुईदेखि चार जनासम्मले धान कुट्नका लागि काम गर्नु पर्दथ्यो । “दशैँलगायतका चाडपर्वमा विगतमा चामल कुटेर भिजाइ पुनः ढिकीमै पिठो बनाउनु पर्दथ्यो”, कल्लु ढकहेरले भन्नुभयो, “त्यसबेला थारै ठाउँमा मात्रै मिल थिए, सबैको पहुँच थिएन, पहुँच भए पनि सबैसँग खर्चको अभाव हुन्थ्यो । त्यसैले घरमै बनाएका ढिकीमा धानबाट चामल र पिठो बनाउथ्यौँ ।”

    ढिकीमा कुटेको धानको चामल मिलको तुलनामा खानमा निकै मिठो हुने गरेको उहाँको अनुभव रहेको छ । ढिकीमा धान कुट्ने कार्यगर्दा सासु–बुहारीबीच गीत गाउने चलनसमेत रहेको कालुराम डगौराले बताउनुभयो । उहाँका अनुसार ढिकी कुट्नकै लागि सासुले बुहारीमा गीतमै सवाल–जफावसमेत हुने गर्दथे ।

    सासु ः ‘उठोउठो रे ढिया रे पठोरी उठो ढिकी कुट हली
    मुर्गा बाँग छोडल उठो हली’

    (प्यारी लाडली बुहारी बिहानीको उज्यालो हुनैथाल्यो, कुखुराले डाँको छाड्न थाल्यो ढिकी कुट्न उठ)

    बुहारी ः ‘कहना त कहलो सासु, कामके बात कहलो
    नानु बलुखा दूधनै छोअरि हो मै कैसे उठजाउ’

    (उठ्नका लागि भन्यौँ सासु, कामको कुरा हो, सानो बालकले दूध खान थालेको छ, छोडिराखेको छैन कसरी उठु)

    यस्ता प्रकारले गीतमै सवाल–जफाव हुने गरेको डगौराले बताउनुभयो । “गीतकै बोल सुन्दा बुहारीलाई कति दुःख हुन्थ्यो, यसैबाट थाहा हुन्छ”, उहाँले भन्नुभयो । घरका बुहारीलाई ढिकी कुट्न निकै कष्ट थियो । हाल आधुनिक मिलहरु गाउँ–गाउँमा आएपछि निकै सहजता भएको उहाँको भनाइ छ ।

    “हाल विद्युत् नभएका बेला मिल सञ्चालन नहँुदा पर्खनुपर्दछ”, उहाँले भन्नुभयो, “त्यो बेला परनिरर्भता भने थिएन । आफ्नै घरमा ढिकी हुन्थ्यो । जति बेला चामल सकियो, त्यही बेला धान कुट्न सकिन्थ्यो ।

    मिलमा लाग्ने खर्चसमेत बच्ने गर्दथ्यो । जीवनशैली सहज भएसँगै खर्चसमेत बढेको छ ।” ढिकी बनाउँदा मुसरा, ढिकी, चुक्का, टेक्वा, धुर्ला, टेकुवा, सामलगायत काठबाटै बन्ने गरेको उहाँले बताउनुभयो । बलियो काठ सान्नानलगायत पाउनै छाडेपछि ढिकीको प्रचलन विस्तारै हराउँदै गएको उहाँको भनाइ छ । पहाडी समुदायले ढिकी र ओखल दुवै धान कुट्नका लागि प्रयोगमा ल्याउने गरेका थिए ।

    कुनै परिवारको घरका पालीमा ढिकी र कुनैको आँगनको कुनामा धान कुट्नका लागि ओखल बनाइएको हुन्थ्यो । हाल धान कुट्न प्रयोग हुने दुवै छैनन् । “बलियो काठको ओखल बनाउने गरिन्थ्यो”, कलावती बोहराले भन्नुभयो, “मुसलमा फलामको साम राखेर धान कुट्ने काम हुन्थ्यो । महिलाले सुस्केरा हाल्दै धान कुट्ने गर्दथे । ओखलअनुसार दुई र एक मुसलको प्रयोग हुन्थ्यो । ओखलमै घरमै पाक्नै आँटेको धानलाई भुटेर चिउरासमेत बनाइन्थ्यो । जुन खानमा निकै मीठो हुन्थ्यो ।”

    हाल ओखल प्रचलन छैन । यसको प्रचलन हटेपछि मिलमै धान कुट्ने गरिँदै आएको उहाँको भनाइ छ । ढिकी र ओखलको प्रचलन यहाँका ग्रामीण क्षेत्रमा मात्रै नभएर निकटवर्ती भारतीय क्षेत्रमा समेत प्रचलनमा रहेका थिए । ढिकी र ओखल यहाँका बासिन्दाको पुरानो पहिचानका रूपमा रहेकाले यसलाई जोगाउनका लागि पहल गर्नुपर्ने स्थानीय बुद्धिजीवीहरूको भनाइ छ । “ढिकी र ओखलजस्तै पुराना पहिचान भएका वस्तुको जगेर्ना गर्नमा स्थानीय तहले चासो दिनुपर्ने हुन्छ”, धर्मानन्द जोशी भन्नुहुन्छ, “नयाँ पुस्ताले यस्ता वस्तु तथा पूरा काठका यन्त्रबारे जानकारी पाउँछन् । पर्यापर्यटनलाई समेत बढावा दिन सकिन्छ ।”     (रासस)
    –––

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • जेनजी आन्दोलनमा फरार अभियुक्तद्वारा देवचुलीमा हत्या र लुटपाट, काठमाडौंबाट पक्राउ

  • जापान पुग्ने लक्ष्यका लागि कावासोतीमै उत्कृष्ट विकल्प : बलिखिना ल्याङ्ग्वेज एकेडेमी

  • केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

  • नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात


  • Advertisement

    समाचार
  • १

    जेनजी आन्दोलनमा फरार अभियुक्तद्वारा देवचुलीमा हत्या र लुटपाट, काठमाडौंबाट पक्राउ

  • २

    जापान पुग्ने लक्ष्यका लागि कावासोतीमै उत्कृष्ट विकल्प : बलिखिना ल्याङ्ग्वेज एकेडेमी

  • ३

    केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

  • ४

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • ५

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • ६

    नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

  • ७

    पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

  • ८

    मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

  • ९

    पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

  • १०

    मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution