• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ श्रावण ७, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

२

राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

३

मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

४

पूर्वपश्चिम राजमार्ग अवरुद्ध

५

सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

६

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

७

विनयी खोलामा डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

८

नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

९

नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

१०

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

११

कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

१२

प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

       ढिकी–ओखलमा धान कुटने प्रचलन हराउँदै   

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७८ चैत्र २०, आईतबार (३ साल अघि)
    dhiki-685x457

    Advertisement

    कञ्चनपुर, ।    आधुनिक कुटानी–पिसानीका मिल सञ्चालनमा आएसँगै जिल्लामा ढिकी र ओखलमा धान कुटने प्रचलन हराउँदै जान थालेको छ । थारू समुदायले ढिकी र पहाडी समुदायले ओखलमा धान कुटने कार्य गर्दै आएका थिए । घरघरमै ढिकी र ओखल बनाइएका हुन्थ्ये ।

    हाल कुटानी–पिसानीका मिल ठाउँ–ठाउँमा सञ्चालनमा आएसँगै ढिकी र ओखल देख्नैसमेत मुस्किल हुन थालेको छ । ढिकी र ओखलमा धान कुटदा निकै श्रम गर्नुपर्ने र समयसमेत धेरै लाग्ने भएकाले यसको प्रचलन हट्दै गएको तेजबहादुर शाहले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “महिलालाई निकै बोझ थियो, ठूलो परिवारका महिलाले निकै परिश्रम गर्नु पर्दथ्यो । धान कुटने कार्य महिलाले मात्रै गर्दथे । हाल मिल सञ्चालन भएपछि महिलाको कार्यबोझ घटेको छ ।” मिलमा ल्याउन लैजानमात्रै समय लाग्ने गरेको छ ।

    ढिकी र ओखलमा चार–पाँच दिन लगाएर कुटिने धान मिलमा थोरै समयमा कुटिने गरेको उहाँको भनाइ छ । “बिहानीको झिसमिसेमै उठेर महिलाले ढिकीमा धान कुटने गर्दथे”, सुम्नी चौधरीले भन्नुभयो, “ती दिन थारू समुदायका महिलाका लागि कष्टका दिन थिए ।”

    ठूलो परिवार हुने महिलाले त राति १२ बजै उठेर ढिकीमा धान कुटनु पर्दथ्यो । एक दिन कुटेको धानको चामल दुई दिनका लागि मात्रै पुग्दथ्यो । फेरि धान कुट्नका लागि जुटनुपर्दथ्यो ।” दिनभरि घरको काम, राति पूरै निद नसुतेर ढिकी कुट्नुपर्ने ती पुराना दिन सम्झँदा आजभोलि सपनाझैँ लाग्ने गरेको उहाँको भनाइ छ । ढिकीमा दुईदेखि चार जनासम्मले धान कुट्नका लागि काम गर्नु पर्दथ्यो । “दशैँलगायतका चाडपर्वमा विगतमा चामल कुटेर भिजाइ पुनः ढिकीमै पिठो बनाउनु पर्दथ्यो”, कल्लु ढकहेरले भन्नुभयो, “त्यसबेला थारै ठाउँमा मात्रै मिल थिए, सबैको पहुँच थिएन, पहुँच भए पनि सबैसँग खर्चको अभाव हुन्थ्यो । त्यसैले घरमै बनाएका ढिकीमा धानबाट चामल र पिठो बनाउथ्यौँ ।”

    ढिकीमा कुटेको धानको चामल मिलको तुलनामा खानमा निकै मिठो हुने गरेको उहाँको अनुभव रहेको छ । ढिकीमा धान कुट्ने कार्यगर्दा सासु–बुहारीबीच गीत गाउने चलनसमेत रहेको कालुराम डगौराले बताउनुभयो । उहाँका अनुसार ढिकी कुट्नकै लागि सासुले बुहारीमा गीतमै सवाल–जफावसमेत हुने गर्दथे ।

    सासु ः ‘उठोउठो रे ढिया रे पठोरी उठो ढिकी कुट हली
    मुर्गा बाँग छोडल उठो हली’

    (प्यारी लाडली बुहारी बिहानीको उज्यालो हुनैथाल्यो, कुखुराले डाँको छाड्न थाल्यो ढिकी कुट्न उठ)

    बुहारी ः ‘कहना त कहलो सासु, कामके बात कहलो
    नानु बलुखा दूधनै छोअरि हो मै कैसे उठजाउ’

    (उठ्नका लागि भन्यौँ सासु, कामको कुरा हो, सानो बालकले दूध खान थालेको छ, छोडिराखेको छैन कसरी उठु)

    यस्ता प्रकारले गीतमै सवाल–जफाव हुने गरेको डगौराले बताउनुभयो । “गीतकै बोल सुन्दा बुहारीलाई कति दुःख हुन्थ्यो, यसैबाट थाहा हुन्छ”, उहाँले भन्नुभयो । घरका बुहारीलाई ढिकी कुट्न निकै कष्ट थियो । हाल आधुनिक मिलहरु गाउँ–गाउँमा आएपछि निकै सहजता भएको उहाँको भनाइ छ ।

    “हाल विद्युत् नभएका बेला मिल सञ्चालन नहँुदा पर्खनुपर्दछ”, उहाँले भन्नुभयो, “त्यो बेला परनिरर्भता भने थिएन । आफ्नै घरमा ढिकी हुन्थ्यो । जति बेला चामल सकियो, त्यही बेला धान कुट्न सकिन्थ्यो ।

    मिलमा लाग्ने खर्चसमेत बच्ने गर्दथ्यो । जीवनशैली सहज भएसँगै खर्चसमेत बढेको छ ।” ढिकी बनाउँदा मुसरा, ढिकी, चुक्का, टेक्वा, धुर्ला, टेकुवा, सामलगायत काठबाटै बन्ने गरेको उहाँले बताउनुभयो । बलियो काठ सान्नानलगायत पाउनै छाडेपछि ढिकीको प्रचलन विस्तारै हराउँदै गएको उहाँको भनाइ छ । पहाडी समुदायले ढिकी र ओखल दुवै धान कुट्नका लागि प्रयोगमा ल्याउने गरेका थिए ।

    कुनै परिवारको घरका पालीमा ढिकी र कुनैको आँगनको कुनामा धान कुट्नका लागि ओखल बनाइएको हुन्थ्यो । हाल धान कुट्न प्रयोग हुने दुवै छैनन् । “बलियो काठको ओखल बनाउने गरिन्थ्यो”, कलावती बोहराले भन्नुभयो, “मुसलमा फलामको साम राखेर धान कुट्ने काम हुन्थ्यो । महिलाले सुस्केरा हाल्दै धान कुट्ने गर्दथे । ओखलअनुसार दुई र एक मुसलको प्रयोग हुन्थ्यो । ओखलमै घरमै पाक्नै आँटेको धानलाई भुटेर चिउरासमेत बनाइन्थ्यो । जुन खानमा निकै मीठो हुन्थ्यो ।”

    हाल ओखल प्रचलन छैन । यसको प्रचलन हटेपछि मिलमै धान कुट्ने गरिँदै आएको उहाँको भनाइ छ । ढिकी र ओखलको प्रचलन यहाँका ग्रामीण क्षेत्रमा मात्रै नभएर निकटवर्ती भारतीय क्षेत्रमा समेत प्रचलनमा रहेका थिए । ढिकी र ओखल यहाँका बासिन्दाको पुरानो पहिचानका रूपमा रहेकाले यसलाई जोगाउनका लागि पहल गर्नुपर्ने स्थानीय बुद्धिजीवीहरूको भनाइ छ । “ढिकी र ओखलजस्तै पुराना पहिचान भएका वस्तुको जगेर्ना गर्नमा स्थानीय तहले चासो दिनुपर्ने हुन्छ”, धर्मानन्द जोशी भन्नुहुन्छ, “नयाँ पुस्ताले यस्ता वस्तु तथा पूरा काठका यन्त्रबारे जानकारी पाउँछन् । पर्यापर्यटनलाई समेत बढावा दिन सकिन्छ ।”     (रासस)
    –––

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

  • राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

  • मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • पूर्वपश्चिम राजमार्ग अवरुद्ध


  • Advertisement

    समाचार
  • १

    मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

  • २

    राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

  • ३

    मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • ४

    पूर्वपश्चिम राजमार्ग अवरुद्ध

  • ५

    सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

  • ६

    नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

  • ७

    विनयी खोलामा डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

  • ८

    नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

  • ९

    नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

  • १०

    संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution