• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण १५, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

२

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

३

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

४

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

५

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

६

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

७

वन उद्यममा जोडिँदै नवलपुरका महिला

८

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

९

विविधिकृत खेतीतर्फ किसानको आकर्षण

१०

नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

११

९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप

१२

गृहद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    पूर्वी नवलपरासीमा चुनावी सरगर्मी बढ्यो

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ आश्विन २८, शुक्रबार (३ साल अघि)
    chunab-pic

    Advertisement

    कावासोती । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पूर्वी नवलपरासीमा उम्मेदवारी दर्तासँगै चुनावी सरगर्मी बढेको छ । दुई प्रतिनिधिसभा र चार प्रदेशसभा सदस्यका लागि हुने निर्वाचनमा विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गरेपछि जिल्लाको माहोल तात्न थालेको हो । जिल्लामा शीर्ष नेताले उम्मेदवारी दिएकाले पनि चुनावको चर्चा बढेको छ ।प्रतिनिधिसभातर्फ दुई निर्वाचन क्षेत्र रहेको पूर्वी नवलपरासीमा सत्तागठबन्धनबाट प्रतिनिधिसभा क्षेत्र नं १ मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शशाङ्क कोइराला र नेकपा एमालेबाट केन्द्रीय सदस्य कृष्ण पौडेलबीचको प्रतिस्पर्धालाई चासोका रुपमा हेरिएको छ भने क्षेत्र नं २ को प्रतिनिधिसभातर्फ सत्तागठबन्धनबाट कांग्रेसका विष्णुकुमार कार्की र एमालेका केन्द्रीय सदस्य तिलबहादुर महतबीच प्रतिस्पर्धा हुने देखिएको छ । कोइराला र महत यसअघि पनि क्रमशः क्षेत्र नं १ र २ बाट निर्वाचित हुनुभएको थियो ।

    जिल्लाका प्रतिनिधिसभा तथा प्रदेशसभाका क्षेत्रमा पनि विशेषगरी सत्ता गठबन्धनबाट र नेकपा एमालेबीच प्रतिस्पर्धा हुने देखिएको छ । प्रदेशसभातर्फ क्षेत्र नं १ को ‘क’ मा सत्ता गठबन्धनबाट कांग्रेस जिल्ला सभापति महेन्द्रध्व जजिसी र एमालेबाट एमाले केन्द्रीय सदस्य रविन्द्र अधिकारी चुनाबी मैदानमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ भने क्षेत्र नं १ को ‘ख’मा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका लोकप्रसाद भूर्तेल र एमालेबाट रोशनबहादुर गाहाले उम्मेदवारी दिनुभएको छ ।

    त्यसैगरी क्षेत्र नं २ मा प्रदेशसभातर्फ ‘क’मा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका सौगमकुमार सिरपाली र एमालेबाट पद्ममा जिसीको उम्मेदवारीलाई चासोका रुपमा हेरिएको छ भने प्रदेशसभातर्फ ‘ख’मा सत्ता गठबन्धनबाट नेकपा एसका डा गोपाल खनाल र एमालेका लक्ष्मणबहादुर पाण्डेबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

    निर्वाचनको तयारीस्वरूप सत्तारूढ गठबन्धन र प्रमुख प्रतिपक्षीदलले बैठक र भेला सुरु गर्न थालेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राप्रपालगायतका दलले बैठक र भेलालाई तीव्रता दिएका हुन् ।
    दुई लाख ६० हजार चार सय ६१ मतदाता

    प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि नवलपुरमा मतदाताको सङ्ख्या दुई लाख ६० हजार चार सय ६१ पुगेको छ । दुई वटा प्रतिनिधिसभा सदस्यको निर्वाचन क्षेत्र रहेको जिल्लामा एक लाख २४ हजार तीन सय ३६ पुरुष, एक लाख ३६ हजार एक सय २१ महिला र अन्य चार मतदाता रहेका निर्वाचन आयोगले शनिबार सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीमा जनाइएको छ ।

    आयोगका अनुसार जिल्लाको प्रतिनिधिसभा क्षेत्र नं १ मा ६२ हजार पाँच सय ९६ पुरुष, ६८ हजार पाँच सय ८४ महिला र अन्य एक जना गरी जम्मा एक लाख ३१ हजार एक सय ८१ र प्रतिनिधिसभा क्षेत्र नं २ मा ६१ हजार सात सय ४० पुरुष र ६७ हजार पाँच सय ३७ महिला र अन्य तीन जना गरी एक लाख २९ हजार दुई सय ८० मतदाताले आगामी निर्वाचनमा मतदान गर्न पाउनेछन् ।

    प्रदेशसभातर्फ क्षेत्र नं १ को ‘क’ मा ३० हजार चार सय ५५ पुरुष, ३३ हजार ०८० महिला गरी ६३ हजार पाँच सय ३५, प्रदेशसभा १ ‘ख’ मा ३२ हजार एक सय ४१ पुरुष, ३५ हजार पाँच सय चार महिला र अन्य एक गरी ६७ हजार छ सय ४६ मतदाता रहेको आयोगले जनाएको छ ।

    त्यस्तै प्रदेशसभा २ को ‘क’ मा ३० हजार नौ सय ४३ पुरुष, ३३ हजार पाँच सय ७४ महिला र अन्य एक गरी ६४ हजार पाँच सय १८, प्रदेशसभा २ को ‘ख’ मा ३० हजार सात सय ९७ पुरुष, ३३ हजार नौ सय ६३ महिला र दुई अन्य गरी जम्मा ६४ हजार सात सय ६२ मतदाता रहेको आयोगले जनाएको छ ।

    त्यस्तै निर्वाचन आयोगले जिल्लामा आगामी निर्वाचनका लागि एक सय १३ मतदानस्थल र तीन सय दुई वटा मतदान केन्द्र रहने जनाएको छ । प्रतिनिधिसभातर्फ क्षेत्र नं १ मा ५७ मतदानस्थल र एक सय ५३ मतदान केन्द्र र क्षेत्र नं २ मा ५६ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र रहेका छन् ।

    ६८ जना उम्मेदवार

    मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नवलपुरमा आइतबार भएको मनोनयन दर्तामा ७६ जनाले उम्मेदवारी दर्ता गराएकामा आठ जनाले उम्मेदवारी फिर्ता गरेपछि उम्मेदवारी दिनेको सङ्ख्या ६८ जना पुगेको छ । दुई सङ्घीय निर्वाचन क्षेत्र र ४ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा जम्मा पाँच महिलाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा


  • Advertisement

    समाचार
  • १

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • २

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • ३

    स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • ४

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • ५

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • ६

    मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • ७

    वन उद्यममा जोडिँदै नवलपुरका महिला

  • ८

    नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

  • ९

    विविधिकृत खेतीतर्फ किसानको आकर्षण

  • १०

    नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution