काठमाडौं।प्रतीक्षित भारतीय फिल्म आगामी सन् २०२५ मा रिलिज हुने भएको छ । निर्माण कम्पनी होम्बले फिल्म्सले अभिनेता यशको जन्मदिन छेकोमा प्रदर्शन मिति बाहिर ल्याएको हो ।भारतीय सञ्चारमाध्यमका अनुसार होम्बले फिल्म्सका संस्थापक विजय किरणगन्दुरका अनुसार सन् २०२५ मा फिल्मको तेस्रो श्रृंखला सार्वजनिक हुनेछ ।यतिबेला फिल्म निर्देशक प्रशान्त नील ‘सालार’को निर्माणमा व्यस्त छन्, त्यसपछि उनी ‘केजीएफ ३’ को काममा लाग्नेछन् ।