


काठमाडौं ।काठमाडौं महानगरपालिकका नगर प्रहरी प्रमुख राजु पाण्डेलाई आक्रमण गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार साँझ नेपाल प्रहरीले सुनसरीबाट नारायण परिश्रमिक र काठमाडौंको शंखमुलबाट हुकुमबहादुर लामालाई पक्राउ गरेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता सिताराम रिजालले जानकारी दिए ।काठमाडौं महानगरले प्रहरीमा दिएको जाहेरीका आधारमा प्रहरीले उनीहरुरुलाई पक्राउ गरेर ज्यान मार्ने उद्योग र आपराधिक उपद्रो कसुरमा मुद्दा दर्ता गरेको जनाएको छ ।

१२ मंसिरमा थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्ती खाली गर्न जाँदा महानगर प्रहरी पाण्डेमाथि बस्तीका स्थानीयले आक्रमण गरेका थिए । सोही आक्रमणमा पाण्डे सहित ३६ जना नगर प्रहरी घाइते भएको महानगरले जनाएको थियो ।







मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१