• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन ३०, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

२

मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

३

महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

४

नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

५

नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

६

पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

७

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

८

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

९

घट्यो सुनचाँदीको मूल्य

१०

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

११

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

१२

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    आश्रमकी बालिकामाथि यौन दुर्व्यवहार, सञ्चालिकाका श्रीमान पक्राउ

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ चैत्र ७, मंगलबार (२ साल अघि)
    sexual-harassment

    Advertisement

    चितवन।चितवनको देवघाटमा सञ्चालित रामजानकी बालिका आश्रममा आश्रित एक बालिकामाथि आश्रम सञ्चालिकाका श्रीमानले यौनजन्य दुर्व्यवहार गरेको घटना सार्वजनिक भएको छ ।बालिकाले आश्रम सञ्चालिका सावित्रीदेवी टण्डनका श्रीमान कृष्णबहादुर टण्डनले आफूमाथि पटकपटक यौनजन्य दुर्व्यवहार गरेको आरोप लगाइएकी हुन् । कक्षा ११ मा पढ्ने १४ वर्षीया बालिकाका अनुसार कृष्णबहादुरले यौनजन्य दुर्व्यवहार पटकपटक दोहोर्याएपछि आश्रमबाट भागेर गत फागुन १८ गते साथीको घरमा आश्रय लिएकी थिइन् ।उनले आफूमाथि भएको दुर्व्यवहारबारे जानकारी दिँदा पनि आश्रम सञ्चालिका टण्डनले नसुनेको आरोप लगाइन् । उल्टै आफूलाई कागज गराइ टण्डनले फागुन १९ मा पारिवारिक पुनर्मिलन भन्दै मकवानपुरस्थित घर पु¥याएको पीडित बालिकाले बताइन् । घर पु¥याए पनि न्याय पाउनुपर्ने भन्दै चितवन फर्केकी उनले भरतपुर महानगरको बाल कल्याण अधिकारीसमक्ष न्याय मागेकी छन् । उनले हिम्मत गरेर फागुन २५ गते भरतपुर महानगरपालिकाका बाल कल्याण अधिकारीसमक्ष निवेदन दिई आफ्नो व्यवस्थापन गरिदिन अनुरोध गरेकी हुन् ।

    त्यसपछि पनि दुर्व्यवहार प्रभावित बालिकालाई न्यायिक प्रक्रियामा लैजानुको सट्टा महानगरकी बाल कल्याण अधिकारी शान्ताकुमारी पौडेलको रोहवरमा यौनजन्य दुर्व्यवहारका आरोपित कृष्णबहादुर र आश्रम सञ्चालिका सावित्रीदेवीसहित राखेर भरतपुर महानगरमा छलफल गराइएको थियो ।छलफलमा आफूमाथि पटक पटक कृष्णबहादुरले यौनजन्य दुर्व्यवहारसँगै बलात्कार प्रयाससमेत गरेको बालिकाले गुनासो गरिन् । उनले आफूमाथि भएको दुर्व्यवहारबारे सञ्चालक समितिका अन्य सदस्यले पनि विश्वास नगरेको पत्रमा उल्लेख गरेकी छन् ।

    पछिल्लो पटक आफ्नो जन्मदिनको दिन गत कात्तिक २५ गते कृष्णबहादुरले आफ्नो कोठामा लगेर बलात्कारको प्रयास गरेको बताउँदै आफूले न्याय पाउनुपर्ने बालिकाको माग छ । उनले गलत छुवाइ गर्ने, अँगालो हाल्ने, चुम्बन गर्ने जस्ता क्रियाकलाप पटकपटक दोहोर्‍याएको बताउँदै पीडकलाई कारबाही हुनुपर्ने अडान लिएकी छन् । उनको अडानपछि चैत ५ गते जिल्ला प्रहरी कार्यालय चितवनमा भरतपुर महानगरकी बालकल्याण अधिकारी पौडेलले आरोपित झिकाइ अनुसन्धान गर्न अनुरोध गर्दै पत्र लेखेकी छन् ।

    आरोपित ५७ वर्षीय कृष्णबहादुरलाई प्रहरीले पक्राउ गरेको छ । पीडित बालिका भरतपुरकै एक अल्पकालीन आश्रयस्थलमा छिन् । बालिका ११ वर्षदेखि उक्त आश्रममा बस्दै आएकी थिइन् । मकवानपुर घर भएकी उनको आमाको मृत्यु भएको र बाबु मानसिक समस्यामा रहेका छन् । जानकी आश्रमकी सञ्चालिका टण्डन भने बालिकालाई आफ्नो श्रीमानले केही नगरेको दाबी गर्छिन् । उनले बलात्कार प्रयास भएको भनिएको मितिपछि पनि पटकपटक आफ्नो श्रीमानसँग बालिकाले टिकटक बनाएको भन्दै झूटो आरोप लगाएको गुनासो गरिन् ।तर, छोरीहरुले मायाले बुबा भन्ने भएकाले गालामा चुम्बन गर्नु भनेको सामान्य भएको सञ्चालिका टण्डन बताउँछिन् । भरतपुर महानगरको बालगृह सञ्चालन नियमावलीअनुसार एकाघरका परिवारका सदस्य नै बसेर बालगृह सञ्चालन गर्न पाइँदैन । तर, रामजानकी बालिका आश्रममा सञ्चालिका टण्डनसँगै उनका श्रीमान र भाइ पनि बस्दै आएका छन् । टण्डनले आश्रमको गाडी चलाउने र गाई दुहुने काममा श्रीमान कृष्णबहादुरले सहयोग गर्दै आएको बताइन् ।उनले श्रीमान र भाइलाई अर्कै कोठामा बस्ने व्यवस्था गरेकाले बालिकाहरु उक्त कोठामा जान अनुमति नहुने पनि दाबी गरिन् । १३ वर्षदेखि सञ्चालनमा रहेको आश्रममा पीडितबाहेक ३५ जना बालिका आश्रित छन् ।

     

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

  • मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

  • महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

  • नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”


  • Advertisement

    समाचार
  • १

    उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

  • २

    मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

  • ३

    महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

  • ४

    नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

  • ५

    नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

  • ६

    पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • ७

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • ८

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ९

    घट्यो सुनचाँदीको मूल्य

  • १०

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution