
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सि-आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।उक्त आईपीओमा न्यूनतम १० कित्ता देखि अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । निष्कासन बन्द छिटोमा २२ चैत र उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा ३ वैशाख २०८० सम्म आवेदन दिन सकिनेछ ।कम्पनीले दोलाखमा ६.४ मेगावाटको सुरी खोला जलविद्युत आयोजनाको निमार्ण गरी १८ वैशाख २०७९ बाट व्यवसायिक उत्पादन सुरु गरेको छ ।

आयोजनाको कुल अनुमानित लागत एक अर्ब ३४ करोड ६४ लाख १९ हजार रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत १९ करोड २३ लाख ४५ हजार ५७१ रुपैयाँ रहेको छ।त्यस्तै कम्पनी ७ मेगावाटको माथिल्लो सुरी खोला जलविद्युत आयोजना निमार्ण अन्तिम चरणमा पुर्याएको छ। आयोजनाको कुल अनुमानित लागत १ अर्ब २९ करोड ५० लाख रुपैयाँ रहेको छ भने प्रति मेगावाट अनुमानित लागत १८ करोड ५० लाख रुपैयाँ रहेका छ ।