


चितवन।चितवनमा पुनः कोरोना संक्रमण देखिएको छ । सोमबार जिल्लाका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार भरतपुर अस्पतालमा गएको एन्टिजेन परीक्षणमा कालिका नगरपालिकाका ४५ वर्षिया एक जना महिला र र भरतपुर महानगरपालिकाको स्वास्थ्य शाखा अन्तर्गतको स्वास्थ्य संस्थामा गरिएको परीक्षणमा अर्को एक जना महिलामा गरी दुई जनामा संक्रमण पुष्टि भएको हो ।

भरतपुर अस्पतालमा आज ८ वटा नमूना परीक्षण गर्दा एक वटा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । जिल्लामा गत कात्तिक ११ गते ३ जनामा संक्रमण देखिएपछि हालसम्म कोरोना संक्रमण देखिएको थिएन ।







मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१