• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन २९, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

२

मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

३

महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

४

नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

५

नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

६

पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

७

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

८

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

९

घट्यो सुनचाँदीको मूल्य

१०

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

११

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

१२

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    प्राथमिकता र आवश्यकताको आधारमा योजना छनोट गरेका छौं : विनयी त्रिवेणी गापा अध्यक्ष गिरी

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० बैशाख ३१, आईतबार (२ साल अघि)
    346118396_1374730856425822_4485973417087869426_n

    Advertisement

    चोरमारा । विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीले प्राथमिकता र आवश्यकताको आधारमा योजनाको प्राथमिकीकरण गरेर बजेट कार्यान्वयन गरिएको बताउनु भएको छ । वितरणमुखी बजेटले पालिकाले तय गरेको लक्ष्य प्राप्ती हुन नसक्ने भन्दै उहाँले लाभाम्बित जनसंख्या, भूगोल र आवश्यकलाई हेरेर योजनाको प्राथमिकीकरण र सोही अनुसारको बजेट विनियोजन भएको बताउनुभयो । गाउँपालिकाले शुक्रबार आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका जिज्ञासा तथा प्रश्नहरुको जवाफ दिदै अध्यक्ष गिरीले गाउँपालिकाको दुई तिहाई जनसंख्या लाभाम्बित बन्ने दुम्कीबास सर्दी सडक निर्माणको लागि मात्रै चालु आ.व.मा चार करोड ५० लाख बजेट विनियोजन गरेर कार्यान्वयन भईरहेको बताउनुभयो । उहाँले पाँच वर्षमा गाउँपालिकाको सम्रग आर्थिक, सामाजिक र भौतिक अवस्थामा उल्लेखनीय सुधार ल्याउने योजनाका साथ लागि परेको बताउनुभयो ।
    विनयी त्रिवेणी गाउँपालिकामा विद्यमान खानेपानीको समस्या समाधानको लागि गण्डकी प्रदेश सरकार र संघिय सरकारसंग नियमित समन्वय तथा कार्यान्वयनको चरणमा रहेको आयोजनालाई सम्पन्न गर्न आवश्यक सहजिकरण गाउँपालिकाको तर्फबाट भइरहेको उहाँले बताउनुभयो ।
    गाउँपालिकाको सबै कृषकहरुलाई सहज सिचाईं पहुँच बनाउन, उत्पादित उत्पादनलाई बजारको व्यवस्थापन गर्न पालिका प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । उहाँले कृषकले उत्पादन गरेको कृषी उत्पादनको बजारीकरण गर्ने दायित्व पालिकाको भएको भन्दै बिक्रि हुन नसक्ने कृषि उत्पादन पालिकाले खरिद गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।


    सार्वजनिक सुनुवाईमा सहभागीहरुले त्रिवेणी दुम्कीबास सडक, पालिकाको प्रशासनिक भवन, पालिका अस्पताल निर्माणको कार्य प्रगतिको बारेमा जिज्ञासा राखेका थिए । गण्डकी प्रदेश र गाउँपालिकाको लागि समेत निकै महत्वपूर्ण रहेको त्रिवेणी दुम्कीबास सडक निर्माणको लागि पालिकाले आफ्नो तर्फबाट आवश्यक सहजिकरण गरिरहेको भन्दै यस सम्बन्धमा आवश्यक कारवाही अगाडी बढेको बताउनुभयो । पालिकाको नयाँ प्रशासनिक भवन र अस्पतालको लागि जग्गा अधिकरणको प्रक्रियामा रहेको भन्दै जग्गा प्राप्ती लगत्तै ति काम अगाडी बढ्ने बताउनुभयो । यस्तै उहाँले गाउँपालिकामा विद्यमान भूमि सम्बन्धी समस्या समाधानको लागि पालिकाको तर्फबाट काम अगाडी बढेको भन्दै आफ्नै कार्यकालमा समस्या समाधानको लागि आफु प्रतिबद्ध रहेको बताउनुभयो ।
    पूर्वपश्चिम राजमार्ग बिस्तारको क्रममा सडक जीर्ण हुदा स्थानीयहरुले भोग्नु परेको समस्या समाधानको लागि पालिकाको तर्फबाट सम्बन्धीत ठेक्केदार कम्पनीसंग पटकपटक छलफल र समन्वय भइरहेको भन्दै उहाँले सडक निर्माण चाडै सक्नको लागि जनस्तर र पालिका स्तरबाट नियमित दवावहरु दिई रहेको बताउनुभयो ।
    सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख अतिथि रहनु भएका गण्डकी प्रदेश सभा सदस्य लक्षमण बहादुर पाण्डेले स्थानीय सरकारले नियमित रुपमा गर्नुपर्ने सार्वजनिक सुनुवाई गाउँपालिका स्थापना पछि कै पहिलो कार्यक्रमको रुपमा गरेको भन्दै पालिकालाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले कार्यक्रमलाई निरन्तरता दिन समेत पालिकालाई अनुरोध गर्नुभयो । सार्वजनिक सुनुवाईमा उठेका प्रश्न, सुझाव र जिज्ञासा हेर्दा पालिकाले गरेको कामबाट स्थानीय जनताहरु अहिले खुशी रहेको अनुभूती भएको भन्दै आफ्नो स्थानबाट पालिकाको बिकासको लागि हुन सक्ने सहयोग गर्न तयार रहेको उहाँले बताउनुभयो ।


    सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बोधराज बस्यालले गाउँपालिकाले आ.व. २०७९÷०८० को तेस्रो त्रैमार्षिक सम्म गरेको कार्यप्रगति प्रस्तुत गर्नु भएको थियो । उहाँले गाउँपालिकामा राजश्व संकलनको लक्ष्य र अवस्था, विनीयोजित कार्यक्रम र कार्यान्वयनको अवस्थाबारे प्रस्तुति गर्नुभयो । उहाँले गाउँपालिकाको विभिन्न शाखाबाट भएको कार्य सम्पादनको बारेमा जानकारी गराउनु भएको थियो । सार्वजनिक सुनुवाई कार्यक्रममा स्वागत मन्तव्य राख्दै गाउँपालिका उपाध्यक्ष भगवती बैदवारले गाउँपालिकाले कार्यक्रमलाई अवसरको रुपमा लिएको भन्दै पालिकाको लागि केही सल्लाह सुझावहरु भएमा त्यो राख्नको लागि समेत अनुरोध गर्नु भएको थियो ।
    सार्वजनिक सुनुवाई कार्यक्रममा कृषक हेमलाल ढकाल, राष्ट्रिय स्वतन्त्र पार्टीका देव परियार, स्थानीय युवा सुनिल खनाल, स्थानीय हरि बहादुर खड्का, स्थानीय प्रेम बहादुर लामा, प्रदेश बाल परिषद सदस्य एलिशा गैह्रे, दुम्कीबास बजार बिकास समितिका अध्यक्ष तेजप्रसाद कोइराला, विनयी त्रिवेणी गाउँपालिका वडा नं. २ का पूर्व वडा अध्यक्ष विष्णु ढकाल र सहकारीकर्मी रेखा के.सी. अधिकारीले आफ्नो प्रश्न तथा जिज्ञासाहरु राख्नु भएको थियो ।

     

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

  • मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

  • महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

  • नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”


  • Advertisement

    समाचार
  • १

    उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

  • २

    मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

  • ३

    महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

  • ४

    नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

  • ५

    नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

  • ६

    पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • ७

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • ८

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ९

    घट्यो सुनचाँदीको मूल्य

  • १०

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution