• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ३०, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

३

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

४

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

५

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

६

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

७

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

८

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

९

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१०

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

११

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१२

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नेपाली संस्कृति पछ्याउँदै शरणार्थी शिविरदेखि अमेरिकासम्म

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० जेष्ठ ५, शुक्रबार (३ साल अघि)
    202305191423-be8dc95b-d01f-4604-aee0-23a5b36438bf_medium

    Advertisement

    काठमाडौँ।भनिन्छ, चाहनालाई अभाव र परिधिभित्र सीमित गर्न सकिँदैन । अठोटका साथ लम्किएका पाइला र त्यसप्रतिको आफ्नै विश्वास सफलताको कारक हो । आफूभित्र रहेको इच्छालाई मेहनतबाट प्राप्त गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् यी युवा । जसले नेपालमा भुटानी शरणार्थी भएर रहँदा होस् या अमेरिकामा पुनर्वास भएपछि समय अभाव हुँदा पनि यी युवाको गायक बन्ने चाहनाले छोडेन ।आफ्नो चाहनालाई सपनाकै रुपमा लिए र निरन्तर अघि बढे । सायद त्यही मेहनतको प्रतिफल यतिबेला ‘मेरो भ्वाइस युनिभर्स’मा प्रतियोगीका रूपमा उनीहरु प्रतिस्पर्धामा छन् । पूर्वी नेपालको शरणार्थी शिविर हुँदै अमेरिका पुगेर पनि नेपाली कला र संस्कृति नछोडेका उनीहरु यतिखेर काठमाडौँमा जारी सो प्रतियोगिताका सहभागी छन् । नेपाली गीतसङ्गीत र नृत्यलाई आफ्नो सपना बनाएका उनीहरु अहिले खुसी छन् ।नेपाल टेलिभिजनबाट प्रसारण हुने कार्यक्रममा अडिसनदेखि पछिल्लो समयसम्मको यात्रा तय गर्दा सपना झैँ लागेको छ, राजेश सुब्बालाई । उहाँ गायनसँगै गितार बजाउन खप्पिस हुनुहुन्छ । “पहिलो पटक साथीहरूसँग मिलेर मजदुरी गरेर गितार किनेको थिएँ । शिविरमा हुँदासमेत समय निकालेर नै साधना गर्ने गरेको थिएँ । आर्थिक अभावले धेरै सपना बाहिर निस्किन पाएका थिएनन्”, सुब्बाले भन्नुभयो । उहाँ अमेरिकामा भएको अडिसनमार्फत छानिएर नेपाल आउनुभएको हो ।यो यात्राको त उहाँले कल्पनासमेत गर्नुभएको थिएन । शिविरमा छँदा गायनमा धेरै रहर भए पनि परिचय अभावले उहाँलाई अगाडि बढ्न दिएको थिएन । “मसँग राष्ट्रियता थिएन । त्यसैले गर्दा शिविर बाहिर हुने गतिविधिमा सहजै सहभागी हुने अवसर मिल्दैनथ्यो । तर पनि आफ्नो सपनालाई निरन्तरता दिएँ”, उहाँले भन्नुभयो । अमेरिकामा आफ्नै व्यावसाय गरिरहनुभएका सुब्बाले दैनिक केही घण्टा सङ्गीत साधनालाई छुट्याउनुभएको छ । जतिसुकै काम गरेर फर्किए पनि उहाँको त्यो दैनिकी नै बनिसकेको छ ।

    शिविरमा रहँदा सुब्बाभन्दा केही सहज थियो तारा तिवारीलाई । “आर्थिक अभाव नभएको होइन । तर रहर त्याग्नुपर्ने अवस्था पनि थिएन । मैले जिल्लासम्म पुगेर साङ्गीतिक कार्यक्रममा सहभागिता जनाएको छु”, तिवारीले भन्नुभयो । उहाँ पनि सुब्बा झैँ गायनमा सुखदुःखको यात्रा गर्दै अहिले ‘रियालिटी शो’सम्म आइपुग्नुभएको छ ।उहाँहरूभन्दा उमेरमा पाको हुनुहुन्छ जीवन गुरुङ । बाल्यकालदेखि क्यासेट सुनेर गुनगुनाउन थाल्नुभएका गुरुङ त्यही क्रममा गायनसँग नजिकिनुभयो । रेडियो र क्यासेटमा गीत सुनेर आफ्नो गुनगुनाउने कलालाई गायनमा बदल्नुभयो । गुरुङ अहिले पनि प्रतिस्पर्धामा हुनुहुन्छ । “गायनसँग रहरमै भए पनि धेरै वर्षसम्म सम्बन्ध जोडिएको छ । त्यही सम्बन्धले अमेरिकाबाट नेपाल ल्यायो”, गुरुङले भन्नुभयो ।

    गुरुङ झैँ बाल्यकालमा पनि गीत सङ्गीतमै हुर्किने वातावरण पाउनुभयो टेक दूतराजले पनि । शिविरमा रहँदा आर्थिक अभावका कारण गीत सुन्नसमेत सङ्घर्ष गर्नुपथ्र्यो । नयाँ ठाउँ भएकाले सहजै शिविर बाहिर जाने अवस्था थिएन । “एउटा क्यासेट पाएपछि त्यहीँ गीत सुनेर बारम्बार गाउने गर्थेँ । अरू साथी पनि यस्तै गर्थे । पछिपछि सेवासुविधा थपिए । गायनको कक्षासमेत हुन्थ्यो तर आर्थिक अभावका कारण काममा जानु पथ्र्यो”, दूतराजले भन्नुभयो ।मन मगरलाई भने बेलाबेलामा सङ्गीत छाड्ने विचार आउने गथ्र्यो । किनकी आफ्नो सपनालाई साकार पार्ने कुनै उपाय उनीसँग थिएन । शिविरको जीवनमा परिधिले सपना खुम्च्याउँदै थियो । “शिविरमा पाइने खाद्यान्नले नपुग्दा मजदुरी गर्थेँ । त्यो समयमा गायनलाई अगाडि बढाउने कुनै उपाय नै थिएन । अमेरिका पुगेपछि पनि दैनिकीले सहजता दिएन । सुरुआती समय घुलमिलमै गयो । तर रहर त कहाँ दबिएर बस्छ र रु”, मगरले भन्नुभयो, “यो यात्रा हाम्रो एउटा आँट पनि हो । हामीले दैनिकीलाई छाडेर आफ्नो सपना पूरा गर्न नेपाल आएका छौँ । यो हाम्रा लागि कर्मले जुराएको अवसर हो ।”

    मगरले अन्तिम समयमा अडिसन दिनुभएको थियो । उन्नाइस घन्टाको यात्रा तय गरेर अडिसन दिन पुगेपछि आफ्नो सपनासँग उहाँ झनै नजिकिनुभयो । “तीन दिन बाँकी हुँदा मात्र मैले पाउने छुट्टी माग गरेर अडिसनमा आफैँ यात्रा तय गरेर सहभागी भएँ । मभित्र गायनको महत्व कस्तो रहेछ भन्ने त्यो यात्राले पनि जानकार गरायो, “ मगरले भन्नुभयो ।

    मगर झैँ प्रतियोगितामा अहिले बाँकी रहेका पाँच ९शिविरमा रहेर अमेरिका पुगेका० छन् । उनीहरु ‘मेरो भ्वाइस युनिभर्स’ सम्म आइपुग्नुको श्रेय परिवारलाई नै दिन्छन् । हिजो रहरलाई छुट्याएर गरेको सङ्घर्षकै फल आज जीवन सोचेजस्तो भएको छ । त्यही कारण अहिले परिवारको साथ लिएर रहरको यात्रामा छन् यी युवा ।

    शिविरमा रहँदा उहाँले बाहिरसमेत साङ्गीतिक कार्यक्रममा सहभागी हुने अवसर पाउनुभयो । अन्यले नपाएको अवसर पाउनुमा अग्रजकै राम्रो काम रहेको तिवारीले बताउनुभयो । “हाम्रा अग्रज शिविर बाहिर निस्किएर काम गर्न थाल्नुभयो । शिक्षा, सङ्गीतलगायतका विविध कामले हामीलाई हेर्ने मानसिकता र गरिने व्यवहारमा परिवर्तन भयो । त्यसकै कारण मेरो पुस्ताले सहजता पाएका थियौँ”, तिवारीले भन्नुभयो ।

    नेपालबाट राष्ट्रियता नभएकै कारण अमेरिकामा पुनर्वासका लागि पुगेका पाँच जनाको परिचय छ । तर उनीहरु खुसी भने छैनन् । “हामीले थाहा नपाई अमेरिका पुगेका थियौँ । पहिला पुग्नेले केही समस्या पनि झेल्नुभयो । भाषाको समस्यादेखि आफ्नो भन्ने कोही थिएनन । तर पछि राम्रो भयो”, मगरले भन्नुभयो । सुब्बालाई भने ‘म नेपाली हुँ’ भन्दा गौरव लाग्छ । उहाँले आफूलाई यसरी नै परिचित गराउनुहुन्छ । तर, नेपाल रहँदा यो अधिकार उहाँले पाउनुभएको थिएन ।

    “हामी नेपाली बोल्छौँ । आफूलाई परिचित गराउछौँ । हाम्रो मनमा त्यही भाव छचल्किएको छ”, सुब्बाले भन्नुभयो, “अहिले हाम्रो बच्चालाई हामीले सक्दो नेपाली कला र संस्कृतिसँग नजिक ल्याउने प्रयासमा हुन्छौँ । घरमा नेपाली नै बोल्छौँ ।” केहीले त घरमा नेपाली भाषामा मात्र कुरा गर्ने नियम झैँ बनाउनुभएको छ । नेपालीत्व नयाँ पुस्तामा पनि उस्तै होस् भन्ने उहाँहरूको चाहना छ ।

    “नेपाली बोल्न गाह्रो नै छ, नयाँलाई । उनीहरु अमेरिकामै जन्मिए र हुर्किंदै छन् । यद्यपि हामीले सक्दो मेहनत गरेर सिकाउने र बुझाउने गरेका छौँ”, दूतराजले भन्नुभयो । उहाँ र गुरुङले नेपाली पढाउनेसँगै गीतसङ्गीतसँग बालबालिकाको सामीप्यता बढाउने गतिविधिसमेत गर्नुहुन्छ । गायन प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेका यी पाँचकै ठूलो सपना छैन । आफ्नो रहरको उडान भरेका सबै प्रतिस्पर्धीका रूपमा प्रस्तुत हुन पाउँदा नै खुसी छन् ।

    “हामीले निकै दुःखको समयमा पनि गायन छाडेनौँ । त्यसकै प्रतिफल आज यहाँ छौँ । सफलता वा असफलताभन्दा पनि हामी सबै यो क्षणलाई उत्सवका रुपमा लिइरहेका छौँ”, गुरुङले भन्नुभयो । गीत सङ्गीतको कुनै औपचारिक शिक्षा नलिनुभएका पाँचै जनाले सुन्दै, सिक्दै प्रतियोगितासम्म आइपुग्नुभएको हो । आउँदो समयमा उहाँहरूले गीत सङ्गीतमा कुन स्थान हासिल गर्नुहुन्छ भन्ने कुनै चिन्ता छैन । तर, गीत सङ्गीत भने आफूबाट कहिले टाढा नहुने उहाँहरु बताउनुहुन्छ ।नेपालबाट अमेरिका जाँदा होस् या अहिले फर्किंदा सामान्य बनेर आएका पाँच जनाको अगाडि अहिले गायक पनि थपिएको छ । आगामी दिनमा उनीहरुलाई सम्बोधन गर्दा त्यो जोडिन्छ । अभावमा समेत आफ्नो सपनालाई त्याग्न नसकेका यी पाँच जनाले प्रतियोगीका रुपमा जित्ने वा हार्नेभन्दा पनि पाइरहेको परिचय र बाँचिरहेको सपनामा रमाइरहेका छन् ।

    उनीहरुका हिजोका दिन के भए उनीहरुले भोगेका छन् । उनीहरु शरणार्थी शिविरमा हुर्किए, आफ्नो इच्छाअनुसार नभए पनि अमेरिका पुनर्वास हुनुपर्यो । तर यसपटक भने उनीहरु आफ्नो इच्छा र चाहना बोकेर नेपाल आएका छन् । अभाव र परिधिमा रहेर बाँचेको जीवनमा अहिले उनीहरु आफ्नो सपनाको उडान भरिरहेका छन् । यसमा नेपालमा आयोजना भएका रियालिटी शोमध्ये अहिलेसम्मकै सबैभन्दा धेरै राशिको पुरस्कारको व्यवस्था गरिएको छ । गायन र नृत्य गरी दुवैतर्फ प्रतियोगितामा छानिएका प्रथम हुनेले जनही रु एक करोड, दोस्रो हुनेले रु ३० लाख र तृतीय हुनेले रु २० लाख पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै समूह नृत्यका विजेतालाई पनि आकर्षक पुरस्कारको व्यवस्था छ ।

    गायन रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ का निर्णायकमा गायक दीप श्रेष्ठ, सङ्गीतकार सुरेश अधिकारी, पुष्पन प्रधान, गायिका अञ्जु पन्त र सुजाता वर्मा हुनुहुन्छ । नेपाल टेलिभिजनमा बुधबार र बिहीबार ‘मेरो भ्वाइस युनिभर्स’ बेलुकी ८ः५० बजेदेखि प्रसारण भइरहेको छ । विश्वका ५२ भन्दा बढी देशबाट प्रतिस्पर्धामा छानिएर आएका प्रतिभाहरुको अब अन्तिम प्रतिस्पर्धासम्म आइपुगेका उनीहरु अब दौड जित्ने बाटो तय गर्दैछन् ।

    नेपाली मूलका भुटानी अमेरिकी युवा व्यवसायी डिल्ली अधिकारीलगायतले नेपाली भाषा, कला र संस्कृतिको संरक्षण एवं प्रवद्र्धन गर्ने उद्देश्यले स्थापना गरेको इन्ट्रा–नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले विश्वमा बसोबास गरिरहेका नेपालीबीच सांस्कृतिक एकता कायम गर्न गायन र नृत्यका यी दुई प्रतियोगिताको आयोजना गरेको हो ।

    सन् १९९० को दशकको सुरुमै भुटानी शासकको नेपालीभाषीप्रतिको व्यवहार फेरिन थाल्यो । ‘एक भाषा, एक संस्कृति’ नीतिका नाममा जोङ्खा भाषा लाद्न सुरु गरेपछि नेपाली भाषा र संस्कृतिमा प्रतिबन्धित लगाइयो । नेपाली भाषाका पुस्तक र सांस्कृतिक वेषभुषा जलाइयो । उक्त नीतिको विरोधमा भुटानको दक्षिणी भागमा बहुसङ्ख्यामा बस्ने नेपाली भाषीले शान्तिपूर्ण आन्दोलन गरे । फलस्वरुप उनीहरु देश निकालामा परे ।यसरी लखेटिएका नेपाली भाषी भुटानी नागरिकलाई भारतले शरण नदिएपछि नेपाल आउनुपर्यो । नेपालमा शरणार्थी शिविरमा आफ्ना अभिभावकसँगै हुर्किएका यी युवा जसले शिविरदेखि अमेरिकासम्म नै नेपाली भाषा र संस्कृतिलाई त्याग्नु त परै जाओस सपनाका रुपमा लिए, अहिले खुसीसाथ नेपाली गायन र नृत्यमा उत्रिएका छन् । रासस

     

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !


  • Advertisement

    समाचार
  • १

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • २

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ३

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ४

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ५

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ६

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ७

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ८

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ९

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • १०

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution