
बैतडी । बैतडीमा पहिरोले घर पुरिँदा आमा छोराको मृत्यु भएको छ । पुर्चौंडी नगरपालिका २ को भैरु टोलमा पहिरोमा घर पुरिँदा २५ वर्षीया अन्जु जागरी र उनका छोरा पाँच वर्षीय रिजन जागरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक कमलप्रसाद चौधरीले जानकारी दिए ।
अन्जुका देवर गोब्बर जागरी उनका आमा रायमति जागरी र छिमेकी जस्मा बोहरा पनि घाइते भएका छन् । उनीहरूलाई उद्धार गरेर अस्पताल लैजाने तयारी भइरहेको प्रहरी निरीक्षक चौधरीले जानकारी दिए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१