• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ माघ १७, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

२

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

३

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

४

रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

५

शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

६

एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने

७

नवलपुर–१ मा शशांकको ‘इनिङ’ समाप्त, १८ वर्षपछि स्थानीय गजेन्द्र आलेलाई टिकट

८

बालेनले बिहान ११ बजे र ओलीले दिउँसो १ बजे उम्मेदवारी दर्ता गर्ने

९

पाल्पा २ मा एमालेका ठाकुर गैरेले नै पाए टिकट

१०

नारायणी नदी आसपासका क्षेत्रमा ४२ प्रजातिका चरा भेटिए

११

आज देशभर उम्मेदवारी दर्ता हुँदै

१२

प्रतिनिधिसभा सदस्य बन्न १३ अनिवार्य कागजपत्रसहित उम्मेदवारी दर्ता

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    संघ र प्रदेशको बलमिचाई बन्न सक्छ संघीयता असफलताको कारण : सन्दर्भ संविधान दिवस

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० आश्विन ३, बुधबार (२ साल अघि)
    sir photo for artical

    Advertisement

    नेपालको संविधान जारी भएको आज ८ वर्ष पुरा भएको छ । २००७ साल देखि शुरु भएको संविधान सभा मार्फत संविधान बनाउने नेपाली जनताको अपेक्षा ८ वर्ष अगाडी पुरा भयो । संविधान जारी भएदेखि हाल सम्मको कार्यान्वयको अवस्थामा विभिन्न चरणहरु पार भएका छन् । कुनै पनि परिवर्तन प्राप्ति गर्नु भन्दा पनि त्यसलाई बचाई राख्नु अझै चुनैति पूर्ण हुन्छ भन्ने नजिर २०१७ र २०६१ को कु बाट प्रष्ट हुन्छ । २०१७ र २०६१ को कु सम्मको अवस्था सृजना हुनुमा केवल तत्कालिन राजा मात्रै कारण थिए भन्नु किमार्थ न्याय संगत हुदैन । त्यसको लागि विभिन्न राजनितिक घटनाक्रमले जग बनाई दिएका थिए । जसको बलमा जनआन्दोलनबाट प्राप्त दुई पटकको परिवर्तन माथि निरंकुशता लादिएको थियो । संविधान दिवसको सन्दर्भमा तयार गर्दै गरेको यो लेखमा २०१७ र २०६१ को सन्दर्भलाई उल्लेख गर्नुको एउटै आशय हो परिवर्तनलाई संस्थागत गर्नु चुनैति पूर्ण हुन्छ ।  नेपालको संविधान जारी भएको ८ वर्षको यो अवधिमा हामीले प्राप्त गरेको उपलब्धीलाई कति संस्थागत गर्न सफल भएका छौं । संविधानले प्रदान गरेको अधिकारहरुको उपभोगमा कति सक्रिय छौं भन्ने बारे बहस हुन आवश्यक छ । स्थानीय तहको जनप्रतिनिधिको रुपमा पछिल्लो एक वर्षमा मैले अनुभूति गरेका केही पक्षहरु यहाँ प्रस्तुत गर्न खोज्दै छु ।
    विकासको असमान वितरणः 
    २०७९ जेठ ६ गते पद तथा गोपनियताको शपथ ग्रहण र पदभार ग्रहण पस्चात स्थानीय तह निर्वाचन पूर्व जनता सामु गरेका बाँचाहरु पुनः स्मरण गरे । समानिकरण अनुदान, राजश्व बाडफाड र आन्तरिक श्रोतको परिधि भित्र रहेर तयार गरिने बजेटबाट ति सबै पूर्व बाचाहरु सम्पादन हुन सक्ने स्थीति थिएन । त्यस पछि शुरु भयो – संघ र प्रदेश सरकारको कार्यालयमा बजेट माग गर्न जाने दौडाह ! संविधानले नेपालको मूल संरचना संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको हुनेछ भनि धारा ५६ को उपधारा १ मा गरेको व्यवस्था छ । मूल संरचना मध्यको एक तह स्थानीय तहको प्रमुखको रुपमा सिंहदरवार र गण्डकी प्रदेशका विभिन्न मन्त्रालयहरु सम्म बजेटको सिफारिस र केही आशाहरु लिएर जादै गर्दा म जस्तै धेरै नगर प्रमुख, गाउँपालिका अध्यक्षहरु त्यहीं आशाका साथ अझै पनि त्यहीं गाउँगाउँमा पुग्यो भनेको सिंहदरवार पुगिरहेका थियौं ।
    शक्ति केन्द्र र पहुँचको भरमा बजेट बिनियोजन गर्न अभ्यस्त रहेका कर्मचारीहरु अनि उनिहरु कै मार्गदर्शनमा चल्ने राजनितिक नेतृत्वमा एउटा भावना भेट “उनिहरु दिने र स्थानीय तह लिने” । जब सम्म आवश्यक र औचित्यको आधारमा समातामुलक रुपमा बजेटको वितरण हुदैन तब सम्म सन्तुलित विकासको अवधारणा कार्यान्वयन हुनै सक्दैन । सन्तुलित विकासको अवधारणा अनुसार अगाडी बढ्नु पर्ने हालाको नेतृत्व केवल शासकीय स्वेच्छाचारलाई प्रयस दिन तर्फ केन्द्रीत छ । चालु आर्थिक वर्षमा वैकल्पिक सहायक राजमार्गको बजेटमा चार नेताको जिल्ला र निर्वाचन क्षेत्रमा मात्रै कुल बजेटको ५०.४८ प्रतिशत बजेट विनियोजन हुनु यहीं शासकीय स्वेच्छाचारी हो । यस भन्दा पहिले गण्डकी प्रदेश सरकारमा कृष्णचन्द्र पोखरेलको नेतृत्व परिवार ट्रष्टको नाममा गरिएको रकम विनियोजन समेत हामी देख्यौं । यहीं शासकीय स्वेच्छाचारमा हालको नेतृत्व ले कसरी हुन्छ परिवर्तन संस्थागत ?
    अधिकार क्षेत्र माथिको हस्तक्षेपः 
    नेपालको संविधान भाग ५ धारा ५६ को उपधारा १ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको हुने व्यवस्था गरेको छ । भाग ५ मा धारा ५६ देखि धारा ६० सम्म राज्यको संरचना र राज्यशक्ति बाँडफाँड सम्बन्धी व्यवस्था छन् । अनुसूची –८ र अनुसूची–९ बमोजिमको कार्यकारणी अधिकार स्थानीय तहमा हुने व्यवस्था छ । तर, संघ र प्रदेश सरकार स्थानीय तहको अधिकार क्षेत्र माथि हस्तक्षेप र प्रवेश गर्न उदत्त छन् ।
    अहिले सरकारले संसदमा दर्ता गराएको विद्यालय शिक्षा विधेयकको विषयमा चौतर्फी बिरोधहरु भइरहेका छन् । विरोधको कारण र उद्देश्य फरक होलान् । तर, यसको एउटा मुख्य कुरा सम्बन्धीत पक्षसंगको समन्वय विना विधेयक तयार हुनु हो । संघियताको मर्म विपरित अनुसुची ८(८) स्थानीय तहको एकल अधिकार क्षेत्रमा रहेको आधारभूत र माध्यामिक तहको शिक्षाको विषयमा अहिले संघ सरकार प्रवेश गर्नु कति आवश्यक थियो भन्ने प्रश्न छ । संविधानतः खारेज भइसकेका जिल्ला शिक्षा कार्यालय व्यूताउन खोजिरहेका छ । हिजो जिल्ला प्रशासन कार्यालयको ईकाइको रुपमा राखिएको शिक्षा कार्यालय बिस्तारै अधिकारहरुको प्रयोजन गर्दै हाल अधिकार सम्पन्न जिल्ला शिक्षा कार्यालय बनाउन खोजिदैछ । जबकी यो ६ वर्षमा स्थानीय तहहरुले स्थानीय शिक्षा ऐन निर्माण गरेर त्यसको अभ्यास गरिरहेका छन् । नगर शिक्षा समिति, शिक्षा शाखाहरु मार्फत निर्वाध रुपमा कामहरु अगाडी बढि रहेकै छन् ।
    जिल्ला स्तरका संरचनाहरु खारेज गरेर स्थानीय तहलाई थप अधिकार सम्पन्न बनाउनु पर्ने संघिय सरकार अहिले अधिकारहरु आफु तर्फ केन्द्रीत गर्न अग्रसर छ । प्रदेश सरकार जिल्ला स्तरमा कार्यालय स्थापना गरेर खुद्रे आयोजनाहरु वितरणमा व्यस्त छ । जबकी संघीयताको मुल मर्म भनेको अधिकारहरु तल्लो तह सम्म वितरण गर्नु हो ।
    गण्डकी प्रदेश सभामा विचारधिन रहेको वनलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयकमा नदीजन्य पदार्थ उत्खनन्को अधिकार आफुलाई केन्द्रीत गर्न खोजेको छ । स्थानीय आन्तरिक आम्दानी तर्फको गैर कर राजश्वको मुख्य श्रोत माथि नै प्रदेश सरकारले घुमाउरो गरी आफुमा केन्द्रीत गर्न खोजेको प्रष्टसंग बुझ्न सकिन्छ । संघीयताको मूल मर्म भनेकै जतिसक्दो धेरै अधिकार तल्लो तहसम्म पठाउनु हो, आफैं खुम्च्याउनु होइन । संघले अधिकार दिएन भन्ने प्रदेशले फेरि स्थानीय तहलाई कुण्ठित बनाउन खोजिरहेको छ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना भनि तोकेको तीन तह मध्येका संघ, प्रदेशले स्थानीय तहको अधिकार क्षेत्र माथि हस्तक्षेप गरिरहने हो भने कसरी हुन्छ परिवर्तन संस्थागत ?
    अस्थिर सत्ता समिकरण
    २०७२ को संविधानले स्थायी सरकारको परिकल्पना गरेको छ । तर, संविधान जारी भएपस्चात यो ८ वर्षको अवधिमा मात्रै संघमा ६ पटक सरकार परिवर्तन भयो । यो बीचमा सत्ता समिकरण बीच बीचमा परिवर्तन भइरहे । संविधान जारी भएपस्चात जनताको अपेक्षा स्थीर सरकार थियो । तर, त्यो पुरा हुन सकेको छैन । पद र सत्ताको लागि नेताहरु जे पनि गर्न तयार छन् भन्ने नजिर क्रमशः जनतामा पर्दै गएको छ । गण्डकी प्रदेशमा मात्रै प्रदेश स्थापनाको करिव ६ वर्षमा ४ वटा सरकार गठन भएका छन् । कोशि प्रदेशमा सत्ता प्राप्तीको लागि भएको एकपछि अर्को असंवैधानिक गतिविधिले त झन् जनतालाई संघीयता प्रतिको विश्वास नै घटेको अनुभूति पाउन सक्छौं । केवल राजनितिक स्वार्थ र सत्ता प्राप्तीमा मात्रै केन्द्रीत भइरहने हो भने लामो समयको बलिदानी र जनसंघर्षबाट प्राप्त परिवर्तन कसरी संस्थागत हुन्छ ?
    अन्त्यमा,
    संविधानले मुल संरचना भनेर संघ, प्रदेश र स्थानीय तहलाई भनेको छ । जनतासंग प्रत्यक्ष जोडिएको दृष्टिकोणले ति तिन मुल संरचनाको जग स्थानीय तह नै हो । स्थानीय तहलाई नै कमजोर बनाउन जसरी अहिले संघ र प्रदेश सरकारहरु तत्पर भएका छन् त्यो कालन्तरमा हालको संघीय व्यवस्था माथि नै प्रतिउत्पादक बन्न सक्ने देखिन्छ । जब हालको व्यवस्था भित्र नै अन्तरद्वन्दको अवस्था सृजना हुन्छ भने परिवर्तनहरु कसरी संस्थागत हुन सक्छन् । समयमा नै संघ र प्रदेश सरकार यस विषयमा गम्भीर नबन्ने हो भने क्रमशः संघीयता असफता तर्फ पुग्ने निश्चित छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

  • भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

  • रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला


  • Advertisement

    समाचार
  • १

    बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

  • २

    भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • ३

    निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

  • ४

    रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

  • ५

    शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

  • ६

    एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने

  • ७

    नवलपुर–१ मा शशांकको ‘इनिङ’ समाप्त, १८ वर्षपछि स्थानीय गजेन्द्र आलेलाई टिकट

  • ८

    बालेनले बिहान ११ बजे र ओलीले दिउँसो १ बजे उम्मेदवारी दर्ता गर्ने

  • ९

    पाल्पा २ मा एमालेका ठाकुर गैरेले नै पाए टिकट

  • १०

    नारायणी नदी आसपासका क्षेत्रमा ४२ प्रजातिका चरा भेटिए

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution