• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ बैशाख ५, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

२

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

३

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

४

नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

५

पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

६

मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

७

पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

८

मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

९

उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

१०

मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

११

महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

१२

नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    पर्यावरण  र  मानवमैत्री  लोकतन्त्र

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८१ पौष ८, सोमबार (१ साल अघि)
    69

    Advertisement

    समाजवादी विचारका पिता मानिएका बेलायतका रोबर्ट अरविनले समाजलाई सुमधुर, सुन्दर र मानवीय बनाउनका लागि सामूहिक उत्पादन र आवश्यकता अनुरुप उपभोग भन्ने विचार अघि सारेका थिए। अर्विनले परिकल्पना गरेको समाजवाद स्थापना गर्न श्रमिक वर्गको हातमा राज्य सत्ता हुनुपर्ने र त्यो वर्ग संघर्षबाट मात्र हुने कार्लमार्क्सको विचार थियो  समयका हिसाबले अरविन मार्क्सभन्दा केही जेठा थिए।

     

    समयसँगै स्रोत साधन माथिको आफ्नो एकाधिकार रक्षाका लागि राज्य सत्ता कब्जा गरेर पुँजीपति वर्गले बजार र मुनाफामा आफ्ना एकाधिकार बनाएका थिए। अधिक मुनाफाका लागि श्रमिक र किसानलाई शोषण गर्ने क्रममा राज्य सत्ताको चरम दुरुपयोग हुँदै आएको छ। राज्य सत्ताका सञ्चालकहरू चरम विभेदकारी स्वार्थी मानवता विरोधी, प्रकृति विरोधी भएका कारण आर्थिक असमानता, सामाजिक विभेद, विभिन्न खाले शोषण बेरोजगारी गरिबी रोग, भोग र अशिक्षा, लिङ्गभेद, पर्यावरणीय विनाश, शरणार्थी समस्या, आतंकवाद, सामरिक होड र लडाई,  मानव अधिकार विरोधी क्रियाकलाप लगायत भयानक परिणामहरू सिर्जना हुँदैछन्

     

    वर्तमान समयमा विकासको दृष्टिकोणले उत्कर्षमा पुगेको अवस्था छ विश्वको आर्थिक राजनीतिक प्रणाली सीमित समूहको स्वार्थको घेरामा कैद हुँदै जाँदा एकातिर जीवनलाई नै अस्तित्वको संकट आइपर्ने गरी पर्यावरणमाथि अत्याधिक दबाब हुँदै गएको छ। भने अर्कोतिर आर्थिक असमानताको खाडल पनि गहिरिदै गएको छ समाजवादीहरुले जुन आदेशको राज्य व्यवस्थाको परिकल्पना गरेका थिए कतिपय ठाउँमा त्यसका उत्तराधिकारीहरुले समाजवादलाई  सत्तामा पुग्ने भर्याङ मात्रै बनाए जसले गर्दा समाजवादी आदेश कर्पोरेट विश्व प्रणालीको  विकल्पको रुपमा बन्न सकेन बरु पिछलग्गु बन्दै गयो आजको अर्थव्यवस्था प्रकृति र मानवता विरोधी त बन्दैछ पृथ्वीको जैविक विविधता विरोधी समेत बन्दै गएको छ। आजको विश्वको अर्थव्यवस्था प्रकृति विरोधी त छँदैछ त्यो भन्दा अझ जैविक अस्तित्वको लागि समेत खतरा बन्दैछ। यो डरलाग्दो आतंकको सिर्जना विश्वमा मानवता र लोकतन्त्रको कुरा गरेर नथाक्ने समाजवादीका नाइकेबाट नै भएको छ

     

    आज ठूलो संख्यामा मानवतावादी तथा प्रकृति प्रेमीहरू विश्वव्यवस्थामा प्रकृतिमैत्री मानवमैत्री अर्थशास्त्रको आवश्यकता देखिन्छ। जसले उत्पादन र वितरण प्रणालीलाई सामाजिक न्याय एवं प्रकृतिमैत्रीको वातावरण बन्न सक्नुपर्दछ पृथ्वीलाई जीवित ग्रहको रुपमा दिगो रुपमा बचाउने मानव जातिलाई उत्कृष्ट सभ्यतामा पुर्‍याउनको लागि पनि प्रकृति र मानवमैत्री हुन अनिवार्य छ। प्रकृतिमा मानव जीवनको सहज अस्तित्व कायम गरेर मात्र सभ्यता अघि बढ्दछ। पर्यावरणीय सुरक्षाको ख्याल नगरी क्षणिक स्वार्थका लागि प्रकृति नै ध्वस्त पार्ने प्रणाली आज मानव जीवनको अस्तित्वकै विरुद्धमा छ  वर्तमानमा यस्तो संकटको कारण स्वतन्त्र र खुल्ला लोकतन्त्रको मिठो सिद्धान्त र त्यसको हालसम्मको उल्टो व्यवहार नै हो।

     

    पुँजी केन्द्रित, मुनाफा केन्द्रित र बजार केन्द्रित स्वार्थी  प्रवृत्ति बोकेर शासनमा रहेका ठूला अर्थव्यवस्थाका सेवक राजनीतिक पार्टीहरू र व्यावसायिक क्षेत्रले न ग्रीन हाउस बढाउने, ग्यासको उत्तर्जन हटाउन सक्छन् न त सीमित नै गर्न सक्छन् यस जलन्त उदाहरण अमेरिकी  वर्तमान राष्ट्रपति ट्रम्पले मैले उत्सर्जन कम गर्नु भनेको उद्योग कलकारखाना कम गर्नु हो त्यसो भनेको अमेरिकामा बेरोजगारीको सङ्ख्या बढाउनु हो। तसर्थ त्यस्तो  कार्य सम्भव छैन भनेको कुरा स्पष्ट छ। यिनैका कर्पोरेट अर्थव्यवस्थाको  एजेन्ट  बनेर शासन गरिरहेका नेता, बुद्धिजीवीहरू, विज्ञहरू, राजनीतिज्ञहरू, अर्थशास्त्रीहरू जलवायु परिवर्तनको विनाश लीलाका जिम्मेवार छन्। ठूला औद्योगिक अर्थतन्त्र भएका राष्ट्रहरू विश्वको प्रमुख पर्यावरणीय विनाशका आतंककारी भएको कुरा सर्वदा सत्य हो। पर्यावरणीय सुरक्षा र मानव विकासक्रमलाई नकारात्मक बनाउने पक्षहरू एक कृषि क्षेत्र खाद्य सुरक्षा र उत्पादनमा  ह्रास आउनु, दुई शुद्ध पानीको अभाव र प्रदूषित हुनु ३ हिमालयको हिउँ पग्लनु ४ समुद्री सतह बढ्नु ५ सुखयामको समय बढ्नु छ  बाढी लगातार बढ्नु सात जैविक विविधतामा विनाश ८ जनसङ्ख्या स्थानान्तरण र वृद्धि ९ मानव स्वास्थ्यमा समस्या महामारी बढ्दै जानु। प्राकृतिक स्रोत साधनबाट केही मुनाफा कमाउने स्वार्थी समूहका लागि दोहन गर्नु  तर त्यसले निम्त्याउने पर्यावरणीय संकटबाट मानिस लगायत सम्पूर्ण जीव नै लोप हुन सक्ने गरी पृथ्वीको तापक्रम बढ्दो छ। प्रदुषित हावा, अव्यवस्थित सहरीकरणले निम्त्याएको कतिपय डरलाग्दो आयामहरु देखा पर्न थालिसकेका छन् विश्वमा वनजङ्गल नासिँदै जानु, शुद्ध पानीको अभाव बढ्दै जानु, विश्वको ठूलो जनसङ्ख्या गरिबीको चपेटामा बाँच्न बाध्य हुनु पर्ने विषयले अल्पविकसित, विकासउन्मुख राष्ट्रका पनि गरिब, विपन्न नागरिक त्यसमा पनि महिला, दीर्घरोगी, अशक्त, अपाङ्ग, बालबालिका, वृद्धलाई सबभन्दा कठिन र जटिल अवस्थाको सिर्जना हुँदै गएको छ।

     

    कुनै निश्चित राष्ट्र व्यक्ति र समूहलाई विशेष शक्तिशाली बनाउने वर्तमान प्रणालीको निषेध गर्नुपर्ने अनिवार्य सर्त हो। केही मानिस ठूला उत्पादन र व्यापारका लागि प्रकृतिलाई दोहन गर्न उद्धत रहनु र उनीहरूले नै राजनीति नीति निर्णय पहुँच बढाउनु  वर्तमान संकटको कारण हो ठूला अर्थव्यवस्थाको परिधिभित्र जकडिएको राजनीतिक क्षेत्र, राजनीतिक दल र त्यसको नेतृत्वहरू पृथ्वीलाई जीवित ग्रहको रुपमा बचाउन अब असक्षम भइसके राष्ट्रसंघका महासचिव एन्टेनियो  गुडरेसले सन् २०१९ को अन्त्यतिर एक सन्देश जारी गर्दै जलवायु परिवर्तन, ग्लोबल वार्मिङ, जैविक विविधता र ओजन तहको विनाशको बेगलाई रोक्न र मानव जातिले यी चुनौतीहरूसँग जुध्नको लागि सन् २०२० लाई कामको सुरुवात गर्ने अन्तिम वर्ष रहेको साथै जीवन र जगतको सुरक्षा गर्ने हो भने अब संरक्षण कार्य को सुरुवात गर्न केवल एक वर्षको समय मात्र बाँकी रहेको चेतावनी दिएका थिए। त्यसैगरी उनले सन् २०२० को अन्त्यतिर अर्को एक वक्तव्य जारी गर्दै विश्वले जलवायु आपतकाल घोषणा गर्नुपर्ने बेला आइसकेको र धनी राष्ट्रहरूले संकट नियन्त्रण गर्नुभन्दा कार्बन उत्सर्जनमा बढी लगानी गरिरहेको समेत आरोप लगाएका थिए त्यस्तै गुड रेसले सन् २०२१ अगस्तमा अर्को चेतावनी जारी गर्दै विश्वमा जलवायु परिवर्तन मानव जातिको लागि जलवायु संकटकालको अवस्थामा प्रवेश गरेको घोषणा गरेका छन् तर आज पनि औद्योगिक राष्ट्रले विश्व प्रणाली र यसको नेतृत्वले जीवन र जगतको महत्व बुझेर पनि अझै संरक्षणको समय र महत्वलाई अवमूल्यन गरेका छन्।

     

    अहिले शक्तिशाली राष्ट्रका शासकहरू शक्ति सत्ताको लागि गोली बारुद हतियारको लागि मानिस जस्तो हिंस्रक जन्तु अहिले पृथ्वीमा कुनै छैन। तर ऊ आफैलाई चेतनशीलको रुपमा दाबी गर्छ। चितुवाले चितुवालाई मारेको छैन, बाघले बाघ र कुकुरले कुकुर मारेको देखेका छौँ ?  मात्र आफूले मारेको मानिसको मासु खाँदैन। तर ठूलाठूला मानव बस्ती र सहरमा बम फाल्न हिच्किचाउँदैन मानिस दिनप्रतिदिन राक्षसी स्वभावमा परिणत हुँदैछ। मान्छेको बलि अथाहा छ तर मासुको खपत  शून्य छ पछिल्लो समयमा विश्वयुद्धदेखि हालसम्म भएको युद्धमा मारिएका करोडौं मानिसको खपतको समय कति लाग्ला ? बिना खपत हो भने मृत्यु केका लागि ? रक्ताम्य गएका हतियारले समयको पानामा दूषित इतिहास छाडेर गएका छन् जुन कुरा हाम्रा लागि सधैँ भए त्रासले लखेटीरहेको छ चेतनशील मानिसले वर्षमा २० खर्ब डलर हतियार तथा सैन्यमा खर्चेका छन् अर्को तर्फ सामान्य जीवन बाँच्नका लागि खान लगाउन  नपाएर तीन अरब मानिस वर्षैपिच्छे भोकै मर्न बाध्य छन्। हतियार र सैन्य व्यवस्थामा गरिने खर्चलाई मानिसको गाँस, बास, कपास र स्वास्थ्यमा लगानी गर्ने हो भने यो पृथ्वी कति सुन्दर र बस्न लायक हुन्थ्यो होला

     

    अन्त्यमा नेपाल सरकारको स्थानीय सरकारले भौतिक पूर्वाधार निर्माण गर्दा भविष्यमा हुने क्षतिलाई कमभन्दा कम हुने गरी मात्र पूर्वाधार निर्माणलाई प्राथमिकता दिनुपर्दछ। बजेट सक्ने या जनताको मागलाई सम्बोधन गर्ने नाममा भोटको लागि जथाभावी संरचना निर्माण गर्नु वातावरण मैत्रीमा ध्यान नदिनु कार्बन उत्सर्जन न्यूनीकरण जलवायु अनुकूलनमा समेत ध्यान नदिनु भनेको प्रकृतिमाथिको आक्रमण हो। विज्ञहरूको सल्लाह र गम्भीर अध्ययन बिना नै जथाभावी संरचना निर्माण गर्ने या सहर बसाउँदा त्यसले प्रकृति र जीवनलाई गम्भीर संकट उत्पन्न गर्दछ तसर्थ नेतृत्वले जहिले पनि Thinking globally but action locally  मर्मलाई बुझ्नुपर्दछ।

    (लेखक :  नमुना सन्देश साप्ताहिक पत्रिकाका नियमित विचार लेखक हुन्।)

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    प्रदेश नं. ४ सम्बन्धि थप
  • केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

  • नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”


  • Advertisement

    समाचार
  • १

    केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

  • २

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • ३

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • ४

    नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

  • ५

    पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

  • ६

    मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

  • ७

    पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

  • ८

    मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

  • ९

    उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

  • १०

    मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution